इलामका पर्यटकीय स्थानहरु

  • अन्तुडाडामा सूर्योदय हेर्नेको भीड
    अन्तुडाडामा सूर्योदय हेर्नेको भीड

    सन्दकपुर संवाददाता श्रीअन्तु, ९ कात्तिक : बर्षाद् सकिएर सुख्खा मौसम सुरु भएसँगसँगै श्रीअन्तु र समाल्बुङ गाविसमा अवस्थित अन्तुडाँडाबाट सूर्योदय हेर्न आउने पर्यटकको भीड बढ्न थालेको छ । बितेको दशैँ सकिए लगत्तै घाम लाग्ने र आकाश खुलेपछि डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेपछि पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढेको हो । नेपालकै सबैभन्दा पूर्वमा पर्ने अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै

    Detail
  • इलाममा पर्यटक आगमन घट्यो

    सन्दकपुर संवाददाता इलाम, २६ भदौ : पर्यटन विकास तथा बिस्तारका लागि बर्षेनी लगानी वृद्धि गरेपनि जिल्लामा पर्यटक आगमनमा भने कमी देखिएको छ ।  जोरकलसस्थित पर्यटन सूचना केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ को तुलनामा गत आर्थिक वर्ष २०७२÷०७३ मा इलाम भित्रिने पर्यटकको सङ्ख्यामा कमी देखिएको हो । अघिल्लो वर्ष १६ हजार ८०० पर्यटक इलाम जिल्ला भित्रिएकोमा  गत बर्ष १४ हजार ८४० जना पर्यटक

    Detail
  • हाँस पोखरीको पुनः निर्माण शुरु
    हाँस पोखरीको पुनः निर्माण शुरु

    गणेश अर्याल कोल्बुङ, १७ चैत्र । इलामको पर्यटकीय स्थल कोल्बुङमा रहेको हाँसपोखरीको पुननिर्माण कार्य सुरु भएको छ । हाँसपोखरी सिद्धदेवी संरक्षण संस्थाले मेची पहाडी पर्यटन विकास समितिको सहयोगमा पोखरीको पुननिर्माण कार्य भइरहेको हो । यस अघि पनि पुननिर्माण गरिएको पोखरीमा पानी नअडिएपछि पुनः निर्माण थालिएको निर्माण समितिका सदस्य योगश चाम्लिङले बताए । पोखरीको तल्लो सतहमा चिम्टाइलो माटो लगाएर रोलरले माटो थिचेपछि

    Detail
  • अब्यवस्थित बन्दै कन्याम
    अब्यवस्थित बन्दै कन्याम

    इलाम, १९ मङ्सिर (सस)–इलामको प्रमुख पर्यटकीय स्थलको रुपमा परिचित तथा इलाममै सबैभन्दा बढी पर्यटकको घुइँचो लाग्ने सूर्योदय नगरपालिकास्थित कन्याम चियाबगान क्षेत्र दिनदिनै अब्यवस्थित बन्दै गएको छ । कन्याममा पर्यटकीय स्थल तथा वनभोजस्थलको ब्यवस्थापन हुन नसक्दा दैनिक आउने पर्यटकले सास्ती ब्यहोर्न थालेका छन् ।   वनभोज स्थल नहुनु, खानेपानीको अभाव हुनु, सवारीसाधन पार्किङस्थल नहुनु, सार्वजनिक शौचालय नहुनु तथा फोहोर ब्यवस्थापनको काम नहुनुले कन्यामको

    Detail
  • सुन्दर कन्यामको चुनौतिको पाटो (फोटो फिचर)
    सुन्दर कन्यामको चुनौतिको पाटो (फोटो फिचर)

    सुर्यदय नगरपालिकाको चर्चित पर्यटकिय तथा बनभोज स्थल कन्याममा फोहोर व्यावस्थापन र पार्किङको व्यावस्था नहुँदा दिनानुदिन समस्या बढ्दै गएको स्थानियको गुनासो छ । बनभोज खानका लागि आउनेलाई पानिको असुविधा रहेको छ । सुर्यदय नगरपालिकाले समयमै उचित कदम नचालने हो भने सुन्दर कन्याम कुरुप हुन धेरै समय लागने छैन ।                

    Detail
  • भ्यू–टावर निर्माण नहुदा अन्तुडाँडाबाट सुर्योदय देखिएन

    रुखले पनि छेक्यो दृष्य श्रीअन्तु ३१ असोज । भनिन्छ सुर्यलाई हत्केलाले छेक्न सक्दैन । तर सुर्योदय हेर्नका लागि विख्यात इलामको श्रीअन्तु डाँडामा सुर्य उदाउने दृष्यलाई यहाँ बढ्दै गएका रुखले छेक्न थालेको छ । डाँडा वरीपरी रुख झाँगिदैछन् यो बाहेक डाँडामा भ्यू–टावरको पुनःनिर्माणमा ढिलाई हुँदा सुर्योदयका लागि आउने पर्यटक पनि सुर्योदयको मनमोहक दृष्य कैद गर्नबाट वञ्चित हुने गरेका छन् ।

