space for add
space for add

समाचार

पशुपतिनगरमा अध्यागमन कार्यालय खोलिने

गते ००:०० मा प्रकाशित

 

 
 
 
रोहितचन्द्र भट्टर्राई
इलाम, २६ असार ः भारतीय सीमा क्षेत्रमा अवस्थित इलामको पशुपतिनगरमा नेपाल सरकारले अध्यागमन नियन्त्रण बिन्दु -इम्रि्रेसन चेक प्वाइण्ट) स्थापना गर्ने भएको छ । गृह मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापनाका लागि भारतसँग सैद्धान्तिक सहमति भइसकेको जनाइएको छ ।
विज्ञप्तिअनुसार उक्त सहमतिपछि अब संगठन र ब्यवस्थापन र्सर्भेक्षण लगायतका केही प्रक्रियाहरु पूरा गरेर मन्त्रिपरिषद्ले निर्ण्र्ाागरेपछि पशुपतिनगरमा अध्यागमन कार्यालय खुल्नेछ । अध्यागमन ऐन, २०४९ ले अध्यागमन निकायको कार्य बिदेशीहरुको नेपाल आगमन, उपस्थिति र प्रस्थानलाई नियमन गर्ने तथा नेपालीहरुको आवागमनलाई ब्यवस्थापन गर्ने उल्लेख गरेको र इलामलाई पर्यटकीय जिल्लाको रुपमा विकसित गरिँदै गरेको अवस्थामा इलामेलीले माग गरेपछि कार्यालय खोल्न पहल थालिएको हो । 
अध्यागमन कार्यालयले आप\\mनो कार्य प्रारम्भ गर्न दुवै देशतर्फ अध्यागमन स्थापना हुनुपर्ने भएकोले पहिले दर्ुइ देशबीच सहमति हुनुपर्ने हुन्छ । त्यसैले यसअघि जुन १ अर्थात जेठ १८ गते काठमाण्डौमा सम्पन्न भएको नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा पशुपतिनगर र लुम्बिनीमा अध्यागमन नियन्त्रण बिन्दुहरु स्थापना गर्न प्रस्ताव भएर सैद्धान्तिक सहमति भएको थियो । उक्त बैठकमा सीमावर्ती क्षेत्रमा दुवै देशका जनताले ब्यहोरिरहेका स्थानीय तहका समस्याहरुको तत्काल निराकरण गर्न दुवै देशका स्थानीय प्रशासन तथा सुरक्षा निकायका पदाधिकारीहरुलाई समकक्षी सर्म्पर्क अधिकृतका रुपमा कार्य गर्नेगरी सूचना आदानप्रदान गर्ने प्रणाली अपनाउने र सीमावर्ती जिल्ला समन्वय समिति -बीडीसीसी) को बैठक नियमित रुपमा आयोजना गर्ने समझदारी पनि भएको छ ।
पशुपतिनगरमा अध्यागमन कार्यालय खुलेपछि तेस्रो मुलुकका नागरिक -बिदेशी पर्यटक) पशुपतिनगरको बाटो नेपाल भित्रिन र भारततिर प्रवेश गर्न बाटो खुल्नेछ । यसले इलामको पर्यटन विकासमा मुख्य भूमिका निभाउने भएकाले यसअघिदेखि नै पशुपतिनगरमा अध्यागमन निकाय स्थापनाको लागि स्थानीयस्तरदेखि नै माग हुँदै आएको थियो ।
 

यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...