space for add
space for add

समाचार

कन्यामको दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रले एक वर्षमा किन्यो डेढकरोड बढीको दूध

गते ००:०० मा प्रकाशित

राजकुमार दहाल
इलाम, ६ असोज : सहकारी साझेदारी ब्यवसायद्वारा सञ्चालित सूर्योदय नगरपालिका ११को पाल्टाँगेस्थित कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इकाराम प्रधानको समापतित्व एवम् जिल्ला दुग्ध सहकारी संस्था इलामका अध्यक्ष डिल्ली आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले २ करोड ४२ लाख ४४ हजार ३४४ रुपैयाँको आयब्यय विवरण पारित गरेको छ । संस्थाको बैंक मौज्दात ५ लाख ६६ हजार ६० रुपैयाँ रहेको, त्यस्तै ८९ हजार ९६ रुपैयाँ ७८ पैसा नगद बाँकी रहेको लेखा समिति संयोजक ईश्वर घिमिरेले जानकारी दिए । संस्थाले आर्थिक बर्ष ०७०।७१ मा ५ लाख ७२ हजार १ सय ४९ लिटर दूध खरिद गरी १ करोड ६३ लाख ७९ हजार ३ सय १३ रुपैयाँको कारोबार गर्न सफल भएको लेखा संयोजक घिमिरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले  जिल्ला दुग्ध सहकारीले जिल्लाका किसानको हितमा सदा काम गरिरहने प्रतिबद्धता जनाउँदै बिचमा किसानको नाममा हालीमुहाली गर्न खोज्नेसँग सजग बन्नुपर्ने बताए । केन्द्रको दूध खरिद गरिरहेका सुनसरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष बाबुराम खत्रीले आफुहरुले डीडीसीको भन्दा प्रतिकेजी सात रुपैयाँ बढी मूल्य किसानलाई उपलब्ध गराइरहेको बताए । 
स्थानीय नौवटा सहकारी संस्था आबद्ध रहेको केन्द्रकोे सभाको उद्घाटनका क्रममा सिद्धबाबा दुग्ध उत्पादक सहकारीका अध्यक्ष बिरबहादुर प्रधानले स्वागत मन्तब्य, कन्याम चिया उत्पादक सहकारीका अध्यक्ष नरकुमार प्रधान, कामधेनुका ब्यवस्थापक टिका कटुवाल, जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका सचिव  हेम कट्टेल, मालुम दुग्ध उत्पादक सहकारीका अध्यक्ष टिकाराम लामिछाने, शान्ती शहिद प्रतिष्ठानका अध्यक्ष काजीमान कागाते लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
कार्यक्रममा सबैभन्दा बढी दूध उत्पादन गर्ने सूर्योदय नपा १५ को प्रगति बहुउद्धेश्यीय सहकारी, गुणस्तरीय दूध उत्पादन गर्ने सूर्योदय ११ को सिद्धबाबा दुग्ध उत्पादक सहकारी र उत्कृष्ट सरसफाई गर्ने सूर्योदय १४ को अम्बी दुग्ध उत्पादक सहकारी संस्थालाई नगद पाँच÷पाँच हजार र प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तै हरियाली ब्यवसायी तथा कृषि फर्म, इन्द्रलोक  पशु फर्म, लक्ष्मी गाई फर्म, प्रगतिशिल ब्यवसायी फर्म जनजाग्रिति उद्यमशिल गाई फर्मलाई पनि प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
साधारण सभाले पुनः इकारम प्रधानकै अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लेखनाथ खडका, कोषाध्यक्षमा निरबहादुर प्रधान रहेका छन् भने ब्यवस्थापकमा तारानाथ कटुवाल नै रहेका छन् । सदस्यहरुमा यामबहादुर गिरी, युवराज पौडेल, बालकृष्ण कटुवाल, कुनसाङ्घ तामाङ, ख्यामराज प्रधान र धनबहादुर खड्का रहेका छन् । ईश्वर घिमिरेको संयोजकत्वमा चयन भएको लेखा समितिमा पदमबहादुर गिरी र कुलप्रसाद पौडेल सदस्यमा चयन भएका छन् ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...