समाचार

नवप्रतिभाको साधारणसभा

गते ००:०० मा प्रकाशित

साङ्गरूम्वा, १३ बैशाख (सस) ः साङ्गरूम्वा ६ स्थित नवप्रतिभा युवा समूहको साधारण सभा बुधबार सम्पन्न भएको छ । टि. बी. लिङ्गदमको सभापतित्वमा सम्पन्न सो सभामा रू ९१४०९ बराबरको आयब्यय बिवरण प्रस्तुत भएको थियो । सोही सभाले समूहका लागि बलराम राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः बन्दना राई, कल्पना राई, धनप्रसाद जबेगु र टि. बी. लिङ्गदमलाई चयन गरेको स्थानीय सरोज कटुवालले जानकारी दिएका छन् । 


यसमा तपाईको मत



सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...