space for add
space for add

समाचार

मावु फेरि झिलिमिली

गते ००:०० मा प्रकाशित

मेनुका भट्टराई
इलाम, २४ पुष - दुई वर्ष अघिदेखि बन्द रहेको मावुस्थित नेपालमै पहिलोपटक समुदायको लगानीमा बनेको सबैभन्दा ठूलो त्रिवेणी लघु जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । ५० किलोवाट क्षमताको उक्त आयोजनाबाट यहि पुष २० गतेदेखि विद्युत उत्पादन हुन थालेपछि मावु २ तथा माईमझुवा ७ र ८ का बासिन्दाका घर झिलिमिली बन्न थालेका छन् । 
२०५८ सालमा स्थापना भई दश वर्षसम्म मावु गाविसका बासिन्दाले बालेको बिजुली २०६८ माघ १६ गतेदेखि बन्द भएको थियो । त्यसअघि आयोजनाका उपभोक्ता ४३३ घर परिवार रहेका भएपनि बन्द भएपछि २९५ घरपरिवारले केन्द्रीय प्रशारण लाइनबाट विद्युत उपभोग गर्न थालेका थिए भने अन्य स्थानीय बासिन्दा टुकीको भरमा थिए ।
पछिल्लोपटक पनि उक्त आयोजना समुदायकै लगानीमा मर्मत गरि सञ्चालनमा ल्याइएको हो । स्थानीय एकसय ३८ घरपरिवारले प्रतिघर छ हजार नगद सङ्कलन गरि तेज इनर्जी सोलुसन प्रालिसँग सम्झौता गरि ठेक्कामार्पmत मर्मत गराएका हुन् । उक्त कम्पनीले ५ लाख ५ हजार ७१८ रूपैयाँमा आयोजनाको भत्किएको कुलो मर्मत, मेन स्वीच मर्मत तथा खरिद गरेर विद्युत सञ्चालनमा ल्याएको हो ।
स्थानीय राजन राईका अनुसार आयोजना स्थापनाकालमा निर्माणमा सहयोग गर्ने संस्था इलामको नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी)कै सहयोग र सक्रियतामा यसपाली आयोजनाको मर्मत गरी पुनः सञ्चालन सम्भव भएको हो । एनसीडीसीले समुदायस्तरमा पुनः चेतनामूलक कार्यक्रम, आमभेला तथा सहयोग प्राप्त हुने बाटो देखाउने काम गरेकोले आयोजना पुनः सञ्चालनमा ल्याउन उपभोक्ता उत्साहित भएको पनि राजनले बताए ।
एनसीडीसीका फिल्ड संयोजक कुमार श्रेष्ठका अनुसार आप्mनै संस्थाको सक्रियतामा स्थापना गरिएको समुदायको लगानीमा निर्मित देशकै सबैभन्दा ठूलो लघु जलविद्युत आयोजना भएको र एनसीडीसीको तर्पmबाट पहिलो लघु जलविद्युत आयोजना भएकोले पनि उपभोक्तालाई पुनः सञ्चालनका लागि प्रवद्र्धन गरिएको हो । यसपटक एनसीडीसीले समुदायको लगानी धेरै नहुने, लघु जलविद्युत आयोजना पुनस्र्थापना नीतिअनुसार नेपाल ग्रामीण ऊर्जा तथा वातावरण कार्यक्रम (एनआरआरईपी)बाट अनुदान पाइने, विद्युत बाल्न पाइने जस्ता विषयमा उपभोक्तालाई सचेत गराएर उत्साहित बनाएको श्रेष्ठले बताए ।
नीतिअनुसार आयोजना पुनस्र्थापना गर्दा सिभिल कार्यक्रमका लागि प्रति किलोवाट १० हजारका दरले २ लाख रूपैयाँमा नबढाइ र इलेक्ट्रोनिक मेकानिकल पार्टमा प्रति किलोवाट ५० हजारका दरले १० लाख रुपैयाँमा नबढाइ लघु जलविद्युत आयोजनालाई अनुदान उपलब्ध गराउने ब्यवस्था छ । अनुदान लिन पुनस्र्थापना भएपछि आयोजनाले एनआरआरईपीसँग माग गर्नुपर्ने हुन्छ ।
यसअघि आयोजनाको कुलो भत्किएको, इएलसी बोर्ड र मेन स्वीचमा समस्या देखिएको कारण आयोजना बन्द भएको थियो । त्यसपछि २ सय ९५ घरले आयोजनाको तार र स्टिल पोल भाग लगाएर राष्ट्रिय प्रसारण लाइन बिस्तारमा समावेश गराएका थिए । त्यसैले आयोजनाको पोल र तार घटेको थियो । अब आयोजनाले प्राप्त गर्ने अनुदानको रकमले थप स्टिल पोल र तार खरिद गरेर उपभोक्ता बिस्तार गर्ने लक्ष्य राखिएको नवगठित आयोजना सञ्चालक समितिले जनाएको छ । 
स्थापनाकालमा ७८ लाख ७५ हजार रुपैयाँको लागतमा निर्मित आयोजना बन्द हँुदा झन्डै लाखौँको सम्पत्ति नष्ट हुने अवस्थामा पुगेको थियो । स्थापनाकालमा स्थानीय उपभोक्ताको धनीपुर्जा कृषि विकास बैङ्कमा धरौटी राखेर ऋण लिइ निर्माण गरिएको थियो । तर आयोजनाबाट भनेजस्तो आम्दानी नभएको तथा आयोजनामा खराबी आउँदा मर्मत गर्नसमेत नसकिएको कारण स्थानीयले धनीपूर्जा उकास्न सकेका थिएनन् । हाल निर्माणाधीन अपरमाई जलविद्युत आयोजनाले स्थानीयको मागअनुसार ऋण तिरेर धनीपुर्जा बैङ्कबाट उकासिदिएको थियो । हाल आयोजनाको कुनै ऋण छैन ।
यसैविच आयोजना सञ्चालनका लागि राजन राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिक्षा राई, कोषध्यक्षमा सरिता राई, सचिवमा सनबहादुर राई र सहसचिव यामबहादुर राई रहेका छन् । सदस्यहरुमा जीतबहादुर राई, सम्झना राई, यामवीर राई, कृष्णकुमार राई, शुशीला राई र सरस्वती राई रहेका छन् । त्यसैगरी मनबहादुर राई, उत्तरबहादुर राई, ईश्वरकुमार राई, बलविर राई र प्रेमबहादुर राई संलग्न सल्लाकार समिति पनि गठन गरिएको छ ।

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...