समाचार

गर्मीयामसँगै आइसक्रिमको ब्यापार बढ्दै

गते ००:०० मा प्रकाशित

 कमला थापा
इलाम, १४ बैशाख
ः इलाम नगरपालिकाकी एक महिलाले आइसक्रिम बाटै राम्रो आम्दानी लिन थालेकी छन् । नगरपालिका २ की गीता देवानको गर्मी मौसम सुरु भएसँगैे आइसक्रिमको कारोबार बढेको हो । प्राय सबै सिजनमा राम्रो विक्री हुने आइसक्रिम गर्मी मौसममा दैनिक ५ हजार रुपैयाँसम्मको बिक्री हुने उनले बताइन् । बैशाख, जेठ देखि असोज महिनासम्म आईसक्रिम राम्रो बिक्री हुने गरेको उनको भनाइ छ ।
२०५९ सालदेखि आइसक्रिमलाई मुख्य व्यवसाय बनाएकी गीताले ११ जनाको परिवार यसै पेशाबाट पालिएको बताइन् । स्कुल समयमा बढी भीड लाग्ने गरेको छ । विद्यालय समयमा भ्याई नभ्याई हुने गरेको समेत उनले बताइन् । इलाममा आइसक्रिमको पसल धेरै भएपनि उनको पसल सेन्टरमा भएकाले राम्रो चल्ने गरेको उनको भनाइ छ । इलाममा भएका अन्य आईसक्रिम पसलले पनि राम्रो आम्दानी लिन थालेका छन् ।
२१ डिगी्र सेल्सियस अधिक्तम तापक्रम हुने इलामको अहिले २९ डिग्री अधिकतम तापक्रम पुगेको नामसालिङ्ग सामुदायिक विकास केन्द्र इलामले जनाएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...