समाचार

सम्पूर्ण पक्ष जुटौँ

गते ००:०० मा प्रकाशित

इलाम जिल्लाको पछिल्लो तथ्याड्ढले औलो रोगीको सङ्ख्या न्यून देखाएको छ । जलवायु परिवर्तनसँगै वातावरणमा परेको प्रभावले जनस्वास्थ्यमा विविध प्रकारका समस्या प्रभाव जमाईरहेको बेला औलो भने इलाममा निर्मूल हुने लक्षण देखिनु सकारात्मक पक्ष हो । 
गत आर्थिक बर्षको दोस्रो चौमासिक सम्ममा दुईहजार ६ सय २५ जना सम्भावित औलौ रोगीको परिक्षणमा २५ जना रोगी भेटिएकोमा चालु आर्थिक बर्षमा घटेर १५ जनामा पीएफ र १० जनामा पीभी देखिएको छ । नेपाल सरकारले सन् २०१५ सम्ममा औलोबाट मृत्यु हुनेको सङ्ख्या शुन्य बनाउन र कालाज्वरको १० हजार रोगीमध्ये एकजनामा औलोे सीमित गर्ने कार्यक्रम थाल्नु र यस किसिमको तथ्याड्ढ आउनुले कार्यक्रमलाई सफलतामा पु¥याउन सक्ने लक्षण देखिएको छ । कार्यक्रमलाई सफल बनाउन किटजन्य रोग नियन्त्रणका लागि औषधी ब्यवस्था, स्वस्थ्यकर्मीको क्षमता अभिबृद्धि तालिम, किट अध्ययन केन्द्रको सर्भिलेन्स, औलो रोगीको पहिचान र उपचार तथा जनचेतनाजस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा लागु गर्न सके इलाममा औलो रोग निर्मूल पार्न सक्नु कुनै कठिन कार्य हुन सक्दैन ।
सरकारी यी कार्यक्रमका अतिरिक्त रोग नियन्त्रणका गर्नका लागि समुदायको भूमिका पनि झनै महत्वपूर्ण हुने हुँदा समुदायका विभिन्न पक्षले पनि आ–आफ्नो ठाउँबाट प्रयास जारी राखे रोग निर्मूल गर्न सहज हुनेछ । त्यसैले औलो रोग नियन्त्रणमा भईरहेको प्रयास र सफलतालाई इलामबासीले सकारात्मक रूपमा लिई आफै सचेत बने औलो रोगलाई इलामबाट भगाउन सफल हुनेछौँ । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...