समाचार

पुस्तकालय, महत्व र उपयोग

गते ००:०० मा प्रकाशित

कुमार श्रेष्ठ
(२०७१।०५।१५)
परिचय :
‘पुस्तकालय’ भन्ने बितिकै हाम्रो मस्तिष्कमा आउने वाक्य भनेकै ‘पुस्तकहरुको भण्डार’, यस हिसाबमा भन्ने हो भने सामान्यतयः पुस्तकालय भन्नाले  पुस्तकहरु संग्रह गरी राखिएको कोठा वा घरलाई बुझिन्छ । नेपाली शब्दसागर (वसन्तकुमार शर्मा नेपाल)मा पुस्तकालयको अर्थ “सार्वजनिक रुपले पढ्न पाइने गरी राखिएका पुस्तकहरु भएको घर वा खण्ड वा कोठा” भनेर लगाइएको छ । त्यस्तै, अक्सफोर्ड डिक्सनेरी अनुसार पुस्तकालय वा ष्दिचबचथ भन्नाले १. एक घर जहाँ पुस्तकहरु, सिडीहरु, पत्रपत्रिकाहरु आदि संग्रह गरी राखिएको हुन्छ, जसलाई मानिसहरुले पढ्न, अध्ययन वा लिएर जान सक्छन् । २. एक कोठा जहाँ अधिकांश पुस्तकहरु संग्रह गरि राखिएको हुन्छ । नेपाली विकिपीडिया अनुसार, “पुस्तकालय लेखी छापी, कोरी, खिचि वा यस्तै अरु विभिन्न माध्यमद्वारा तयार परिएको पुस्तक, पुस्तिका, अखवार, पत्रिका, नक्सा, चार्ट, फिल्म आदि ज्ञान सामाग्री सु–व्यस्थित रुपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो । पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शव्द मिलेर बनेको हो । जसको अर्थ पुस्तकहरु राखिएको घर भन्ने हुन्छ ।” यी माथिका ३ विभिन्न श्रोतको परिभाषा÷अर्थलाई विश्लेषण गर्दा, तेश्रो अर्थात नेपाली विकिपीडिाको अर्थ सान्दर्भिक छ । हाल, पुस्तकालय भौतिक र खष्चतगब िरुममा स्थापना र सञ्चालन भएको पाइन्छ । भौतिक पुस्तकालय पुस्तकहरु, पत्रपत्रिका आदि भौतिक शैक्षिक श्रोत सामाग्रीहरु सहित सञ्चालन भएका हुन्छन्  भने ख्ष्चतगब िरुपमा स्थापना भएका पुस्तकालयहरुले विद्युतीय माध्यमबाट आफ्ना प्रयोगकर्ताहरुलाई शैक्षिक श्रोतहरु उपलब्ध गराउँछन् । जसमा विकिपीडिया, गुगल सर्च, बिइंग आदि लाई उदाहरणको रुपमा लिन सकिन्छ ।
इन्द्रप्रसाद अधिकारीका अनुसार, “विश्वमा पुस्तकको इतिहाससँगै पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ । इ.पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ । यस समयमा सुमेरियन र मेसोपोटामियनहरुले गिला माटाका खबटाहरुमा आफ्ना विचारहरु चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे । पछि उनीहरुले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरुमा लेखेर संग्रह गर्न थाले । खवटे पुस्तकका तिनै संग्रहहरु नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन् ।” (पुस्तकालय तथा श्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन, साझा प्रकाशन) तथापी, आधुनिक पुस्तकालयको विकास र विस्तार १९ औं शताव्दीमा भएको मानिन्छ । साथै पुनःजागरणको समयमा स्थापना भएका युरोपका ठूला–ठूला विश्वविद्यालयहरुसँगै पुस्तकालयहरुको स्थापना र सञ्चालन हुन थाल्यो । जसले आधुनिक कालमा पुस्तकालयको विकास र विस्तारमा मद्दत पुर्यो ।
