space for add
space for add

समाचार

इलाम नगरपालिकाको वार्षिक समीक्षा बैठक

गते ००:०० मा प्रकाशित

इलाम, २१ भदौ : इलाम नगरपालिकाको आ.ब. ०७०।०७१ को वार्षिक समीक्षा बैठक हालै सम्पन्न भयो । इलाम नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो समीक्षा गोष्ठीमा इलाम नगरपालिकाको आ.ब. ०७०।०७१ को बजेट, योजना तथा कार्यक्रमका बारेमा छलफल तथा समीक्षा भएको थियो । समीक्षा बैठकबाट भवन संहिता, नक्शापास मापदण्ड र सडकको क्षेत्राधिकारलाई अझ व्यवस्थापन गरी अनुगमन कार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने, सार्वजनिक सम्पत्तिको लेखाजोखा गरी सो सम्पत्तिलाई अतिक्रमण हुनबाट बचाई सदुपयोग गर्ने योजना बनाउनु पर्ने, नेपाल भारत मैत्री शीतभण्डारलाई समयानुकूल मल्टिच्याम्बर बनाउन थप बजेटको व्यवस्था मिलाउनु पर्ने, आधुनिक पशु वधशाला तथा मासु पसलको व्यवस्थापन गर्नु पर्ने र मासुको गुणस्तर अनुगमन गर्नु पर्ने, योजना कार्यान्वयनको क्रममा अनुगमनको कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने, नगरको आन्तरिक आय बृद्धिका लागि समयानुकूल राजश्वको दर निर्धारण गर्न कार्य योजना तयार गरी राजश्व प्रशासनलाई सुदृढ गर्नु पर्ने, नगरको बजेटलाई महत्वाकांक्षी बजेट नबनाई यथार्थपरक बनाउनु पर्ने, हरितनगर योजना तथा कार्यक्रम कार्यान्वयनका लागि थप विशेष बजेटको व्यवस्थापनका लागि मन्त्रालय तथा दातृ निकायमा अनुरोध गर्नु पर्ने, न.पा. कार्यालय भवन जीर्ण हुँदै गएकोले नयाँ कार्यालय भवन निर्माणको लागि बजेट व्यवस्थापन गर्नु पर्ने, फोहोरमैला व्यवस्थापनलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन पक्षमा लैजानु पर्ने सुझाव प्राप्त भएको न.पा. का प्रशासकीय अधिकृत रामकुमार शाहले बताए । (स्रोतः इलाम नगरपालिका कार्यालय)

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...