समाचार

सुलुबुङमा जडिबुटी बजारीकरण र सहकारी शिक्षा सम्बन्धी कार्याशाला

गते ००:०० मा प्रकाशित

सन्दकपुर संवाददाता इलाम, ३० वैशाख ।   इलामको सुलुबुङमा एकदिने जडिबुटी बजारीकरण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिल्ला वनस्पति कार्यालय इलामको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । २५ जडिबुटी सम्बन्धी सरोकारवाहरुको सहभागिता रहेको कार्याशालालाई सिंहबाहिनी इलाका वन कार्यालयका प्रमुख रामस्वार्थ शाह, जिल्ला वनस्पति कार्यालयका प्रमुख रघुराम पराजुली र जडिबुटी संस्थाका दिपक लुङ्गेलीले जडिबुटीको महत्व, यसको बजारीकरण लगायतका बिषयमा जानकारी गराएका थिए । यस्तै सुलुबुङ्ग गाविसमै सहकारी शिक्षा सम्बन्धी दुईदिने तालिम पनि बिहीबार सकिएको छ । महिला सुनाखरी संस्था सुलुबुङ्गको आयोजना भएकोृ तालिममा सोही गाविसका २८ जना महिलाहरुको सहभागिता रहेको थियो । गाविसको सहयोगमा भएको तालिमलाई जुनतारा सामुदायिक विकास केन्द्रका लिला थापाले सहजीकरण गरेका थिए ।


यसमा तपाईको मत



space for add

सम्बन्धित सामाग्री

फेसबुक

जनमत

Loading...