space for add
space for add

समाचार

करोड लगानीबाट गाउँमै विद्युत उत्पादन

गते ००:०० मा प्रकाशित

 प्रयास लिम्बू

ताप्लेजुङ, २४ पुष - ताप्लेजुङ सदरमुकामबासीहरु विगत लामो समयदेखि बिजुलीको समस्या खेप्न बाध्य भइरहेका बेला ग्रामीण क्षेत्रका बासिन्दाहरुले भने आफ्नै पहल करोडौंको निजी लगानीबाट विद्युत उत्पादन गरी गाउँघरलाई झिलिमिली बनाएका छन् गाउँमै रहेको पानीको स्रोतलाई सदुपयोग गर्दै लघु जलविद्युत उत्पादन गरी बत्ती बाल्न थालेका हुन् भने उनीहरुमा खुशीयाली समेत छाएको

पछिल्लो समय जिल्लाको पश्चिमी फाकुम्बा गाउँ विकास समितिमा स्थानीयबासीको आफ्नै पहलबाट एक करोड रुपियाँ बराबरको लगानीमा २४ किलोवाट क्षमताको लघु जलविद्युत उत्पादन गरी गाउँलाई झिलिमिली बनाएका हुन् सदरमुकाम फुङ्लिङदेखि एक दिनको पैदल दुरीमा रहेको फाकुम्बा गाविसका बासिन्दाले प्रत्येक घरपरिवारबाट नगद जनश्रम जुटाएर विद्युत निर्माण गर्न सफल भएको स्थानीयले बताएका छन्

उक्त गाविसको वडा नं. , मा हाल बसोबास गर्दै आएका एक सय ६७ घरपरिवार एकजुट भएर स्थानीय लोजुम्बाखोलाबाट विद्युत उत्पादन गरेको निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष प्रेमप्रसाद प्रसाईंले जानकारी दिए प्रसाईंका अनुसार तीनवटै वडाका सबै परिवारबाट दामासाहीले प्रतिपरिवार ४४ हजार रुपियाँका दरले कुल ७३ लाख ४८ हजार रुपियाँ आर्थिक सङ्कलन गरिएको थियो बाँकी २६ लाख ५२ हजार रुपियाँ बराबरको जनश्रमदानले विद्युत गृह निर्माण तथा सामान ढुवानी गरिएको उनले जानकारी दिए

यस्तै गाउँमा विजुली बत्ती बाल्नका लागि विभिन्न निकायमा धेरै पटक पहल गरिएपनि कुनै सुनुवाई नभएकाले गाउँलेकै पहल प्रयत्नबाट लघु जलविद्युत उत्पादन गरी बत्ती बाल्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद गुरागाईंको भनाइ सरकार वा कसैको अनुदानको आशामा बसेको भए यत्रो काम यति चाँडै सम्भव हुने थिएन, आफैंले मिहनत लगानी गरे सोचे भन्दा ठूलो कार्य चाँडै नै सम्पन्न हुने रहेछ अध्यक्ष गुरागाईंले भने

त्यसो विद्युत उत्पादनमा परिश्रम लगानी गरेर बत्ती बाल्न पाएकोमा स्थानीयबासीहरु पनि खुशी भएको बताइएको अहिले बत्ती बाल्न पाएपछि स्थानीय गृहिणी महिलाहरुको समयको बचत भएको भने धुँवा धुलोबाट समेत मुक्ति पाएका छन् त्यस्तै बिजुलीको सुविधा पाएपछि खाना पकाउन पानी तताउनमा राइसकुकरको समेत प्रयोग गरिन थालेको स्थानीयले बताएका छन्

यता विद्युत उपभोक्ता संस्थाले सुलभ मूल्यमा विद्युत वितरण गरेको जनाएको विद्युत उपलब्ध गराएर उठेको महशुलबाट विद्युत सञ्चालनका लागि खटाइएको कर्मचारी व्यवस्थापनमा खर्च गरिएको मर्मत सम्भार तथा जगेडा कोषको समेत स्थापना गरेको समितिका अध्यक्ष गुरागाईंले बताए जगेडा कोषको सहायताबाट विद्युत विग्रिएमा तत्काल मर्मत गर्नका लागि समेत अरुको मुख ताक्नु नपर्ने पनि गुरागाईं बताउँछन्

सहर बजारमा जस्तो गाउँघरमा विद्युतको आवश्यकता धेरै नपर्ने भएकाले लोडसेटिङको अवस्था पनि नरहेको स्थानीय उपभोक्ताहरु बताउँछन् मासिक डेढ सय रुपियाँमै बिजुली बाल्न पाइने आवश्यकता परेका बेला जुनसुकै समयमा पनि विद्युत उपभोग गर्न पाएको उपभोक्ताहरुको भनाइ

यसरी हाल देशभर विद्युतको चरम समस्या रहेका बेला ग्रामीण क्षेत्रका स्थानीयले आफ्नै निजी लगानीबाट विद्युत उत्पादन गरी गाउँघरलाई अँध्यारोमुक्त बनाएको देख्दा सबैले प्रसंशा गरेको पाइन्छ जिल्लाको सदरमुकाम फुङ्लिङमा भने लोडसेडिङको चर्को मारमा उपभोक्ताले दिनमा करिव तीन घण्टा जति विद्युत उपभोग गर्न पाउँदछन् साथै विद्युत महशुल प्रतियुनिट २८ रुपियाँसम्म तिर्न बाध्य रहेका छन्


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...