space for add
space for add

समाचार

मिक्लाजोङको मूल्य

गते ००:०० मा प्रकाशित

मिक्लाजोङको मूल्य

लवदेव ढुङ्गाना

इलाम – इलाम र पाँचथरको सीमा क्षेत्रम अवस्थित पाँचथरको लिम्बा र इलामको साकफारा गाविसको सिमानामा पर्ने मिक्लाजोङ पहाड यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय स्थल हो । इलाम, धनकुटा र मोरङ जिल्लासँग सिमाना जोडिएको मिक्लाजोङ पहाडबाट सूर्योदयको रमणीय दृश्य हेर्न विभिन्न जिल्लाका मानिस आउने गरेका छन् ।

मिक्लाजोङ क्षेत्रमा ऐतिहासिक तथा धार्मिक महत्व राख्ने पत्थरको तोप, गाईको थुन, विभिन्न देवी देवताको चित्र कुँदिएको झ्याल्टुङ थान, चमेरे गुफा, तीन चुले, त्रिशुले, शेष नागको शिलालगायत छन् । दुई हजार दुई सय ६८ मिटर उचाइमा रहेको मिक्लाजोङ क्षेत्रमा विभिन्न दुर्लभ जडिबुटीहरु पाइनुका साथै त्यहाँबाट पूर्वी नेपालका पहाडी र तराईका रमणीय फाँटहरु, दार्जिलिङ, सिक्किम, कालीम्पोङलगायतका स्थानहरुको अवलोकन गर्न सकिन्छ ।

यहाँबाट इलामको श्रीअन्तु र दार्जिलिङको भन्दा राम्रो सूर्याेदय र कञ्नजंघा, कुम्भकर्णको दृश्यावलोकन गर्न सकिने स्थानीय शिक्षक मेघराज घिमिरेले बताए ।

इलामको सदरमुकाम इलाम र पाँचथरको सदरमुकाम फिदिमबाट राँके–रवि बाटो भएर मिक्लाजोङ पुग्न सकिन्छ । धनकुटाको भेडेटारबाट राजारानी–६ नं बुधबारे–कम्पुटार हुँदै लेकगाउँसम्मलाई वैकल्पिक रुट बनाउन सकिन्छ ।

मोरङको कानेपोखरीदेखि लेटाङ हुँदै पाँचथर र धनकुटाको सिमावर्ती बजार भएर लिम्वा जोड्ने मोटरबाटो पनि निर्माण भईसकेको छ । यस क्षेत्रको प्रचार प्रसार र पुर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रुपमा विकास गर्न मिक्लाजोङ क्षेत्र पर्यटन विकास केन्द्रलगायतका संस्था क्रियाशिल छन् । मिक्लाजोङ डाँडामा भ्यू टावर पनि बनिरहेको छ । मोटर नपुगेको तीन किलोमिटरमा पदमार्ग बनाएर आसपासका जैविक विविधताको महत्व बढाउने सोचाइ स्थानीयको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...