space for add
space for add

कृषि

  • नाम्सालिङ्गमा पहिलो पटक बाली उपचार तथा माटो परीक्षण ।

    जिल्ला कृषि विकास कार्यालय इलामले नाम्सालिङ्गमा पहिलो पटक बाली उपचार तथा माटो परीक्षण गरिएको छ । स्थानीय ८६ जना कृषकको बारीको माटो परीक्षणका क्रममा माटोमा अम्लियपन -पि एच) तथा नाइट्रोजन, फोस्फोरस र पोटास कमी मात्रामा पाइएको छ । बाली उत्पादनका लागि माटोको अम्लियपन ६ देखि ७ हुनुपर्ने भएपनि ३ देखि ५ सम्ममात्र अम्लियपन पाइएको हो । यो तथ्य उत्पादनका

    Detail
  • लाप्चा समुदायमा च्याउ खेती लोकप्रिय

    सन्दकपुर संवाददाता इलाम, ९ जेठ – पूर्वी इलामका लाप्चा, लिम्बु र भुजेल समुदायका मानिस ‘कन्ने’ च्याउ खेतीतर्फ अग्रसर भएका छन् । कोलबुङ गाविस १ चिण्डे र हर्कटेमा च्याउको व्यवसायिक उत्पादन भइरहेको छ । लोपोन्मुख लाप्चा समुदायका घरमा आजकल च्याउ खेती घरैपिच्छे देख्न पाइन्छ । बजार र हावापानी अनुकुल भएकाले र छिट्टै आम्दानी लिन सकिने भएकाले च्याउ खेतीमा आकर्षण बढेको स्थानीय

    Detail
  • गाईलाई थुनेलोबाट बचाउन गोठ सुधार

    सन्दकपुर संवाददाता इलाम, ९ जेठ – कन्याम र पञ्चकन्याका किसान आफ्ना गाईबस्तुमा थुनेलो रोग देखा परेपछि गोठ सुधारमा लागेका छन् । गाई गोठ सफा राख्ने क्रम शुरू भएपछि गोठे मल सुधार पनि थालिएको छ । किसानको यो अभियानले इलाममा बिस्तारै अग्र्यानिक खेतीमा सघाउ पुग्दै गएको छ । जिल्ला पशु सेवा कार्यालय इलामले गाईबस्तुमा थुनेलो रोग देखा परेपछि यो कार्यक्रमका लागि अनुदान

    Detail
  • इलाममा थप पाँचवटा सिँचाई आयोजना छनौट

    गणेश घिमिरे इलाम, जेठ ४ जिल्ला कृषि विकास कार्यालय इलामले जिल्लामा थप पाँचवटा सिँचाई आयोजना कृषक समूहमार्फत सञ्चालन गर्ने भएको छ ।कार्यालयले सञ्चालन गर्ने सिँचाई आयोजनाको सङ्ख्या अब इलाममा ३२ वटा पुगेको छ । जिल्लाका विभिन्न ग्रामीण भेगबाट कार्यालयमा गत कात्तिक महिनामा सिँचाई आयोजना सञ्चालनका लागि कृषक समूहबाट परेका निवेदनहरुको छनौट गर्दै पछिल्लो चरणमा पाँचवटा कृषक समूहहरु छनौट गर्दै

    Detail
  • सुलुबुङलाई उन्नत गाई र दूधको स्रोत केन्द्र बनाइने, कृषक उत्साहित

    रोहितचन्द्र भट्टराई सुलुबुङ, ४ जेठ – इलामको सुलुबुङ गाविसमा गतवर्ष स्थापना भएको शुभलाभ बृहत्तर गाईपालन ब्यवसाय प्रवर्धन समितिको स्थानीयस्तरमा गाईपालन ब्यवसायलाई सुदृढ गर्ने अभियानले स्थानीय गाईपालक कृषकलाई उत्साहित बनाएको छ । समितिको कार्यक्रमअन्तर्गत गाईको बीमा, च्यापकटरमा अनुदान र स्थानीयस्तरमै कृत्रिम गर्भाधान गराउने सुविधा दिएर दूध उत्पादन र उन्नत नश्लका बाछाबाछी बृद्धि भएपछि कृषक उत्साहित भएका हुन् । पछिल्लोपटक समितिले स्थानीय सयजना

