समाचार

धितो लिलामी

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

पाँचथर, ११ जेठ:

कञ्चनजङ्घा बचत तथा ऋण सहकारी संस्था, फिदिमले विभिन्न समयमा लिएर भाखा नाघेको ऋण उठाउन १८ जनाको धितो लिलामी गरेको छ । पटक पटक ताकेता गर्दा पनि ऋण उठाउन नसकेपछि संस्थाले धितो लिलामी गरेर रकम उठाउन लागेको हो । डिभिजन सहकारी कार्यालय, जिल्ला प्रशासन, जिल्ला मालपोत, गाविस र जिल्ला बारका प्रतिनिधि राखेर संस्थाले फिदिम, भारपा, रानीगाउँ र चोकमागूका ग्राहकको जग्गा लिलाम गरेको हो । सचिव रामप्रकाश समथिङका अनुसार लामो समयदेखि ऋण नतिर्ने ग्राहकको धितो लिलाम गरे पनि एक महिनाभित्र साँवाब्याज चुक्ता गरे जग्गा फिर्ता गर्ने निर्णय भएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...