समाचार

एनसीडीसी र आरआरईएससीको सक्रियतामा ९२ वटा पेल्ट्रिक सेट

गते ००:०० मा प्रकाशित

रोहितचन्द्र भट्टराई

इलाम, ३१ बैशाख – नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडीसी) इलाम र क्षेत्रीय नवीकरणीय ऊर्जा सेवा केन्द्र (आरआरईएससी) को समन्वय र नेपाल सरकारको अनुदानमा पूर्वाञ्चलका सातवटा पहाडि जिल्लामा बिगत एक दशकमा ९२ वटा पेल्ट्रिक सेट योजना बनिएका छन् । ती पेल्ट्रिक सेटबाट जम्मा २५३ दशमलब ५० किलोवाट विद्युत उत्पादन भई सात जिल्लाका दुई हजार ६६९ घर परिवारले उपभोग गरिरहेका छन् ।

२०५९ सालको शुरूदेखि २०६८ सालको अन्त्यसम्ममा ती योजना सम्पन्न भएको एनसीडीसीका प्रमुख कार्यकारी अधिकृत हिराकाजी घलेले जानकारी दिए । घलेका अनुसार सातवटा जिल्लामध्ये सबैभन्दा बढी इलाममा ६१ वटा योजना सम्पन्न भएका हुन् । तेह«थुममा ११ वटा, पाँचथरमा ८ वटा, भोजपुरमा ६ वटा, ताप्लेजुङमा ५ वटा र धनकुटामा एउटा योजना सम्पन्न भएका छन् । आरआरईएससीका क्षेत्रीय संयोजक घनेन्द्र भण्डारीका अनुसार ती पेल्ट्रिक सेट योजना निर्माण गर्न स्थानीय समुदायको दुई करोड ७१ लाख ३५ हजार १३० रूपैयाँ र सरकारी अनुदान एक करोड ९७ लाख ९२ हजार ३२५ रूपैयाँसहित जम्मा चार करोड ६९ लाख २७ हजार ४५५ रूपैयाँ लगानी गरिएको छ ।

सरकारी अनुदान उपलब्ध गराउने र प्राविधिक सहयोग एनसीडीसी तथा आरआरईएससीले गरेको एनसीडीसीका कार्यक्रम अधिकृत शिवलाल कार्कीले जनाए । कार्कीका अनुसार योजनाहरूबाट प्रतियोजना एकदेखि पाँच किलोवाटसम्म विद्युत उत्पादन भएको छ ।

उनले इलाममा निर्माण भएका ६१ मध्ये सबैभन्दा बढी गजुरमुखी गाविसमा १२ र इभाङ गाविसमा १० वटा योजना सम्पन्न भएको जानकारी दिए । त्यसैगरी जमुना गाविसमा ७, माईमझुवामा ६, फाकफोकमा ५, साकफारा र आमचोकमा ४÷४, जीतपुर र सोयाङमा ३÷३, सुलुबुङमा २ वटा तथा लुम्दे, चमैता, नयाँबजार, पूmएतप्पा र पुवामझुवा गाविसमा १÷१ वटा योजना निर्माण सम्पन्न भएका छन् ।

सम्पन्न योजनाहरूमा प्रविधि जडान कार्य ग्रामीण र बैकल्पिक ऊर्जा सेवा केन्द्र, कृष्ण गृल, काठमाण्डौ मेटल इण्डस्ट्रिज एण्ड हाइड्रोपावर, गौतम इञ्जिनियरिङ इण्डस्ट्रिज तथा सिंहबाहिनी इञ्जिनियरिङ वक्र्सले गरेको पनि एनसीडीसीले जनाएको छ ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...