space for add
space for add

समाचार

एलजीले ल्यायो नयाँ मोडलका भ्याकुम क्लिनर

गते ००:०० मा प्रकाशित

इलाम, २५ पुष (सस) – एलजी ब्राण्डका तीन मोडलका भ्याकुम क्लिनर बजारमा आएका छन् । यसअघि आएका भन्दा यी भ्याकुम क्लिनर सुधारिएको र ग्राहकको मागअनुसारको भएको कम्पनीको दाबी छ । निकै आकर्षक डिजाइन र अत्याधुनिक प्रविधियुक्त यी भ्याकुम क्लिनर ‘कण्ट्रोल’ गर्न पनि निकै सजिलो रहेको कम्पनीले बताएको छ । यसमा रहेको आठ तहको फिल्टरले जमीन तथा फर्निचरको धूलोलाई सजिलै तान्नसक्छ । त्यस्तै, यसमा रहेको ‘टेलिस्कोपिक’ पाइपलाई आफ्नो आवश्कताअनुसार तन्काउन सकिन्छ । कम्पनीले भीसी–३३२० एनएनटी, भीसी–३३१८ एएटी र भीसी–२३१६ एनएनडी मोडल बजारमा ल्याएको हो । यी मोडल स्पार्क सिल्भर, रातो र नीलो रङमा उपलब्ध छन् । यी भ्याकुम क्लिनरमा कम्पनीले १ वर्षको वारेण्टी दिएको छ । यसको बजार मूल्य ११ हजार ९० देखि १३ हजार ९ सय ९० रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...