पुस्तकालयको नेपाली  इतिहासः 
नेपालमा पुस्तकालयको सुरुवात करिब १४५ वर्ष पहिले तत्कालिन राजा ग्रिवाण युद्ध विक्रम शाहको शासनकालमा भएकोे मनिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरणको बखतमा हराइएका राज्यहरुका महत्वपूर्ण दस्तावेजहरुलाई संकलन गरेर आफ्नो दरवारमा राख्ने गर्दथे । पछि उनका नाति ग्रिवाण युद्धले लामोर मार्फत ती दस्तावेजहरुको संरक्षण गरे । १०४ वर्षिय (सन् १८४६देखि १९५०) राणा शासनले जनतालाई शिक्षाबाट बञ्चित गरायो । नेपाल भित्र स्थापना भएको पहिलो  कलेज ‘त्रिचन्द्र’ हो ।  जसको स्थापना सन् १९१८ मा भएको थियो । यसको मूख्य उद्देश्य भनेको उनीहरुको सन्तानहरुलाई अंग्रेजी शिक्षा दिनु थियो । त्यस वखत सम्म केहि विद्यालयहरु स्थापना भए पनि विश्वविद्यालय शिक्षाको प्रणाली÷पद्धतिको विकास भई सकेको थिएन् । सन् १९३० मा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहितको युवा समूहले पुस्तकालय (सरस्वती सार्वजनिक पुस्तकालय) स्थापनाको अनुमति मागेर सरकारमा निवेदन हाले तर राणा शासकहरुले उनीहरुलाई कारबाही गरियो । केहिलाई रु.१०० जरिवाना गराई छाडियो भने बाँकीलाई लामो समयको लागि जेल हालियो । सन् १९५०मा राणा शासनको पतन संगै बहुदलिय व्यवस्था आयो । जसले शिक्षाको क्षेत्रमा नयाँ लहर ल्यायो  र विभिन्न स्थानमा पुस्तकालयहरुको स्थपना हुन थाल्यो । सन् १९५० देखि १९६०को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयहरु स्थापना भए । सन् १९६०मा निरंकुश राजतन्त्रको सुरुवातसँगै सामुदायिक पुस्तकालयहरुलाई निरुत्साहित गरियो । सन् १९९०मा निरंकुश राजतन्त्रको अन्यसँगै पुनः सामुदायिक पुस्तकालयहरुले गति लिन थाल्यो । पुनः सञ्चालन र स्थापनाको लागि आवश्यक सहयोगको लागि राष्ट्रिय तथा  अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा प्रस्ताव आउन थाल्यो ।  रुम टु रिड र रिड नेपालको पछिलो तथ्यांक अनुसार हाल सम्म रुम टु रिडले नेपालका विभिन्न क्षेत्रमा ३,६५४ पुस्तकालयहरु स्थापना र १,०२२ वटा विद्यालयहरु निर्माण  गरि सकेको जनाएको छ भने रिडले ५४ वटा सामुदायिक पुस्ताकलयहरु स्थापना गरि सकेको जनाएको छ । नेपालमा हालसम्म पनि पुस्तकालय सम्बन्धि अवश्यक नीति÷नियम र अनुगमन गर्ने सरकारी निकाय नभएकोले,  हालसम्म देशभरि कति पुस्तकालयहरु सञ्चालन छन् भन्न गाह्रो छ । 
