समाचार

मनसुन च्याम्पेनसिप क्रिकेट प्रतियोगितको उपाधि गाइज इलेभेन क्लबलाई

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

फिक्कल, ५ जेठ – करफोक उच्च माविको खेलमैदानमा सञ्चालित मनसुन च्याम्पेन्सिप क्रिकेट प्रतियोगिताको उपाधि भद्रपुरको गाइज इलेभेन क्लबले हात पारेको छ । उपाधि सँगै गाइजले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बिजेता खेलाडीलाई ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा आयोजक आयाम युवा क्लब फिक्कललाई ४७ रनले पराजित गर्दै गाइजले उपाधिमाथि कब्जा जमाएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रेको गाइज इलेभेनले २० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो ।

कमजोर बलिङको फाइदा उठाउँदै गाइजले ब्याटिङलाई शक्तिशाली बनाएकोे थियो । जसमा नबिन अग्रवालले २५, किशोर लामाले २३, बसन्त शर्माले २१ रनको योगदान दिलाएका थिए । आयामका पुस्कर क्षेत्री, रोसन प्रधान र प्रबिन राजबंशीले २÷२ विकेट लिएका थिए । यता १ सय ७६ रनको चुनौति पाएको आयामले गाइजको तिब्र र कडा बलिङका कारण १५ ओभरमै सबै विकेट गुमाएर १ सय २८ रनमै सीमित बन्नु परेको थियो ।

उपबिजेता आयामलाई नगद १० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रममा विजेता तथा उपबिजेता टिमलाई इलामका स्थानीय विकास अधिकारी सुमन घिमिरे, झापा क्रिकेट संघका सदस्य अजय शाहिवा र करफोक उमाविका केदार चिमोरियाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रतियोगितामा म्याद अफ दी म्याच गाइजका नबिन अग्रवाल तथा म्यान अफ दि सिरिज आयामका रामप्रसाद घिमिरे घोषित भए । दुई हप्ताअघि शुरू भएको प्रतियोगितामा इलाम र झापाका आठ टिमको सहभागिता रहेको थियो ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...