    Detail
  • इभाङमा केरा रोप्ने सामूहिक अभियान

    सन्दकपुर संवाददाता इभाङ, १ जेठ – इभाङमा स्थापित नागरिक सचेतना केन्द्र (क्याक) ले सामूहिक केरा रोप्ने अभियान शुरु गरेको छ । इभाङ–८ स्थित सालघारी टोलमा स्थापित केन्द्रले स्थानीय खानेपानी मुहानको आसपासमा सामूहिक केरा रोप्ने अभियान शुरू गरेको हो । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्र्तगत सञ्चालन भईरहेको सामाजिक परिचालन कार्यक्रमका शिलशिलामा स्थापित केन्द्रले आफ्नो टोलमा यस्तो अभियान शुरू गरेको

    Detail
  • नामसालिङमा बाख्रा साटासाट कार्यक्रम

    सन्दकपुर संवाददाता नामसालिङ, १ जेठ – नामसालिङ ८ स्थित गड्डिमा बाख्रा साटासाट कार्यक्रम सम्पन्न गरिएको छ । इलाम जिल्ला पशु सेवा कार्यालयको उक्त कार्यक्रम अन्तर्गत गड्डि दोभान बाख्र्रा पालन समितिका पदाधिकारीबीच बाख्रा साटासाट गरिएको हो । पशु सेवा कार्यालयले गतसालबाट नामासालिङ गाविसमा शुरु गरेको समूहलाई बाख्रा वितरण कार्यक्रम अन्तर्गत समूहका पदाधिकारीबीच बाख्रा साटासाट कार्यक्रम सञ्चालन गरेको कार्यालयका प्राविधिक डिगबहादुर कार्कीले सन्दकपुरलाई

    Detail
  • सुलुबुङमा पशुपालन ब्यवस्थापन तालिम शुरु

    सन्दकपुर संवाददाता सुलुबुङ, १ जेठ – सुलुबुङमा पशुपालन ब्यवस्थापनसम्बन्धी दुइदिने तालिम सोमबार शुरू भएको छ । शुभलाभ बृहत्तर गाईपालल समितिको आयोजना तथा जिल्ला पशु सेवा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो । ५० जना पशुपालक कृषकको सहभागिता रहेको तालिममा कार्यालयका निमित्त प्रमुख पशु चिकित्सक कुमारसिंह खत्रीले सहजीकरण गरिरहेका छन् । तालिममा गोठ सुधार, नश्ल सुधार लगायतका बिषयमा जानकारी गराइँदै आएको आयोजक

    Detail
  • परिचयपत्र पाएपछि जडिबुटी किसान उत्साहित

    कमला थापा/इलाम बैशाख ३०: व्यावसायिक रूपमा जडिबुट्टी खेती गर्दे आएका इलामका उत्तरी क्षेत्रका किसानले आफूहरूले परिचयपत्र पाएपछि सहज भएको बताएका छन् । परिचयपत्र पाएका किसानले उत्पादन गरेको चिराइतो र मजिटो बिक्रीमा लाग्दै आएका विभिन्न किसिमका करबाट र निकासीको समस्याबाट मुक्त भएका छन् । जिल्ला वन कार्यालय इलामको

    Detail
  • ब्यवसायिक तरकारी खेती बढ्दै

    गणेश घिमिरे इलाम, २६ बैशाख ः पूर्वी इलामका अधिकांश कृषकहरू अहिले ब्यवसायिक तरकारी खेतीमा लागेपछि उनीहरूको आर्थिक जीवनस्तर पनि मजबुद बन्दै गएको छ । वैज्ञानिक प्रविधिबाट ब्यवसायिक तरकारी खेतीका लागि जिल्ला कृषि विकास कार्यालयले आवश्यक सहयोग उपलब्ध गराएपछि उनीहरू त्यसतर्फ आकषिर्त बन्दै गएका हुन् । तरकारी खेतिबाटै कृषकको जीवनशैलिमा पनि परिबर्तन आएको कृषकहरूले बताएका छन् । बिगत वर्षहरूमा परम्परागत तरकारी खेती