भोला कुमार श्रेष्ठ (२००९)ले नेपलामा भएका पुस्तकालयहरुलाई ५ भागमा विभाजन गरेका छन् । जस अनुसार, सरकारी, बालबालिकाको, शैक्षिक, समुदायिक र वैदेशिक नियोगका पुस्तकालयहरु पर्दछन् । उनका अनुसार, शैक्षिक पुस्तकालयहरुमा शिक्षण संस्थाहरुमा सञ्चालन भएका, सामुदायिक पुस्तकालयमा गाउँ घरमा समुदाय स्तरमा सञ्चालन गरिएका पुस्तकालयहरु पर्दछन । त्यस्तै, वैदेशिक नियोग पुस्तकालयहरु विदेशी कुटनीतिक नियोगहरुले सञ्चलन गर्दछन् जस्तै  अमेरिकी पुस्तकालय, ब्रिटिस काउन्सील लर्निङ सेन्टर, भारत संस्कृतिक केन्द्र आदि । वैदेशिक नियोगहरुबाट सञ्चालन भएका बाहेक अधिकांश पुस्तकालयहरु सिमित आर्थिक श्रोत, नियम÷पद्धतिको अभाव, तालिम प्राप्त जनशक्तिको अभाव जस्ता समस्याहरुबाट गुज्रिरहेका छन् । ज्यादै थोरै मात्र पुस्तकालयहरुले आवश्यक सेवा सुविधा उपलव्ध गराउन सेका छन् ।
नेपालमा पुस्तकालयको इतिहासलाई केलाउदा नेपालकै ठूलो पुस्तकालयको रुपमा परिचित त्रि.वि. केन्द्रिय पुस्तकालयको बारेमा पनि चर्चा गरिनु आवश्यक छ । यो पुस्तकालयको स्थापना सन् १९५९मा भएको हो । करिब १२०० पुस्तकबाट शुरु भएको यो पुस्तकालयमा हाल ३,५०,००० भन्दा बढि पुस्तकहरुको भण्डार रहेको छ । जसले विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी र पुस्तकमा रुचि राख्ने अन्यलाई सेवा प्रदान गर्दै आई रहेको छ । जहाँ हाल युएन, नेपाल कलेक्सन, जेनेलर, आइ.टी., रेफरेन्स आदि सेक्सनहरु रहेका छन् ।
इलामेली इतिहास र वर्तमानः
इलामको सन्दर्भमा पुस्तकालयको इतिहासको बारेमा खासै चर्चा भएको पाइदैन । यस सम्बन्धि कुनै आधिकारीक लेख रचनाहरु पनि उपलव्ध छैन् । तथापी, हामी अनुमान भने गर्न सक्दछौं । विभिन्न समयमा स्थापना भएका विद्यालय तथा कलेजहरुले आफ्ना शिक्षक तथा विद्यार्थीहरुको लागि आवश्यक पुस्तकहरु उपलव्ध गराउने उद्देश्यले ठूला वा साना पुस्तकालयहरुको व्यवस्था गरेको पाइन्छ । जहाँ पाठ्यक्रमसँग सम्बन्धित केही आवश्यक पुस्तकहरु, केही पत्रपत्रिकाहरु आदि सेवा उपलब्ध गराइएका हुन्छन् । सबै विद्यालय तथा कलेजहरुको स्थापना मिति र सन्दर्भलाई उल्लेख गर्न गाह्रो भए पनि केहि महत्वपूर्ण र प्रतिनिधिमूलक तथ्यहरुलाई प्रस्तुत गर्नु आवश्यक हुन्छ । यस्ता ऐतिहासिक घटनाक्रमहरुलाई  लिपिवद्ध गरी प्रकाशन गर्नका लागि हाम्रा इलामेली अग्रजहरुमा यसै लेख मार्फत अनुरोध छ ।
