space for add
space for add

समाचार

इलाममा दुई सय बायोग्यास निर्माण

गते ००:०० मा प्रकाशित

Gobar Gassइलाम, १२ भदौ । इलाम जिल्लामा पछिल्लो समयमा बायोग्यासप्रति उपभोक्ताको आकर्षण थपिएको छ । धुवाँ नआउने, स्वास्थ्यमा असर नपर्ने, मल उत्पादन हुने तथा दाउराको बचत भई वातावरणमा समेत सहयोग पुग्ने भएकाले यसप्रति उपभोक्ता आकर्षित बन्दै गएका हुन् ।

पाथीभरा बायोग्यास कम्पनीले इलाममा एक वर्षमा २०० वटाभन्दा बढी बायोग्यास निर्माण गरेको छ । पहाडी जिल्लामा चार र छघन मिटरको बायोग्यास निर्माणमा उपभोक्ता उत्साहित देखिएका कम्पनीका शाखा प्रबन्धक चन्द्रप्रसाद आचार्यले बताए । 

छ घनमिटरको मात्र १९४ वटा, चार घनमिटरको चारवटा र आठ घनमिटरको एउटामात्र बायोग्यास निर्माण भएका छन् । छ घन मिटरको बायोग्यासमा दैनिक ३६ किलोग्राम गोबर हाल्नुपर्ने हुन्छ । मापदन्डअनुसार गोबर प्रयोग गर्ने हो भने चार÷पाँचजनाको परिवारलाई सहजै खाना तथा चिया पकाउन पुग्ने आचार्यले बताए । 
जिल्लाका मङ्गलबारे, शान्तिडाँडा, चमैता, साँखेजुङ, इलाम नगरपालिकालगायतका गाविसका धेरै घरमा शौचालय जडित बायोग्यास निर्माण भएको छ । 
बायोग्यास निर्माण गर्दा शौचालय जडान गरेमा यसले खुल्ला दिसामुक्त अभियानमा समेत सहयोग पुगेको कम्पनीले जनाएको छ । छ घनमिटरको बायोग्यास बनाउन करिब रु ६३ हजार रकम लाग्ने कम्पनीले जनाएको छ । त्यसमध्ये नेपाल सरकारले रु ३० हजार अनुदान उपलब्ध गराउँदै आएको छ । उक्त अनुदानबाट २१ प्रकारका सामान कम्पनीले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछन् । 
बायोग्यास निर्माणले हावामा मिथेन ग्यासको मात्रा कम गराई वातावरण सन्तुलन कायम गर्नमा मद्दत पुग्ने कार्यक्रम अधिकृत नेत्रमणि भट्टराई बताउँछन् । ‘जिल्लाका धेरै क्षेत्रबाट बायोग्यासको माग छ,’ भट्टराईले भने, ’चुल्होमा भन्दा बायोग्यासबाट धेरै फाइदा हुने भएकाले यसप्रति उपभोक्ता आकर्षित भएका हुन् ।’ रासस


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...