    Detail
  • इलामको माईपोखरीमा पानीको सतह बढ्यो (फोटो फिचर)
    इलामको माईपोखरीमा पानीको सतह बढ्यो (फोटो फिचर)

    रोहितचन्द्र भट्टराई माईपोखरी, २९ भदौ : दुई वर्षयता पानीको सतह कम हुँदै गएको भएपनि इलामको प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल तथा विश्व रामसार सूचीमा सुचिकृत माईपोखरीमा दुई महिनायता पानीको सतह ह्वात्तै बढेको छ । दिनहुँ दुई चार इञ्चसम्म पानीको सतह बढ्दै गएको माईपोखरीमा दुई महिनामा चार फिटजति पानीको सतह बढिसकेको स्थानीय बासिन्दाले बताएका छन् । त्यहाँ पुग्ने आन्तरिक पर्यटकले पनि पानीको सतह बढेर

    Detail
  • सलकपुरको शान

    सन्दकपुर संवाददाता इलाम, २६ पुष- सुन्तलाको बगानमा अलैँची टनाटन फल्छ भन्दा आश्चार्य लाग्न सक्छ । लेकाली चिस्यान माटोमा हुने अलैँची र अहुल क्षेत्रमा हुने सुन्तला खेती स“गस“गै गरेर इलामको जिर्मले गाविसका बासिन्दाले गतिलो नमूना पेश गरेका छन् ।  सुन्तला धेरै फल्ने भएकाले ‘गोल्डेन भ्याली’ उपनाम कमाएको जिर्मलेको सलकपुरबासीले गरेको खेती प्रणाली अनुशरण गर्न लायक छ । त्यहा“ फस्टाएको सुन्तला र अलैँची

    Detail
  • पशुपतिनगरमा अध्यागमन कार्यालय खोलिने

            रोहितचन्द्र भट्टर्राई इलाम, २६ असार ः भारतीय सीमा क्षेत्रमा अवस्थित इलामको पशुपतिनगरमा नेपाल सरकारले अध्यागमन नियन्त्रण बिन्दु -इम्रि्रेसन चेक प्वाइण्ट) स्थापना गर्ने भएको छ । गृह मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापनाका लागि भारतसँग सैद्धान्तिक सहमति भइसकेको जनाइएको छ । विज्ञप्तिअनुसार उक्त सहमतिपछि अब संगठन र ब्यवस्थापन र्सर्भेक्षण लगायतका केही प्रक्रियाहरु पूरा गरेर मन्त्रिपरिषद्ले निर्ण्र्ाागरेपछि पशुपतिनगरमा अध्यागमन कार्यालय

    Detail
  • वनभोज गन्तब्य बन्दै कन्याम

    रोहितचन्द्र भट्टराई कन्याम, २५ मङ्सिर ः हरेक वर्ष हिउँदयाम लागेपछि वनभोज खान आउनेको भीड लाग्ने गरेको कन्यामको हुर्हुरे चिया बगानमा यसपाली पनि चहलपहल बढ्दै गएको छ । दैनिक १५ देखि ५० वटा समूहले वनभोज कार्यक्रम लिएर आउने हुर्हुरेको वातावरण हरेक दिन ब्यस्त र स्थानीय बासिन्दाको दैनिकी बन्दै गएको छ । वनभोज कार्यक्रमसँगै फुटपाथमा पसल गर्दै आएका, पानी बोक्ने, घोडा ब्यवसायमा लागेका

    Detail
  • सलकपुर सुन्तला महोत्सव हुने

     सुन्तलाको टिपाइ हुने एक महिना अगावै जिर्मलेस्थित सलकपुरका अधिकांश बगान बिक्री हुन थालिसकेका छन् । जिर्मले १,२,३ का अधिकांश किसानहरुको मुख्य आम्दानीको रुपमा रहेको सुन्तला खेतीबाट किसानहरुले अधिकतम प्रतिबगान तीन लाख १० हजारसम्ममा स्थानीय ब्यापारीले गाउँम्ौ किन्ने गरेको स्थानीय शमशेर र्राईले बताए ।  इलामकै उत्कृष्ट सुन्तला उत्पादनको क्षेत्र मानिएको सलकपुरबासीले अतिरिक्त आम्दानी लिन मङ्सिर १७ बाट २२ सम्म सलकपुर सुन्तला महोत्सव

