समाचार

राष्ट्रपति रनिङ शिल्ड खेलकुद

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता

पाँचथर, ३१ बैसाख-राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम फिदिममा सम्पन्न भयो । जिल्लाभरका १४ विद्यालयले भाग लिएको प्रतियोगितामा विभिन्न ईभेन्ट्समा उत्कृष्ठ नया“ नमुना माविले राष्ट्रपति रनिङ शिल्ड प्राप्त गरेको छ । दुई दिनसम्म सञ्चालित प्रतियोगितामा पुरुष र महिलातर्फ एथलेटिकस, भलिबल, दौड, हाइजम्प, लङजम्पलगायतका खेल भएका थिए । भलिबल प्रतियोगितामा छात्रतर्फ १३ टिमले भाग लिएकोमा सत्यहाङमा मावि इम्बुङ फाइनलमा विजेता बनेको छ । उसले नमुना माविलाई २५–२३, २५–१९ र २८–२६ ले हराएको थियो । त्यस्तै छात्रा भलिबलमा फिदिम माविलाई २५–१५ र २५–१८ अन्तरले हराएर भगवती मावि सिवा विजयी भएको छ । छात्रबीच भएको पा“च हजार मिटरको दौड नमुनाका मनुप सुब्बाले जिते । तीन हजार मिटरको छात्रातर्फ इथुङ उच्चमाविकी विष्णु सुनार प्रथम भइन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...