समाचार

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १८ मा शुरू

गते ००:०० मा प्रकाशित

गणेश घिमिरे

इलाम, १८ जेठ – इलामको ठूलो टुँडिखेलमा २०६९ जेठ १८ गते बिहीबार माध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन प्रमूख जिल्ला अधिकारी बाबुराम खतिवडाले गरे ।

प्रतियोगितामा बिहीबार एथ्लेटिक्सका विभिन्न बिधाका खेलहरू सम्पन्न भएका छन् । जिल्लाका सामुदायिक र संस्थागत गरी १२ विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको बिहीबारको खेलमा छात्र÷छात्राको १५÷१५ सय मिटर दौड, ज्याब्लिङ थ्रो, लङ्जम्प र सटफूटका खेलअन्तर्गतका फाइनल खेलहरू सम्पन्न भएका छन् ।

ती खेलहरूमा छात्रा १५ सय मिटर दौडमा सिंहदेवी उच्च मावि एकतप्पाकी टिका गुरुङ प्रथम, अमरकल्याण उच्च मावि नयाँबजारकी अञ्जना राई द्वितीय र विरेन्द्र मावि आइतबारेकी सुस्मा राईले तृतीय स्थान हात पारे भने छात्र तर्फको १५ सय मिटर दौडमा अमरकल्याण उच्च माविका राजन राई प्रथम, सुर्योदय शिक्षा सदन मङ्गलबारेका राजु तामाङ दोस्रो र सिंहदेवी उच्च माविका सन्दिप तामाङले तेस्रो स्थान हात पारेको आयोजक समितिले जनाएको छ ।

त्यसैगरी छात्रतर्फको लङजम्पमा ग्रीनभ्याली एकाडेमी इलामका सुजन निरौला प्रथम, जनकल्याण मावि एकतप्पाका राजेन्द्र लिम्बू द्वितीय र सिंहदेवी उच्च माविका खगेन्द्र श्रेष्ठले तृतीय स्थान हात पार्न सफल भए । यस्तै छात्रा तर्फको लङजम्पमा सरस्वती मावि सोयाङकी दिपा मगर प्रथम, विरेन्द्र माविकी पुनम राई द्वितीय र आदर्श उच्च मावि इलामकी नविना खड्काले तृतीय स्थान हात पार्न सफल भएको जिल्ला खेलकुद विकास समिति अन्तर्गतका एथ्लेटिक्स प्रशिक्षक रोहित भट्टराईले जानकारी दिए ।

यस्तै छात्रातर्फको ज्याब्लिङ थ्रोमा सिंहदेवी उच्च माविकी गोमा गुरुङ प्रथम, विरेन्द्र माविकी सविना राई द्वितीय र सरस्वती माविकी प्रमिला तामाङले तृतीय स्थान ओगट्न सफल भएकी छन् । त्यस्तै छात्राको सटफूटतर्फ सिंहदवी उच्च माविकी बिष्णु लिम्बू प्रथम, शान्तिपूर मावि शान्तिपुरकी ममता राई द्वितीय र विरेन्द्र माविकी अस्मिता राई तृतीय भए भने छात्रतर्फको सटफूटतर्फ सिंहदेवी उच्च माविका कमल खड्का प्रथम, जनकल्याण माविका पहलमान मगर द्वितीय र बिपी मेमोरियल बोडिङ स्कूल साँखेजुङका विशाल राईले तृतीय स्थान हात पारेको प्रशिक्षक भट्टराईले जानकारी दिए ।

हालसम्मको नतिजा अनुसार सिंहदवी उच्च मावि एकतप्पा अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता युवा तथा खेलकुद मन्ंत्रालयअन्तर्गत जिल्ला खेलकुद विकास समितिको आयोजना र जिल्ला शिक्षा कार्यालय इलामको संयोजनमा भएको समितिकी कार्यालय सचिव अमृता घिमिरेले जानकारी दिइन् । जिल्लाका सबै ६० माध्यमिक विद्यालयलाई प्रतियोगिताको लागि पत्राचार गरेपनि बन्दका कारण धेरै विद्यालयलाई उपस्थित गराउन नसकेको जिल्ला शिक्षा कार्यालय इलामका उपसचिव गेहेन्द्र दहालले बताए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...