space for add
space for add

कला/साहित्य

  • खाँदबारीमा रोपाँइ जात्रा धुमधामसंग मनाईयो(फोटो फिचर)
    खाँदबारीमा रोपाँइ जात्रा धुमधामसंग मनाईयो(फोटो फिचर)

    योगी योगेन्द्र/साउन-२८ संखुवासभा । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रोपाँइ हिले जात्रा धुमधामका  साथ मनाइएको छ। खास गरी यो जात्रा नेवार समुदायका मानिसले मनाउने पर्बको रुपमा चिनिन्छ । सदरमुकाम खाँदबारीमा जात्रा हेर्नेको अत्यधिक भीड रहेको थियो । जात्रा हेर्नको लागि गाउ-गाउ देखि एक दिनको पैदल हिडेर मानिसहरु खाँदबारीमा रोपाँइ जात्रा आएका थिए ।रोपाँइ जात्रामा युवाहरुले गोरु हलीलगायत भूमिकामा बजार परिक्रमा गर्नुका

    Detail
  • दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि आज गाईजात्रा मनाइँदै

    इलाम, २६ साउन : आज गाईजात्राका दिन वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाईजात्रा देशभरी मनाईरहेको छ ।    गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ । हिन्दुधर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक

    Detail
  • कालीध्वज गणमा रक्षाबन्धन

    इलाम, २५ साउन : रक्षावन्धनको अवसरमा आईतबार इलामस्थित ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले नेपाली सेनाको इलाम गडिथुम्कास्थित कालीध्वज गणमा रक्षाबन्धन लगाउने कार्यक्रम सञ्चालन गरेको छ । उक्त केन्द्रबाट आएका ब्रम्हकुमार तथा ब्रम्हकुमारीहरुले नेपाली सेनाको गणमा एक घण्टा प्रवचन कार्यक्रम गरेको थियो भने सो पश्चातमा गणमा रहेका सैनिकहरुलाई रक्षाबन्धन लगाईएको कालीध्वजका निम्त्ति गणपति सेनानी बद्रीबिक्रम कार्कीले जानकारी दिए । इलामको नेपाली सेनाको

    Detail
  • आदिवासी दिवस मनाइयो

    ताप्लेजुङ, २४ साउन (सस): ताप्लेजुङमा आज शनिबार २० औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘आदिवासी जनजातिहरूको अडान, पहिचानसहितको सङ्घीय संविधान’ भन्ने नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद ताप्लेजुङको आयोजनामा दिवस मनाइएको हो । दिवसको दिन शनिबार ताप्लेजुङमा विभिन्न जातीय साँस्कृतिक झाँकीसहित ¥याली र अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ । जनजाति महासंघको अगुवाई आयोजित

    Detail
  • आज जनै पूर्णिमा

    साउन २५ गतेः श्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमा भनिन्छ । वैदिक कालदेखि नै द्विजाति (जनै लगाउने संस्कार भएका)हरूका लागि यस दिनलाई आत्मशोधन गराउने पुण्य पर्वका रूपमा लिइन्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरूको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरू नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन प्रातकालमा नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार सङ्कल्पोच्चारणपूर्वक स्नान, सूर्य आराधना, प्राणायाम,

    Detail
  • आज नागपञ्चमी, घरघरमा नागपूजा
    आज नागपञ्चमी, घरघरमा नागपूजा

    इलाम, १६ साउन : आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीका दिन घरघरमा बिहानै उठेर स्नान गरी नाग पूजा गरी नाग पञ्चमी पर्व मनाइँदैछ । घरका मूल ढोकामाथि नागका तस्बिरहरू टाँसी विधिपूर्वक पूजा गर्ने चलन छ । हिन्दु संस्कार अनुसार दही, दुबो, लावा, फूल, चन्दन, अक्षता, नैवेध, धूप, दीपसहित पूजा गरी घरमा नागको तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय

    Detail
  • आज खीर खाने दिन

    इलाम, १५ साउन : नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदैछन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् । वर्षाको झरीमा भिजेले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको ज्योतिष डाक्टर सुनील सिटौलाले बताए । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव

    Detail
  • सपनीको मोडलिङ सपना
    सपनीको मोडलिङ सपना

    इलाम, १३ साउन : नेपालको पूर्वी जिल्ला इलाममा एफ एम स्थापना भएको एक दशक पुग्नै लाग्यो । दशक यता इलाममा धेरै रेडियो जक्की  (आरजे)हरू उदाए । ती मध्येकी एक हुन् सपनी राई । इलाम एफ एममा हप्ताको मंगलबार दिउँसो २ देखि ३ बजेसम्म क्षितिज पारी नामको कार्यक्रम प्रशारण हुन्छ । यो इलाम एफ एमको चर्चित कार्यक्रम हो । विदेशमा रहेको नेपालीहरूले आफ्ना

    Detail
  • धार्मिक स्थलको विरुवा चोरेर हैरानी
    धार्मिक स्थलको विरुवा चोरेर हैरानी