    Detail
  • मिक्लाजोङको मूल्य
    मिक्लाजोङको मूल्य

    लवदेव ढुङ्गाना इलाम – इलाम र पाँचथरको सीमा क्षेत्रम अवस्थित पाँचथरको लिम्बा र इलामको साकफारा गाविसको सिमानामा पर्ने मिक्लाजोङ पहाड यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय स्थल हो । इलाम, धनकुटा र मोरङ जिल्लासँग सिमाना जोडिएको मिक्लाजोङ पहाडबाट सूर्योदयको रमणीय दृश्य हेर्न विभिन्न जिल्लाका मानिस आउने गरेका छन् । मिक्लाजोङ क्षेत्रमा ऐतिहासिक तथा धार्मिक महत्व राख्ने पत्थरको तोप, गाईको थुन, विभिन्न देवी देवताको

    Detail
  • सूर्योदय र सूर्यास्तका लागि सिद्धिथुम्का

     सिद्धिथुम्का इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा अवस्थित रहेको छ । समुद्र सतहबाट १६९३ मिटरको उचाईमा अवस्थित सिद्धिथुम्का चुली सूर्योदय र सूर्यास्त दृश्यावलोकन तथा धार्मिक आस्थाको दृष्टिले प्रसिद्ध रहेको छ । यसबाहेक अजम्बरे डाँडा (जीतपुर र सिद्धिथुम्काको सिमाना), खान्द्रुङ गुफा (देवी ढाँड), नामथला, फुलबारी, पोखरीगाउँ, पङ्खेलुङ झर्ना, रातोपानी, फाल्गुनन्द माङ्हिम (मन्दिर), सिंहदेवीस्थान, जलकन्यादेवी (सोयाक) लगायतका आकर्षक पर्यटकीय गन्तब्यहरू

    Detail
  • अन्तुले बनायो सूर्योदयको जिल्ला

     इलामका पूर्वी सीमान्त गाविसहरू श्रीअन्तु र समाल्बुङमा पैmलिएर रहेको अन्तु पर्यटकीय क्षेत्र नेपालका चर्चित पर्यटकीय गन्तब्यहरूमध्येमा पर्दछ । यस भेगमा ग्रामीण पर्यटनको होमस्टे प्रणाली अन्तुबाटै शुरू भएको मानिन्छ । सूर्योदयको दृश्यावलोकन, अन्तुपोखरी, लाप्चा संस्कृति र ग्रामीण जनजीवनको अवलोकन, सुनगाभा पूmलखेती आदि यहाँको मुख्य आकर्षणहरू रहेका छन् । कात्र्तिकदेखि पौषसम्म सूर्योदय अवलोकनका लागि उपयुक्त समय मानिन्छ । अन्तुडाँडाबाट कञ्चनजङ्घा हिमाल, भारतीय सीमावर्ती

    Detail
  • प्राकृतिक सुन्दरताको अनुपम दृश्य हेर्ने थलो छिन्टापु

     इलामका उत्कृष्ट पर्यटकीय गन्तब्यहरूमध्ये समुद्री सतहबाट करिब ३२०० मिटरको उचाइमा अवस्थित एउटा मनोरम स्थान, जैविक विविधता र प्राकृतिक सम्पदाहरूको बेजोड समायोजनको स्थल–प्रकृतिको उपहारका रुपमा पाँचथर र इलामको माईमझुवा गाविसको सीमा क्षेत्रमा अवस्थित छिन्तापुलाई लिइने गरिन्छ । फागुन, चैत र बैशाख महिनामा थरिथरिका गुराँसहरू फुलेर छिन्तापु क्षेत्रलाई नै रमणीय बनाउँछ । छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बतासले आगन्तुकहरूसँग लुकामारी खेल्दछ

    Detail
  • विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी
    विश्व रामसार सूचीमा सूचीकृत माईपोखरी

    इलामको सदरमुकाम इलाम बजारबाट करिब १८ किलोमिटर उत्तरमा रहेको माईपोखरी नेपालकै एक आकर्षक पर्यटकीय गन्तब्य, धार्मिक आस्थाको केन्द्र र जैविक विविधताले धनी क्षेत्रका रूपमा रहेको छ । माईपोखरी क्षेत्र इलाम जिल्लाको पर्यटकीय पर्यायका रूपमा रहँदै आएको छ । यस क्षेत्रको प्रमुख आकर्षण माईपोखरीलाई सन् २००८ मा विश्व रामसार सूचीअन्तर्गत सूचिकृत गरी नेपालको नवौँ र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा

    Detail