समाचार

गायन प्रतिभाको उपाधि सुजन शंकरलाई

गते ००:०० मा प्रकाशित

भीमकुमार बाँस्कोटा
पाँचथर, १४ बैशाख ः
जिल्ला शिक्षा कार्यालय पाँचथरको आयोजनामा सञ्चालन भएको माध्यमिक स्तरीय गायन प्रतिभाको खोजी कार्यक्रम मङ्गलबार पाँचथर सदरमकाम फिदिममा सम्पन्न भएको छ ।
माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभालाई माथि उठाउने उद्देस्यले जिल्ला शिक्षा कार्यालय पाँचथरले इतिहासमै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
गायन प्रतिभाको खोजी कार्यक्रममा पाँचथर जिल्लाका विभिन्न विद्यालयमा अध्ययरत १३ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमध्ये विद्याबरदान बोडिङ्गका विद्यार्थी सुजन शंकरले ‘आफ्नो मान्छे आफ्नै हुन्छ जसो गरेनी’ भन्ने गितको बोलको गीत गाएर बाकीँ १२ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरे । त्यस्तै फिदिम उच्च माविमा कक्षा ८ मा अध्ययनरत कुशल राईले ‘विछोड पछिको सम्झनाले किन सताउँछ’ र निलकण्ठ बोडिङ्गकी कक्षा ५ मा अध्ययरत रूमिशा कँडेलले ‘चोरेर लग्यौ’ भन्ने गीतको बोलमा गाएर क्रमस दोस्रो र तेस्रो स्थान हासिल गरे । प्रथम , द्वितीय र तीितयले क्रमश २४३ , २३० र २२६ अङ्क प्राप्त गरेका थिए भने प्रथम द्वितीय र तृतीयलाई प्रमाणपत्र सहित क्रमश ३ हजार , २ हजार र एक हजार पुरस्कार प्रदान गरिएको थियो ।
शिक्षा कार्यालयका अनुसार पछिल्लो समयमा शिक्षा मन्त्रालयको नीतिअनुसार मध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुमा भएको गायन प्रतिभालाई खोजी गर्ने उद्देस्यले जिल्ला, क्षेत्र , अञ्चल र केन्द्रसम्म यस्ता कार्यक्रम सञ्चालन गर्दै लैजाने भएको छ । कार्यक्रम निमित्त स्थानीय विकास अधिकारी भानुभक्त बरालको प्रमुख आतिथ्यता र जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोपचनको अध्यक्षतामा सम्पन्न भएको थियो । 


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...