space for add
space for add

समाचार

भवमा पुनः नरेन्द्रनाथ

गते ००:०० मा प्रकाशित

भवमा पुनः नरेन्द्रनाथ
इलाम, ७ भदौ (सस): एक करोड रुपैंयाँ बराबरको आयब्यय पारित गर्दै भव कृषि सहकारी संस्था इलामको तेस्रो साधारण सभा सदरमुकाममा आज शनिबार सम्पन्न भएको छ । आयब्यय लेखा समिति संयोजक शिरोमणी भट्टराईले प्रस्तुत गरेका थिए भने सभामा संस्थाका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
२७४ जना शेयर सदस्य रहेको संस्थाको साधारण सभामा संस्थाले असल ऋणीहरु नामसालिङ्ग ५ का उषा भट्टराई र इलाम नगरपालिका ३ का मिलन भट्टराई पुरस्कार तथा जेष्ठ शेयर सदस्यहरु घनेन्द्र भट्टराई र तोयानाथ भट्टराईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानितहरुलाई प्रमुख अतिथि स्थानीय विकास अधिकारी तथा सहकारी डेक्सका सभापति मदन कोइराला र बिषेश अतिथि प्रमुख जिल्ला अधिकारी बासुदेब दहालले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । 
सभाले सहकारीको नयाँ सञ्चालक समितिसमेत गठन गरेको छ । सर्बसम्मत गठन गरिएको संस्थाको अध्यक्षमा पुनः नरेन्द्रनाथ भट्टराई, उपाध्यक्षमा गणेशकुमार भट्टराई, सचिवमा टंक राया, सहसचिवमा रेणुका भट्टराई र कोषाध्यक्षमा पदमबहादुर भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा शिशुमान गुरुङ्ग, नन्दलाल लुइँटेल, निर्मला भट्टराई र प्रेमराज भट्टराई छन् । यसैगरी सभाबाट शिरोमणी भट्टराईलाई लेखा समिति संयोजकमा चयन गरिएको छ । बाँकी दुईजना सदस्य पछि मनोनयन गरिने बताइएको छ ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...