space for add
space for add

समाचार

जाने छौँ अव त बसमा सरर..........

गते ००:०० मा प्रकाशित

जाने छौँ अव त बसमा सरर..........

राज कुमार दहाल,
फिक्कल २२ भाद्र  : 
ग्रामिण भेगका सडक हिलाम्य भएर यतायत सञ्चालनमा समस्या आएको खबर बाहिर आईरहेका बेला इलामको एतिहासीक बजार गोर्खे बासी भने दैनिक बस सञ्चालनमा आएपछि हर्षित भएका छन् ।
इलामको फिकक्ल देखि गोर्खे सम्म दैनिक बस सेवा सञ्चालनहुन थालेको हो । फिक्कलका कृष्ण प्रसाद सुबेदीको सो बस गत बिहिबार बाट सुचारु भएको हो ।  मे १ ख १९२५ नमरको बस दैनिक गोर्खे बाट बिहान ७ बजे र फिक्कलबाट दिउसो २ बजे छुट्ने छ ।
बुधबार साप्ताहिक हाट लाग्ने गोर्खे बाजारमा  यातायातको आभावमा स्थानीय बासी पिडित हुदै आएका थिए । तर बस सञ्चालनहुन थालेसगै गोर्खे बाङगीन पशुपतिनगरको मेहेलबोटे रुङसुङ जिल सगै सुर्योदय नगरपालीकाको पान्दाम रम्फोक बासी समेत लाभान्वीत भएका छन् ।
बस सेवा नै सञ्चालनमा आएपछि आफुहरु अत्यन्तै हर्षित भएको गोर्खे बजार ब्यवस्थापन समितिका उपाध्यक्ष  ललित प्रधानले बताउनु भयो । साना सवारीको भर पर्दा सिट कम पाईने समयमा नचल्ने समस्या हुने गरेको थियो । बसनै सञ्चालनमा आएपछि दैनिक आवस्यकिय सामान ढुवानी गर्न फिक्कल बजार सगै इलाम सदरमुकाम झापा बिर्तामोड सम्म एकै दिनमा पुगेर फर्कन सहज भएको एमाले गोर्खेका अध्यक्ष डमर कुमार उदासले बताउनु भयो ।  ्बाटो मर्मत गर्न सम्बन्धीत पक्षको  ध्यान गए अझ सहज हुने गोर्खे बजार ब्यवस्थापन समितिका अध्यक्ष भिम खापुङको भनाई छ । फोरविलवाला गाडी भएकोले कच्ची बाटोमा पनि बस सञ्चालनमा सहजता मिलेको बस मालिक समेत रहेका चालक बिकास सुबेदीले बताउनु भयो ।
 ‘सुरु हुन सहज छ तर  स्थायीत्व दिन गाह्रो छ’ बस सञ्चालनमा आएर  खुसी  भएका गोर्खे र आसपासका बासीको खुसी  कायम राख्न बस सञ्चालनको मानबिय र ब्यवसायिक बाताबरण बनाउदै बाटोको अवस्था सुधारमा सबैको ध्यान जान जरुरी छ ।

 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...