इलामको शैक्षिक इतिहासमा उल्लेख गरिनु पर्ने एउटा महत्वपूर्ण घटनाक्रममा  इलाम जिल्लामा नै सर्वप्रथम स्थापना भएको महेन्द्र रत्न बहुमुखि क्याम्पसको बारेमा उल्लेख गरिनु आवश्यक छ । यो क्याम्पसको स्थापना वि.सं. २०१७ साल असार २१ गते भएको हो । क्याम्पस स्थापनासँगै सञ्चालन भएको  पुस्तकाल,  ३५ वटा मात्र पुस्तकहरु सुरु भएको थिए । हाल यस पुस्तकालयमा हजारौको संख्यामा पुस्तकहरु तथा थेसिसहरु संकलन भई सकेको छ । यो पुस्तकालयको मुख्य प्रयोगकर्ता क्याम्पसका प्राचार्य, शिक्षक, कर्मचारी र विद्यार्थी हुन् । पुस्तकालयलाई नयाँ भवनमा सारिएता पनि भौतिक सुविधा र व्यवस्थापनामा अझै सुधार गरिनु आवश्यक छ ।
रिड नेपाल र स्थानीयबासीको सहभागितामा बरबोटे गा.वि.स.मा जनकल्याण सामुदायिक पुस्तकालयको स्थापन वि.सं. २०५३ सालमा भएको थियो । 
त्यस्तै नगरपालिकाद्वारा निर्मित मदन आश्रित वाचनालयको उद्घाटन वि.सं. वि.सं. २०५६÷१०÷१६ गते भएको थियो । जुन वाचनालय हाल अरनिको संस्कृतिक संग्राहलयसँगै माईस्थान मन्दिर परिसरमा रहेको छ । आवश्यक तालिम प्राप्त जनशक्ति र इलाम नगरपालिका तथा नगरबासीको चासो र उचित व्यवस्थापनको कमिले गर्दा कमजोर, लाचार र जिर्ण बन्दै गएको छ । वाचनालयमा केहि दैनिक पत्र–पत्रिकाहरु, अखवार आदि उपलब्ध छन् । साथै बेञ्च र टेबलहरुको सामान्य व्यवस्था मात्र छ । आवश्यक प्रकाशको कमी, पत्र–पत्रिकाहरुको उचित संरक्षण र व्यस्थापन नहुनु यो वाचनालयको विशेषता हो । यसको उचित संरक्षण र व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ । यो हाम्रो एउटा शैक्षिक धरोहर हो । यसले इलामको प्रतिष्ठा बढाउन मद्दत गर्दछ । साथै इलामेलीहरुलाई पत्रपत्रिका र पुस्तक अध्ययन गर्ने बानी  र संस्कार विकास गर्न मद्दत गर्दछ ।
पछिलो समय स्थापना र सञ्चालन भएको आधुनिक सूचना प्रविधि सहितको सुविधा सम्पन्न पुस्तकालयको रुपमा अमेरिकन कर्नर, इलामलाई लिन सकिन्छ । यो कर्नर अमेरिकी दुतावास र इलाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित छ । यसको स्थापना वि.सं. २०६८ कार्तिक १५ गते भएको थियो । उक्त पुस्तकालय (कर्नर)मा विज्ञान, वाणिज्य, साहित्य, बालबालिका, इतिहास, नेतृत्व, सूचना प्रविधि आदि विभिन्न विधाका पुस्तक, श्रव्य–दृश्य आदि श्रोतहरुको संग्रह रहेको छ । यसका साथै यहाँबाट उपलब्ध हुने इन्टरनेट सेवामार्फत अनलाईन डाटाबेश तथा खष्चतगब िपुस्तकालयको पनि सेवा उपयोग गर्न सकिन्छ । इलामको सन्दर्भमा चर्चा गर्दा, इलाम जिल्लामा यो एक मात्र अत्याधुनिक प्रविधियुक्त पुस्तकालय हो । तथापी, यो पुस्तकालयको व्यस्थापन र दिगोपनाको लागि दीर्घकालीन योजना र नीति बनाउनु आवश्यक छ । कर्नरलाई बैठक र सभा हल भन्दा पनि पुस्तकालयरुपमा सञ्चलान र त्यही अनुरुपको वातावरण निर्माण गरिनु आवश्यक छ ।
