समाचार

मङ्गलबारेमा रोपाइँ जात्रा

गते ००:०० मा प्रकाशित

 

 
मङ्गलबारेमा यस वर्षो रोपाइँ जात्रा बुधबार पर््रदर्शन गरिएको छ । भानुभक्त उच्च माविले आयोजना गरेको जात्राको उद्घाटन विद्यालयका प्रअ प्रकाशचन्द्र खनालले गरेका थिए ।
 
विगत वर्षरुमा जस्तै यसपालि पनि  जात्रामा मारुनी नाँच, मुङग्रे नाँच, लाखे नाच, देखाइएको थियो भने विगतमा देखाइँदै आएको नौमती बाजा भने यसपालि विविध कारणले गर्दा देखाउन नसकेको आयोजकले बताएको छ । जात्राले बजारका विभिन्न भागमा परिक्रमा गरेको थियो । जात्रामा विद्यार्थीहरको सहभागितामा कमी भएकोले केही कमजोरीसमेत भएको आयोजकले बताएको छ ।
 
जात्रामा आयोजकलाई विगत बर्षरु झैँ आर्थिक घाटा भएपनि सस्कृतिको संरक्षणका लागि जात्रा आयोजना गरिएको विद्यालयका प्रअ खनालले बताए । विद्यालयमा उक्त क्षेत्रमा विगत ५२ वर्षेखि रोपाइँ जात्रा मनाउँदै आएको छ ।

 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...