space for add
space for add

समाचार

कारागारमा बायोग्याँस निर्माण

गते ००:०० मा प्रकाशित

इलाम, ४ भदौ (सस): हरितनगरी अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन इलाम कारागारमा २ वटा बायोग्याँस निर्माण भएको छ । इलाम नगरपालिका कार्यालय र सिमएन नेपालको संयुक्त आयोजनामा १०÷१० घन मिटरको बायोग्याँस निर्माण गरेको नगरपालिकाले जनाएको छ ।
इन्धनको कम खपतसँगै दाउराको समस्या भइरहेको बेला कारागारमा बस्ने कैदीवन्दीका लागि सहज होस् भनेर बायोग्याँस निर्माण गरेको इलाम नगरपालिका वातावरण शाखाका कर्मचारी कमल मैनालीले बताए । उक्त बायोग्याँस २ लाख ८० हजारको लागतमा निर्माण भएको मैनालीले जानकारी दिए । निर्माण भएको बायोग्याँस सञ्चालनमा ल्याउनका लागि अन्य काम भइरहेको जनाइएको छ । बायोग्याँस निर्माण भएपछि हाल ४ सयका हारहारीमा रहेका कैदीबन्दी लाभान्वित हुने नगरले जनाएको छ ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...