space for add
space for add

समाचार

जमुनाको ढापपोखरी संरक्षणमा स्थानीय बासिन्दा

गते ००:०० मा प्रकाशित

गोविन्द खनाल 
इलाम, २२ भदौ : उत्तरी इलामको जमुना गाविसमा रहेको ढापपोखरी निर्माण गर्न स्थानीय सक्रिय बन्दै गएका छन् । जमुना २ मा रहेको ढापपोखरी नौ कुना वनावटको रहेको छ । पोखरीको संरक्षण र संवद्र्धन गरे पर्यटन विकासमा सहयोग मिल्ने भएकोले अहिले स्थानीय बासिन्दा संरक्षणका लागि जुर्मुराएका हुन् । 
बाह«ै महिना पानी उम्रिरहने पोखरीमा आधा दर्जन जति मुहानहरु छन् । ती मुहामबाट आएको पानी ढापपोखरीमा संकलन हुने गरेको स्थानीय गणेश गुरुङ्गले बताए । गुरुङ्गका अनुसार, भौगोलिक वनावटले दुर्गम ठाउँमा पोखरी भएपनि यसको निर्माण गर्न सके इलामको मात्र होइन समग्र देशकै पर्यटन विकासमा सहयोग मिल्नेछ । 
यस पोखरीमा संकलन भएको पानी अहिले जमुनाका २०÷३० घरपरिवारले खानेपानीमा प्रयोग गर्दै आएका छन् ।  यी घरपरिवारलाई स्वच्छ खानेपानी अन्यन्त्रबाटै व्यवस्थापन गरेर पोखरीको संरक्षण गर्नसके पर्यटन विकासमा ढापपोखरी चिनाउन सकिने समेत स्थानीयबासीले जनाएका छन् ।
पोखरीको निर्माण तथा घेरावारा गरी नौलो पोखरी बनाउन पनि स्थानीय अहिले जुटिरहेको गुरुङ्गको भनाई छ । यस पोखरी सिमसार क्षेत्र भएकाले लोपोन्मुख प्रजातीहरु नाग, कालोगोरो, सारस, (वकुल्ला) लगायतका प्रजातीहरु यहाँ पाइन्छ । यस्ता किसिमका प्रजाती पाइने पोखरीमा अर्को आकर्षण बन्नेछ ।
यहाँका स्थानीयले पोखरीको निर्माण साथै प्रचारप्रसारमा जतिसक्दो चाँडो गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको समेत आवागमन हुनसक्ने स्थानीय शिक्षक मानसिंह दियालीले बताए । स्थानीयको पहलमा भर्खरै ढाप पोखरी सिमसार क्षेत्रलाई निर्माण गर्नका लागि एक समिति समेत गठन गरिएको छ । समितिले पोखरी निर्माण गर्न मुख्य चुनौती जग्गाको व्यवस्थापन गर्न रहेको समितिका सदस्य तारा न्यौपानेले बताए । 
पोखरीको पानी बाह«्रैमास नसुक्ने भएकाले संरक्षण गर्नमा स्थानीय जागरुक हुने थालेको समेत समितिका सदस्य न्यौपानेले बताए । जमुना गाविसलाई हाँगेथाम, चोयाटार र जौवारी बजार जस्ता प्राकृतिक ठाउँहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुप्मा चिनाउँदै आएको छ । त्यसैरी नै ढापपोखरी निर्माण र संरक्षण भए अर्को एउटा गहना बन्ने न्यौपानेको भनाई छ । 
हरियाली वातारण तथा चारैतिर चियाबारीको काखमा अवस्थित ढाप सिमसार पोखरीमा अहिले बाटो हिँड्ने बटुवाहरुले फोटो खिच्ने, केहीबेर रमित हेरेर मात्र आफ्नो गन्तब्यतिर जाने गरेका छन् ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...