इलाममा स्थापना र सञ्चालन भएका विभिन्न पुस्तकालय तथा वाचनालयमा प्रयोगकर्ताहरुको संख्या र सहभागितालाई अवलोकन गर्दा अहिले पनि पुस्तक, पत्रपत्रिका अध्ययन र पुस्तकालयको प्रयोग गर्ने संस्कृतिको विकास पूर्ण रुपले हुन नसकि रहेको देखिन्छ । यसमा पुस्तकालय, स्थानीय सञ्चार माध्यमहरु तथा बौद्धिक क्षेत्रले आवश्यक पहल र भूमिका निर्वाह गरिनु जरुरी छ ।
पुस्तकालयको महत्वः 
पुस्तकालयलाई विद्याको सागरको रुपमा लिइन्छ । जसलाई जति व्यवस्थित रुपमा प्रयोग गर्न सकियो त्यती नै विद्या आर्जन गर्न मद्दत गर्दछ । पुस्ताकालयको महत्वलाई मुख्य रुपमा तलका बुदाँहरुमा चर्चा गर्न सकिन्छः
१. ज्ञान भण्डार तथा प्रयोगशालाः पुस्तकाललाई हामी शैक्षिक अध्ययनको प्रयोगशालाको रुपमा लिन सक्छौं । जहाँ उपलब्ध हुने भौतिक तथा खष्चतगब िपुस्तक, पत्र–पत्रिका, श्रव्य–दृश्य आदि सूचनाका आदि ज्ञानको भण्डार मार्फत आफ्नो ज्ञान र सीपको क्षेत्रलाई बढाउन  तथा खोज अनुसन्धान गर्न सकिन्छ । साथै, आफ्नो ज्ञान, धारण, दृष्टिकोणको परीक्षण र त्यसलाई परिमार्जन गर्ने उचित थलोको रुपमा पनि यसलाई प्रयोग गर्न सकिने भएको ले ज्ञान आर्जनको प्रयोगशालाको रुपमा यसको महत्व रहेको छ । पुस्तकायमा विभिन्न विधाका पुस्तक, सूचना आदिको संकलन र व्यवस्थापन हुने भएको ले यो ज्ञानको भण्डार हो । जहाँबटा आफ्नो रुचि र आवश्यकता अनुसार जति पनि ज्ञान र सीप आर्जन गर्न सकिने भएका ले यसको महत्व छ । शोधकर्ता, खोजकर्ताको लागि पुस्तकालय उक्त विकल्प हो । जहाँ उपलव्ध हुने पुस्तक भण्डार, इन्टरनेट तथा खष्चतगब िपुस्तकालको माध्यम ले आफ्नो शोध र खोजलाई पूर्णता दिन सक्दछन । त्यसकारण,  पुस्तकालयलाई ज्ञानको भण्डार तथा प्रयोगशाला मानिन्छ ।
२. कम व्यय भारः सबै विद्यार्थी तथा प्रयोगकर्ताहरुसँग पुस्तक तथा पत्रपत्रिकामा लगानी गर्ने आर्थिक श्रोत सिमित हुन्छ । जस्तै, सबै पत्रपत्रिकाको ग्राहक बन्न गाह्रो हुन्छ  तर पुस्तकालयमा जाने हो भने ती सबै पत्र–पत्रिकाहरु निशुल्क पढ्न पाइन्छ । त्यस्तै सबै पुस्तकहरु खरिद गरि अध्ययन गर्न पनि गाह्रो हुन्छ, जसले व्यय भार बढाउछ । यस्तो अवस्थामा पुस्तकालयको प्रयोग गर्ने हो भने, न्युन खर्चमा आफ्नो रुचि र आवश्यकता अनुसारका पुस्तक, पत्रपत्रिका, लेख रचना आदि हेर्न अध्ययन गर्न सकिन्छ । साथै, शोध तथा खोज कर्ताहरुलाई सन्दर्भ सामाग्री, पुस्तक, लेख रचना आदि प्राप्त गर्ने सजिलो र सरल माध्यमको रुपमा पुस्तकालयलाई लिन सकिन्छ । सबै सन्दर्भ सामाग्री आफै किन्न र व्यवस्था गर्ने हो भने ठूलो धनराशी खर्च हुन्छ । पुस्तकालयले उनीहरुको व्यय भार कम गर्न मद्दत गर्दछ । त्यसकारण पुस्तकालयको महत्व रहेको छ ।
