समाचार

सहकारीका सदस्यलाई च्याउ खेती तालिम

गते ००:०० मा प्रकाशित

मेनुका भट्टराई

इलाम, ३१ बैशाख – इलाममा च्याउ खेतीसम्बन्धी सातदिने तालिम आइतबार सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा सम्पन्न तालिममा महिला पशुपति कृषि तथा बहुउद्धेश्यीय सहकारी संस्थाका ३० जना महिलाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्ल र प्राविधिकहरूले गरेका थिए । महिलाको सीप विकास गरी आय आर्जनमा सहयोग गर्न तालिम सञ्चालन गरिएको महिला विकास अधिकृत निर्जला चुँडालले बताइन् ।

तालिममा सहभागी महिलालाई च्याउ खेती शुरू गर्न सहयोगका लागि तीन÷तीन हजार अनुदान र च्याउको वीऊ समेत वितरण गरिएको अधिकृत चुँडालले बताइन् ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...