space for add
space for add

समाचार

कटिङ सेन्टर उद्घाटन

गते ००:०० मा प्रकाशित

 जमुना, २२ भदौ (सस): इलामको जमुना ६ मा हिजो शनिबार एक कार्यक्रमका बीच कटिङ्ग सेन्टरको उद्घाटन गरिएको छ । महिला जागरण संघको अनुदान र ब्युपुँजीवापतको ७५ हजार तथा स्थानीय महिला प्रशान्ती बहुउद्धेश्य सहकारी संस्थाको एक लाख गरी एकलाख ७५ हजारको लगानीमा कटिङ्ग सेन्टर स्थापना गरिएको हो । संघका व्यवसाय प्रवन्ध अधिकृत राम मगरको प्रमुख आतिथ्यता तथा जमुना गाविसका प्राविधिक रमेश भट्टराई र जमुना स्वास्थ्य चौकीका इञ्चार्ज भूपेन्द्र भट्टराईको विशेष आतिथ्यतामा कटिङ्ग सेन्टरको उद्घाटन गरिएको हो । कटिङ्ग सेन्टर स्थापना भएपछि जमुना, प्याङ्ग र मावु गाविसका स्थानीयबासी लाभान्भित हुने बताइएको छ । कटिङ्ग सेन्टरमा दुई जना कर्मचारी नियुक्ति गरिएको छ । सिलाइकटाईका लागि नयाँबजार ८ का खगेन्द्र महरा र सहयोगीमा तोया गुरुङ्गलाई राखिएको व्यवसाय अधिकृत राम मगरले बताए । प्रशान्तीकी अध्यक्ष बुद्धिमाया गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि लगातय स्थानीय ५० जनाको सहभागिता रहेको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...