space for add
space for add

समाचार

इलामको माईपोखरीमा पानीको सतह बढ्यो (फोटो फिचर)

गते ००:०० मा प्रकाशित

इलामको माईपोखरीमा पानीको सतह बढ्यो (फोटो फिचर)
रोहितचन्द्र भट्टराई
माईपोखरी, २९ भदौ : दुई वर्षयता पानीको सतह कम हुँदै गएको भएपनि इलामको प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल तथा विश्व रामसार सूचीमा सुचिकृत माईपोखरीमा दुई महिनायता पानीको सतह ह्वात्तै बढेको छ ।
दिनहुँ दुई चार इञ्चसम्म पानीको सतह बढ्दै गएको माईपोखरीमा दुई महिनामा चार फिटजति पानीको सतह बढिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
त्यहाँ पुग्ने आन्तरिक पर्यटकले पनि पानीको सतह बढेर पहिलेजस्तै देखिएको बताएका छन् । छ महिनाअघिसम्म माईपोखरीमा अहिलेसम्मकै कम पानी थियो ।
त्यतिबेलाको अवस्थामा पानी सुक्ने सम्भावना भएको र विश्व रामसार सूचीबाट पनि हट्ने अवस्था आउने भएको भनेर स्थानीय बासिन्दासहित इलामेली चिन्तित र निराश भएका थिए । तर अहिले पानीको सतह बढेपछि सबैमा खुशी छाएको छ ।
माईपोखरी संरक्षण र विकासमा सक्रिय रहेका सरकारी निकाय, संघसस्था तथा स्थानीय बासिन्दालाई पानी बढेपछि खुशी तुल्याएको स्थानीय बासिन्दा कमल मुखियाले बताएका छन् ।
माईपोखरीसँगै उत्तर र पश्चिममा रहेका अन्य सानासाना आधादर्जन जति पोखरीमा पनि पानी भरिएर बाहिर जान थालेको छ ।
‘सँगै भएका सबै पोखरी टिलपिल भरिएका छन् । पोखरी वरिपरि पनि पानी रसाएको देखिएको छ । अब पोखरीको पानीले पहिलेकै स्वरुप देखाउने जस्तो छ ।’, माईपोखरीका होटलब्यवसायी ङिमा दोर्जी शेर्पाले बताए ।
 
 
 
 
 
 
 
 

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...