space for add
space for add

समाचार

खानेपानीको चुहावट नियन्त्रणका लागि टोली परिचालन

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २१ भदौ : इलाम नगर क्षेत्रअन्तर्गत खानेपानीको चुहावट नियन्त्रणका लागि नगरपालिकाले प्राविधिकहरूको टोली परिचालन गरेको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि परिचालन हुने प्राविधिक टोलीमा प्लम्बर टंक बाँस्कोटा, प्लम्बर चन्द्रकुमार श्रेष्ठ, चौकिदार मनोज मुखिया र चौकिदार बिरजङ्ग राई रहेका छन् । 
खानेपानी सञ्चालन भइरहेको क्षेत्रमा खटिने यस टोलीले पाइप लाइनमा चुहावट भेटिए नियन्त्रण गर्ने गराउने, खानेपानीको समानुपातिक वितरण व्यवस्थापन मिलाउने, खानेपानी उपभोक्ताहरूको मिटर जाँच गर्ने, सफा गनेर्, मिटर मर्मत गर्ने र मर्मत हुन नसक्ने मिटर परिवर्तन गराउने कार्यका अतिरिक्त खानेपानीको गैर कानुनी ढङ्गले प्रयोग भएको भेटिए जरिवानाको लागि सिफारिस समेत गर्ने नगरपालिकाले जनाएको छ  । 
इलाम नगरपालिकाको खानेपानी निर्देशिका २०६६ अनुसार बिना मिटर वा मिटरबाट कनेक्सन छली गैर कानुनी ढङ्गले पानीको प्रयोग गर्नेलाई २ हजारदेखि ४ हजार रुपैयाँसम्म जरिवाना लिई धाराको लाइन काट्ने प्रावधान रहेको छ भने खानेपानी उपभोक्ताले आप्mनो मिटरदेखि मेनलाइनसम्मको पाइप लाइनमा आपूmखुशी कुनै पनि कार्य गर्न नपाउने र यदि गरेको पाइएमा पहिलो पटकलाई ५ सय रुपैयाँ, दोस्रो पटकलाई १ हजार रुपैयाँ र तेस्रो पटकलाई १ हजार ५ सय रुपैयाँ जरिवाना गरिने प्रावधान रहेको छ ।
यसैगरी खानेपानी सेवा शुल्क असुली काउन्टर दिउँसो १० बजेदेखि ४ बजेसम्म खुला रहने हुँदा उपभोक्ताहरूको कुनै गुनासो भए सो समयमा काउन्टरमा सम्पर्क राख्न सकिने र बिहान ६ बजेको समयमा नगरपालिकाको फोन नम्बर ०२७५२००३० मा सम्पर्क गरी गुनासो टिपाउन सकिने प्रशासकीय अधिकृत रामकुमार शाहले बताएका छन् । 
खानेपानीका लाइनहरूमा कही कतै चुहावट देखिएमा नगरपालिकालाई तत्काल खबर दिएर सहयोग गरि दिन र वर्षादको पानी सङ्कलन प्रविधिलाई प्रत्येक घरमा अवलम्बन गर्नका लागि नगरपालिकाले खानेपानी उपभोक्ताहरूलाई आग्रह समेत गरेको प्रशासकीय अधिकृत शाहले बताएका छन् ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...