३. व्यवस्थापन र वातावरणः पुस्तकालयहरुमा ऐतिहासिक, समय सान्दर्भिक पुस्तक, पत्र–पत्रिकाहरुलाई वैज्ञानिक पद्धति अनुसार उचित व्यवस्थापन गरिएको हुन्छ । जसले गर्दा प्रयोग गर्न सरल र सजिलो हुन्छ । त्यसका साथै पुस्तकालय भित्रको वातावरण पनि सफा र शान्त हुने भएको ले एकाग्र भएर अध्ययन र खोज गर्न सकिन्छ । यस कारण पनि पुस्तकालयको महत्व छ । पुस्तकालयमा उपलब्ध हुने पुस्तक, इन्टनेट सुविधा, शान्त वातावरण आदिले मनोरञ्जन लिने र विश्राम गर्ने अवसर प्रदान गर्दछ ।
४.सामाजिक÷सांस्कृतिक वातावरणः पुस्तकालयको प्रयोगकर्ता विभिन्न उमेर समूह, समुदाय, धर्म आदिबाट आएका हुन्छन् । साथै पुस्तकालय सार्वजनिक हुने भएको ले एकै समयमा धेरैले सहभागिता जनाउन सक्ने हुन्नाले एक आपसमा अन्तर सम्बन्ध विकास गर्न र सामाजिक वातावरण तयार गर्न मद्दत पुग्दछ । त्यस्तै विभिन्न जाति, समुदाय र धर्मका मानिसहरु बीच अन्तरसम्बन्ध विकास भई संस्कृतिक आदान–प्रदान हुन्छ । जसले गर्दा पुस्तकालयमा सामाजिक तथा संस्कृतिक वातावरण निर्माण हुन्छ । यसबाट पुस्तकमा लेखिएका वा नलेखिएका विभिन्न विषयहरुको अनुभव र अनुभूतिका आधारमा ज्ञान आर्जन गर्न सकिने भएका ले पनि पुस्तकालयको महत्वलाई दर्साउछ ।
५. समयको सदुपयोगः बालबालिक, युवा, व्यस्क, वृद्धवृद्धाआदिले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमको रुपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् । जसले नयाँ नयाँ कुरा सिक्न र आफूले सिकेका कुराहरु अरुलाई सिकाउन वा बाड्ने वातावरण निर्माण गर्दछ । विद्यार्थी, शिक्षक, शोध तथा खोजकर्तालाई एकै स्थानमा विभिन्न विषय  र विधाका पुस्तक तथा सन्दर्भ सामाग्रीहरु पुस्तकालयले उपलव्ध गराउने भएको ले उनीहरुको समयको पनि बचत हुनेछ । त्यस्र्थ, पुस्तकालयलाई समय सदुपयोग गर्ने उचित स्थानको रुपमा लिन सकिन्छ ।
६. कम्प्युटर तथा विद्युतिय सामाग्रीको उपलव्धताः पुस्तकालयमा प्राप्त हुने कम्प्युटर तथा अन्य विद्युतिय सामाग्रीहरुका  कारण कम समयमा नै बढि भन्दा बढि सेवा सरल तरिकाले प्राप्त गर्न सकिने भएका ले पुस्तकालयको महत्व अझ बढेको पाइन्छ । एकै स्थानबाट विश्वलाई नियाल्न र विश्वव्यापी बहस र सन्दर्भको बारेमा जान्न सकिने भएको ले पनि पुस्तकालय बहुउपयोगी बन्दै गई रहेको छ ।
