space for add
space for add

समाचार

सानिमा हाइड्रोको सुरुङमा पानी लाउने तयारी

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, ६ भदौ : चिसापानी र दानाबारीमा निर्माणाधीन माईखोला जलविुद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेपछि यसको परीक्षण कार्य शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको समेत सहभागितामा सिभिल निर्माण र अन्य निर्माणतर्फको टेस्टिङ गरिरहेको सानिमा माइ हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी डा सुवर्णलाल श्रेष्ठले बताएका छन् । 
‘निर्माण सबै सकिएको छ । असार २५ बाट नै टेस्टिङ शुरु भएको हो’, श्रेष्ठले भने । सम्भव भए आज शुक्रबार नै सुरुङभित्र पानी हालेर परीक्षण कार्य शुरु गरिने समेत उनले बताए । यसबाहेक आयोजनाले मुख्य संरचना पावर हाउस, बालुवा थिग्रने पोखरी, पेनस्टक जडान, ड्याम साइड आदिको परीक्षण गर्ने जनाएको छ । यस्तै आयोजनाले पावर हाउस छेउमा सबस्टेसन निर्माण र गोदक सम्म प्रसारण लाइन समेत निर्माण सम्पन्न भएको छ । 
२२ मेगावाटको उक्त जलविद्युत आयोजना सम्पन्न गरेपछि त्यसकै तलतिर सात मेगावाटको क्यासकेट निर्माण पनि आगामी साउन महिनासम्ममा सक्ने लक्ष्य रहेको श्रेष्ठको भनाई छ । तीन अर्ब ११ करोड रुपैयाँमा उक्त आयोजना समयमै निर्माण सम्पन्न भएपनि विद्युत उत्पादन गर्न भने नपाएको श्रेष्ठले बताए । कावेली कोरीडोर अन्तर्गत दमक–गोदक खण्डको प्रसारण लाइन निर्माण ढिलो भएका कारण उक्त समस्या आएको बताइएको छ । 
कावेली कोरीडोर समयमा नबन्ने भएपछि नेपाल विद्युत प्राधिकरणले पाँच प्रतिशत पेनाल्टी तिर्नुपर्ने हुन्छ । ‘तर सानिमा माई हाइड्रोपावरको बार्षिक व्याज नै २८ दशमलब ३० करोड हुन्छ । के ले तिर्ने ?’, उनले प्रश्न गरे । चाँडोभन्दा चाँडो दमकदेखि गोदकको लाइन कावेली आयोजनाबाट निर्माण भएमा तत्काल विद्युत उत्पादन हुने अवस्था रहेको उनले जानकारी दिए ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...