space for add
space for add

समाचार

सलकपुरको शान

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता
इलाम, २६ पुष- सुन्तलाको बगानमा अलैँची टनाटन फल्छ भन्दा आश्चार्य लाग्न सक्छ । लेकाली चिस्यान माटोमा हुने अलैँची र अहुल क्षेत्रमा हुने सुन्तला खेती स“गस“गै गरेर इलामको जिर्मले गाविसका बासिन्दाले गतिलो नमूना पेश गरेका छन् ।  सुन्तला धेरै फल्ने भएकाले ‘गोल्डेन भ्याली’ उपनाम कमाएको जिर्मलेको सलकपुरबासीले गरेको खेती प्रणाली अनुशरण गर्न लायक छ । त्यहा“ फस्टाएको सुन्तला र अलैँची खेतीको आम्दानी मात्र हैन दैनिक हुलका हुल आउने पर्यटकको ता“तीले थप कमाई स्थानीयले गर्दै आएकाको बताउँछन् स्थानीय मानबीर स्याङ्बो ।
समुन्द्र सतहबाट छ सय मिटरको उचाईमा मात्र रहेको यो क्षेत्रमा वङ्गाली र मूलुकका विभिन्न स्थलवाट कृषिबालीको अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन् । जिर्मलेको तीनवटा वडाका झण्डै दुईसय घरपरिवारले अलैँची, सुन्तला र व्यवसायिक रुपमा मौरी पालनसमेत गर्दै आएका छन् । यो गाउ“मा बार्षिक रुपमा सुन्तला र अलैचीवाट छ करोड धेरै रकम भित्रिन्छ । सुरुमा भारतीय क्षेत्रका बासिन्दा आउदा चोरी हुने डरले बगान रुगेर बस्ने चलन भए पनि अहिले उनीहरुलाई खुशी पारेर सुन्तला बिक्री गर्ने गरेको बताउँछिन् स्थानीय अनिता राई । 
मंसिर र पुस महिनाको हरेक आइतबार सलकपुरमा मेलाजस्तै ठूलो भिडभाड हुने गरेको छ । बगानमै आएर सुन्तला खाने र त्यहा“को खेती प्रणाली हेर्नकै लागि तन्नेरी र पाकाहरु समेत सीमापारी भारतीय क्षेत्रवाट आउने गरेका छन् । कृषकको आफ्नै प्रयासले उल्लेख्य आम्दानी गरेर जीवनस्तर सुधारेका यहा“का बासिन्दा सरकारी तवरवाट विकासका कुनै पूर्वाधार निर्माण नहुदा भने समस्यामा परेको बताउँछन् । कषकको उत्साहले बन्ने क्रममा रहे पनि सधैं सरकारी उपेक्ष्ाँमा परेको अगुवा कृषक प्रेम मोक्तानको गुनासो छ ।
यहा“ विजुली, सञ्चार र सिञ्चाई, सडकलगायत सुविधाको अभाव छ । मूलुकमै नमुनाको रुपमा कृषि प्रणाली फस्टाएको यो गाउ“मा भौतिक पूर्वाधार विकास गर्ने हो भने कृषि पर्यटनका लागि समेत अब्बल गन्तव्य बन्नेमा दुईमत देखिँदैन ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...