यी र यस्तै विभिन्न विशेषता र उपयोगीताका कारण पुस्तकालयको महत्व रहेको छ ।
पुस्तकालयको उपयोगः 
पुस्तकालय एक बहुउपयोगी ज्ञान केन्द्र वा भण्डार भए पनि यसलाई मुख्य रुपमा निम्नानुसार उपयोग गर्न सकिन्छः
१. पुस्तकालयमा उपलब्ध हुने पुस्तक, कम्प्युटर तथा अन्य विद्युतिय श्रोत मार्फत आध्नीक सूचनाप्रविधिको क्षेत्रमा आफ्नो पहुँच ज्ञानको क्षेत्र बढाउन सकिन्छ,
२. पुस्तकालयमा उपलब्ध विभिन्न पुस्तक, पत्र–पत्रिकाहरु, श्रव्य–दृश्य आदि श्रोत सामाग्रीको अध्ययन अवलोकन गरी आफ्नो रुची अनुसारको ज्ञान÷सीपको परिधिलाई बढाउन सकिन्छ,
३. पुस्तकालमा उपलब्ध श्रोत र सामाग्रीहरुको प्रयोग विद्यालय÷कलेजबाहेकको फुर्सदको समयको सदुपयोग गर्न सकिन्छ,
४. पुस्तकालयमा उपलब्ध साधन र श्रोतको माध्यमबाट आफ्नोे कला, सीप र क्षमता अभिबृद्धि गर्न सकिन्छ,
५. पुस्तकालयलाई साथीहरु भेट्ने र अध्ययन गर्ने स्थलको रुपमा प्रयोग गर्न सकिन्छ,
६. विभिन्न समयमा पुस्तकालयका प्रयोगकर्ताहरुबीच आफूले अध्ययन गरेको पुस्तक, लेख रचना आदिको बारेमा छलफल गर्ने थलोको रुपमा पनि पुस्तकालयलाई प्रयोग गर्न सकिन्छ,
७. ऐतिहासिक पुस्तक, लेख–रचना आदिको अभिलेख र संरक्षणका लागि पनि पुस्तकालयको उपयोग गर्न सकिन्छ,
८.परीक्षा तयारीको लागि पनि पुस्तकालयलाई उपयोग गर्न सकिन्छ ।
पुस्तकालयलाई खोज, अध्ययन र श्रोतको रुपमा बहुउपयोग गर्न सकिन्छ । यसको उपयोगिताको व्यख्या गरेर कहिले सकिन्न । त्यस्र्थ, आफ्नो समुदाय, विद्यालय र कलेजमा रहेको पुस्तकालयको सदुप्रयोग गरौं जसले सदविचार र ज्ञान आर्जन गर्न सबै मद्दत गर्दछ ।
पुस्तकालयको इतिहास र वर्तमानमा परिवर्तन आएको छ । सूचना प्रविधिसँगै पुस्तक र पुस्तकालय अस्तित्व हराउने चर्चा चलि रहेको अवस्थामा पनि विभिन्न स्थानहरुमा (शैक्षिक तथा सामुदायिक स्तरमा) पुस्तकालय स्थापन र सञ्चालन भई रहेका छन् । हाल पुस्तकालयलाई पूर्ण भौतिक रुपमा मात्र सञ्चालन नगरेर समय सपेक्ष रुपमा सूचना प्रविधिलाई पनि प्रयोग गरी भैतिक र खष्चतगब ि रुपमा प्रयोग योग्य बनाउनाले नै पुस्तकालयको प्रयोग र विस्तार भै रहेकोछ । सातौं राष्ट्रिय पुस्तकालय दिवस अवसरमा हामी इलामेलीहरु पनि पुस्तकालयको सञ्चालन, विस्तार, व्यवस्थापन र प्रयोगलाई आत्मासाथ गर्दै अध्ययन संस्कृतिको विकासमा अगि बढौं । शुभ कामना !
(kumarstha.ilam@gmail.com)

यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...