space for add
space for add

समाचार

इलाममा ल्याण्डलाईन झण्डै तीन हजार

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, ९ साउन : नेपाल टेलिकम इलाम कार्यालयले जिल्लामा हालसम्म दुईहजार ८ सय ५५ थान पिएसटिएन (साधारण लेण्डलाईन) फोन बितरण गरेको छ । जसअनुरुप इलाम शाखाबाट एकहजार ९ सय १५, फिक्कल उपशाखाबाट ५ सय २३, पशुपतिनगरबाट २ सय ७, आइतबारेबाट २ सय १० र मंगलबारेबाट १ सय ३४ थान फोन बितरण गरेको जनाएको छ । यसैगरी प्रिपेड सिम हालसम्म ७५ हजार ७ सय ९२ थान बितरण गरेको छ । जसमा इलाम शाखाबाट ६२ हजार ८ सय ९२ थान र फिक्कल उपशाखाबाट १२ हजार ८ सय ७३ थान बितरण गरेको नेपाल टेलिकम इलाम शाखाका सहायक लेखा अधिकृत उमेश कुमार दंगालले जानकारी दिए । यस्तै पोष्ट पेड सिम एकहजार एकसय ६२ थान बितरण गरेको छ । इलाम शाखाबाट एहजार एकसय ३० र फिक्कल उपशाखाबाट ३२ थान बितरण गरेको हो । प्रिपेड रिम २० हजार ७ सय ५२ थान मध्ये इलाम शाखाबाट १८ हजार ३सय ३६ थान र फिक्कल उपशाखाबाट २ हजार ४ सय १६ थान बितरण गरेको हो । स्काई फोन पोष्पेड ५ सय ९ थान, सिन्फोन ९ सय ३६ थान बितरण गरेको बताइएको छ । यसैगरी ३ सय २९ वटा एडिएसेल बितरण गरेको टेलिकमले जानकारी दिएको छ । 

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...