    Detail
  • चौरी गोठलाई सहयोग

    कमला थापा इलाम, २४ बैशाख ः इलामको जिल्ला पशुसेवा कार्यालयले व्यावसायिक रूपमा चौँरी पाल्दै आएका इलामको माईमझुवाका दश जना किसानलाई गोठका लागि पाल र औषधी वितरण गरेको छ । जिल्लाबाटै लोप हुन लागेको चौँरीपालन व्यावसायलाई अझ व्यावसायीकरण गराउने उद्देश्यले माईमझुवा ८ का चौँरी व्यावसायीहरूलाई पाल वितरण गरिएको हो । बर्षाद्को समय सुरु भएकोले गोठको सेवा सुविधाका लागि १०

    Detail
  • बालीनालीमा जङ्गली जनावरको बिगबिगी

    गणेश घिमिरे इलाम, २० बैशाख – जङ्गली जनवारले बालीनाली खाइदिने र नष्ट गर्ने थालेपछिे उत्तरी गाउँका किसान समस्यामा परेका छन् । पुवामझुवा, जमुना, जोगमाई, माबु, माईमझुवा लगायत गाउँमा बदेल, मृग, खरायो, दुम्सी, चितुवा जस्ता जनावारले पाक्न लागेको बाली सखाप पार्ने गरेकाले कृषकहरूले खेती घटाउनसमेत थालेका छन् । हुलबँधेल आउन एकै रातमा ठूलो मात्रामा आलु नष्ट गर्ने गरेको माइझुवाका चित्रवीर गुरुङले बताऐ । लेकाली क्षेत्रमा

    Detail
  • नामसालिङमा पशु स्वास्थ्य शिविर

    गगन घिमिरे नामसालिङ, १९ बैशाख – नामसालिङस्थित दीगो कृषि विकास उपभोक्ता समितिको आयोजना र जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा मङ्गलबार नामसालिङमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पशुको बन्ध्याकरण, कृत्रिम गर्भाधान, पीपीआर खोपसँगै उपचार सेवा प्रदान गरिएको थियो । शिविरमा दुई÷दुईवटा गाई र भैँसीलाई कृत्रिम गर्भाधान गराइएको, १४ वटा गोरू र २२ वटा बोकाको बन्ध्याकरण गरिएको, २५२

    Detail
  • कृषकको पहलमा बरबोटेमा अग्र्यानिक खेती, मन्त्री विष्टद्वारा अनुगमन
    कृषकको पहलमा बरबोटेमा अग्र्यानिक खेती, मन्त्री विष्टद्वारा अनुगमन

    रोहितचन्द्र भट्टराई इलाम, १९ बैशाख – पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले इलामको बरबोटे ९ मा रहेको अग्र्यानिक कृषि उत्पादनको मङ्गलबार अनुगमन गरेका छन् । सोमबार इलाम आइपुगेका मन्त्री विष्टसहित नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक सुभाष निरौला, मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिकी कार्यकारी निर्देशक सुदिक्षा कार्की बरबोटे पुगेका थिए । बरबोटेको अधिकारी गाउँमा होम स्टे (घरबास)सँगै सञ्चालन

    Detail
  • इलाम, कृषि पर्यटनको पहिलो आधारभूमि
    इलाम, कृषि पर्यटनको पहिलो आधारभूमि

