समाचार

प्रविधि सहयोग र उचित मूल्य नपाएपनि केरा खेती फस्टाउँदै

गते ००:०० मा प्रकाशित

विजयशेखर भट्टराई
इलाम, १५ बैशाख ः इलामको दक्षिणी भेगमा प्रसस्त केराखेती भएपनि किसानले उचित मुल्य पाउन सकिरहेका छैनन् । केरा खेतीमा प्राविधिक सहयोग नपाउँदा किसानले परम्परागत रूपमै यो खेती धानेको बताएका छन् । तर पनि यहाँका किसानले ब्यापारीलाई घर घु¥यानबाटै चार रुपैयाँ दर्जन केरा बेचिरहेका छन् ।
इलामको दानाबारी, महमाई, चिसापानी, लोदिया, बरफल्याङ, मुसेखोला, कालीखोला लगायतका स्थानमा ब्यसवायिक रूपमै केरा खेती हुँदै आएको छ । यहाँ उत्पादित केरा दिनहँु १० देखि ३० ट्याक्टरसम्म झापाको शनिश्चरे बजारमा निकासी हुने गरेको छ । यहाँ सङ्कलित केरा राजधानीमा जाने गरेको छ । कालीखोलाको केरा राजधानीमा पनि लोकप्रिय बनेको छ ।
केरा खेती गर्दा आम्दानी साथसाथै अन्य बोटविरुवाको संरक्षण समेत हुने भएकाले किसानहरूबीच लोकप्रिय बनेको छ । हिउँदयाममा पनि हरियो नै रहने केराका बोटले अन्य विरुवा हुकाउँदा छहारीको काम गर्छ । यस्तै केराको बुङ्गाको प्रयोगबाट अचार र दाम्चाको पशुआहारा बनाउने गरिन्छ ।
स्थानीय किसानले चिनिचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रित रुपमा खेती गर्ने गरेको बताएका छन् । तर सरकारीस्तरबाट प्राविधिक सहयोग नहँुदा केराको बोट नै सुक्ने गरेको र मेहनत अनुसारको आम्दानी लिन नसकेको बताए । दानाबारीस्थित पशु सेवा केन्द्रमा प्राविधिक नबस्दा उक्त क्षेत्रका किसानले सेवा पाउन नसकेको बताए । केरा खेती सुधारमा लगानी गर्नुपर्ने र प्राविधिक सेवा पाउनुपर्ने किसानको माग रहेको छ ।
स्थानीय नीजि बगानमा रहेका केरा व्यापारीले बगान नै खरिद गरि सस्तोमा किन्ने गरेका छन् । राम्रो मूल्य नपाउने किसानले साइकल वा ट्याक्टरमा राखेर सोझै सङ्कलन केन्द्रमा पु¥याउने गरेका छन् । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...