space for add
space for add

समाचार

फिदिममा सहकारीको घुम्ती शिविर

गते ००:०० मा प्रकाशित

फिदिममा सहकारीको घुम्ती शिविर
सन्दकपुर संवाददाता
पाँचथर, ९ भदौ : इलामको डिभिजन सहकारी कार्यालयले पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको घुम्ती शिविरमा एकैदिनमा पाँचथरका ६० वटा सहकारी संघसंस्थाले सहभागिता जनाएका छन् । शिविरवाट संघसंस्थाको लेखापरीक्षण स्विकृति प्रदान गरिएको कार्यालयका सहकारी अधिकृत माधवप्रसाद पोख्रेलले जानकारी दिए । यसअघि पाँचथरका सहकारी संघसंस्थाले लेखापरिक्षण स्विकृतिका लागि इलामस्थित डिभिजन कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो । 
‘यो शिविरमा यहाँका सहकारीहरुले पाँचथर–इलामको यातायात खर्च ब्यहोर्नु नपर्दा जम्मा ९० हजार  जोगिएको छ’, बचत तथा ऋण जिल्ला सहकारी संघका अध्यक्ष मणीराज भण्डारीले शिविरपछि भने । सरकारले थप २० वटा जिल्लामा सहकारी कार्यालय स्थापना गर्ने भनेपनि सोको कार्यान्वयन नभएपछि पाँचथर अहिलेसम्म सहकारी कार्यालयबिहीन छ । डिभिजन सहकारीले सहकारीकर्मीको समस्यालाई मध्यनजर गर्दै पाँचथरको राँके र रवि बजारमा समेत घुम्ती शिविर सञ्चालन गर्दैछ । सहकारी मापदण्डअनुसार असोज मसान्तभित्र सहकारीहरुले डिभिजन सहकारी कार्यालयबाट स्विकृति लिइ लेखापरीक्षण सम्पन्न गरि सोको प्रतिवेदन दिनुपर्ने प्रावधान छ । हाल पाँचथर जिल्लामा २१४ वटा विविध उद्धेश्यका सहकारी संस्था स्थापना भइ सञ्चालनमा छन् ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...