    रोहितचन्द्र भट्टराई इलाम, १८ बैशाख – इलाममा सोमबार आयोजित इलाममा कृषि पर्यटन – सम्भावना र चुनौति विषयक कार्यक्रमलाई संवोधन गर्ने क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामलाई कृषि पर्यटनको पहिलो आधारको रूपमा अघि बढाउन अभियान थालेको जानकारी दिँदै इलामजस्तै अन्य जिल्लाले पनि कृषिमा विकास गर्नुपर्ने र इलामले थप पहल गर्नुपर्ने बताएका छन् ।

    Detail
  • अदुवामा किसानको लाखौँ रुकम डुब्यो

     गणेश घिमिरे, इलाम, १७ बैशाख - इलाममा सहकारी, समूह र व्यक्तिगत रूपले ठूलो मात्रामा ब्यवसायिक रूपमा अदुवा खेती सुरु गरेका किसानहरूको लाखाँै रुपैयाँ यतिखेर बालुवामा पानी हालेसरह बनेको छ । अदुवाले रूपैयाँ डुबाएपछि इलामका कृषकहरु अदुवा खेतीतर्फ निरुत्साहित बनेका छन् । निरन्तर घट्दो मूल्यका कारण उत्पादित अदुवा नबिकेपछि कृषकहरुमा अदुवा खेतीतर्फको मोह घटेको हो । अलैँचीपछि केही वर्ष अघिबाट जिल्लाको मुख्य नगदेबालीको

    Detail
  • जडिबुटी उत्पादन तथा संरक्षण संस्थामा पुनः राजबहादुर

     सुलुबुङ, १६ बैशाख (सस) – उच्च पहाडि जडिबुटी उत्पादक संरक्षण संस्थाको अध्यक्षमा पुनः राजबहादुर राई निर्वाचित भएका छन् । इलामको सुलुबुङमा भएको संस्थाको दशौँ साधारण सभा तथा अधिवेशनबाट राई पुनः अध्यक्षमा सर्बसम्मतबाट चयन भएका हुन् । उपाध्यक्षमा दिनेश सुबेदी, सचिवमा टिकाराम खतिवडा, सहसचिवमा मोहन सुबेदी र कोषाध्यक्षमा नर्बदा सुबेदी चयन भएका छन् । सदस्यहरूमा भोटेश्वर चौधरी, मुना बस्नेत, बुद्धमाया सुबेदि,

    Detail
  • प्रविधि सहयोग र उचित मूल्य नपाएपनि केरा खेती फस्टाउँदै

    विजयशेखर भट्टराई इलाम, १५ बैशाख ः इलामको दक्षिणी भेगमा प्रसस्त केराखेती भएपनि किसानले उचित मुल्य पाउन सकिरहेका छैनन् । केरा खेतीमा प्राविधिक सहयोग नपाउँदा किसानले परम्परागत रूपमै यो खेती धानेको बताएका छन् । तर पनि यहाँका किसानले ब्यापारीलाई घर घु¥यानबाटै चार रुपैयाँ दर्जन केरा बेचिरहेका छन् । इलामको दानाबारी, महमाई, चिसापानी, लोदिया, बरफल्याङ, मुसेखोला, कालीखोला लगायतका स्थानमा ब्यसवायिक रूपमै केरा खेती हुँदै

    Detail
  • इलाममा सुगन्धित बेसारको व्यवसायिक खेतीः प्रशोधन केन्द्र खोल्न किसानको माग

    सन्दकपुर संवाददाता  लाम, १३ बैशाख ः अदुवाले बजार पाउन छाडेपछि इलामको कन्यामस्थित टारगाउँका किसान उस्तै प्रकृतिको बेसार खेतीतर्फ आकर्षित भएका छन् । कन्याममा बिगत ५ वर्षयता किसानले नयाँ जातको बेसार खेती गरेर आय आर्जन गरिरहेका हुन् । स्थानीय अकवरे कृषि समूह गठन गरि २०५९ सालदेखि बेसार खेती शुरु गरेको किसान एवम् समुहका अध्यक्ष पदम गिरी बताउँछन् । गिरीका अनुसार अहिले त्यहाँका प्रत्येक

    Detail