समाचार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

गते ००:०० मा प्रकाशित

रोहितचन्द्र भट्टराई

इलाम, ३ जेठ – आगामी जेठ १८ गतेदेखि तीनदिनसम्म इलाम सदरमुकाममा माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र जिल्ला शिक्षा कार्यालयको संयोजनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा जिल्लाभरका माध्यमिक विद्यालयहरूलाई सहभागी गराउन पत्राचार गरिएको खेलकुद विकास समितिका सदस्यसमेत रहेका शिक्षा कार्यालयका उपसचिव गेहेन्द्र दाहालले बताए । दाहालले भने, ‘६० वटा विद्यालयलाई स्रोतकेन्द्रमार्पmत पत्रचार गरिएको छ । यो प्रतियोगितामा सामुदायिक र संस्थागत दुवैखाले विद्यालयलाई सहभागी गराइनेछ ।’

प्रतियोगितामा एथ्लेटिक्सको छात्रातर्पm एकसय, दुईसय, चारसय, १५ सय र तीनहजार मिटर दौड तथा ४ गुणा १०० मिटर रिले तथा छात्रतर्पm एकसय, दुईसय, चारसय, १५ सय र पाँचहजार मिटर दौड तथा ४ गुणा १०० मिटर रिले प्रतियोगिता सञ्चालन हुने समितिकी कार्यालयसचिव अमृता घिमिरेले जानकारी दिइन् । घिमिरेका अनुसार फिल्डमा छात्रतर्पm हाईजम्प, लङजम्प, ज्याब्लिङ थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्डका प्रतियोगिता हुनेछन् भने छात्रातर्पm हाईजम्प, लङजम्प, ज्याब्लिङ थ्रो ६०० ग्राम र सटपुट ७ पाउण्डका प्रतियोगिता हुनेछन् ।

यीबाहेक राष्ट्रिय नियमानुसारको छात्र र छात्रातर्पm छुट्टाछुट्टै भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने समितिले जनाएको छ । उल्लेखित खेलमा बढी प्रतियोगिता बिजेता विद्यालयमध्ये प्रथम हुनेलाई सात हजार, द्वितीय हुनेलाई पाँचहजार र तृतीय हुनेलाई तीनहजार नगद पुरस्कार प्रदान गरिने र खेलाडी विद्यार्थीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने उपसचिव दाहालले जानकारी दिए ।

प्रतियोगितामा बिजेता खेलाडीलाई राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगितामा सहभागी गराइने पनि कार्यालयसचिव घिमिरेले बताइन् । उनका अनुसार जिल्लास्तरीय प्रतियोगितामा भाग लिँदा आतेजाते र प्रतियोगिताभर सदरमुकाममा बसेको खर्च विद्यालयले नै ब्यहोर्नु पर्छ भने क्षेत्रीय प्रतियोगितामा जाने खेलाडीलाई चाहिँ खेलकुद विकास समितिले खर्च ब्यहोर्नेछ । प्राप्त जानकारी अनुसार जिल्लास्तरीय प्रतियोगिता सञ्चालनका लागि समितिमा खेलकुद मन्त्रालयबाट दुईलाख रूपैयाँ बजेट प्राप्त भएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...