    सन्दकपुर संवाददाता इलाम ११ साउन –इलामको धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर आसपासमा वातावरण हरियो बनाउन रोपिएको धुपी सल्लाको बिरुवा भक्तजनले चोरेर हैरान पार्न थालेका छन । प्रत्येक वर्ष बृक्षारोपण गरेपनि बिरुवा हुर्कन नपाउदै भक्तजनले दर्जनौं बिरुवा उखेलेर लैजाने गरेको मन्दिरको पुजारी यदुनाथ घिमिरेले बताउँछन् ।  पुजारी घिमिरे भन्छन’् पाथीभरा मन्दिर संरक्षणका लागि धेरै पहल गरेर रोपेको धुर्पी सल्लाका विरुवा भत्तजनले नै

    Detail
  • कतारमा गायक रविन र्राईको गीत छायांकन
    कतारमा गायक रविन र्राईको गीत छायांकन

            कतारमा चलचित्र निर्देशन तथा विभिन्न गीतको निर्देशन गर्दै आइरहेका भविन्द्र तामाङ्गको निर्देशनमा गायक रविन र्राईले गाएको "कसले भन्छ आज जस्तो भोृली फेरी कहाँ हुन्छ" बोलको गीतको छायाँकन सकिएको छ ।   र्राई नविनको शव्द र सचिन सिंहको संगीत रहको यो गीतको छायांकन अलसमाल, कर्निच, भिलाजियो लगायतका सुन्दर स्थानहरु गरिएको थियो । कतारस्थित स्थानीय कलाकारहरु सिमा दाहाल, कमला लामा, रिना शर्ेपा, गुञ्जन माङ्गलाक

    Detail
  • नेपाली महिला समाजद्धारा लोकगायक र आधुनिक पप गायिकालाई स्वागत सम्मान
    नेपाली महिला समाजद्धारा लोकगायक र आधुनिक पप गायिकालाई स्वागत सम्मान

       नेपाली महिला समाजले नेपालबाट आएका लोकगायक मिलन लामा र  आधुनिक पप गायिका मिलन अमात्यलाई स्वागत सम्मान गरेको छ । ंंंं फिलिपिन्स फुटबल टिमसंग मैत्रीपर्ूण्ा खेल खेल्न आएका नेपाली राष्ट्रिय फुटबल टिम संगै आएका लोकगायक लामा तथा गायिका अमात्यलाई समाजका अध्यक्ष रेखा र्राई, कोषाध्यक्ष संगीता लामा र सहकोषाध्यक्ष सुष्मिता भुषाल किरात यायोख्खाका केन्द्रिय सदस्य लोक ब. र्राईले स्वागत सम्मान गरेका थिए

    Detail
  • पाथीभरामा तीर्थयात्रीको चाप बढ्यो
    पाथीभरामा तीर्थयात्रीको चाप बढ्यो

    प्रयास लिम्बू ताप्लेजुङ, २६ चैत – ताप्लेजुङमा अवस्थित नेपालकै प्रशिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न आउने तीर्थयात्रीको चाप बढेको छ । फागुन महिनायता देवीको दर्शन गर्नलाई मौसम सुरु भएसँगै रामनवमीको अवसरमा पाथीभरामा तीर्थालुको चाप बढेको हो । पाथीभरा देवीको दर्शन गर्नाले आपूmले सोचे चिताएको पूरा हुने जनविश्वास बढ्दै गएका कारण पछिल्लो समय विशेष चाड, पर्व तथा तिथिको अवसरमा मात्र नभएर बाह्रै महिना

    Detail
  • आज पहाडमा होली, धुमधामका साथ मनाइँदै
    आज पहाडमा होली, धुमधामका साथ मनाइँदै

    सन्दकपुर संवाददाता चैत्र २ इलाम– फागुपूणिर्मा अर्थात् होली पर्वलाई नेपाल र भारतमा विशेष महत्त्वका साथ रमाइलोसँग मनाइन्छ । आपसी सद्भाव बढाउने उद्देश्यले विभिन्न रंग खेलेर रमाइलो गर्दै मनाइने यो पर्वमा युवायुवती र सर्वसाधारण मात्र होइन, रंगकर्मी र चलचित्रकर्मीहरूसमेत रमाउँछन् । साथीभाइहरूको साथमा रहेर होली खेल्नुको मजा बेग्लै हुने धेरैको भनार्य छ।  आज पहाडमा धुमधामका साथ यो पर्व मनाइने गरीन्छ । आजको दिन

    Detail
  • गजल मञ्चमा कल्पना
    गजल मञ्चमा कल्पना

    सन्दकपुर संवाददाता २५ माघ इलाम– इलाम  गजल मञ्चको पाचौ जिल्ला अधिवेसनले कल्पना गौतमलाई सर्वसहमत अध्यक्षमा चयन गरेको छ । इलामका गजलकारहरुको सस्था गजल मञ्चको उपाध्यक्षमा टिका ढुङ्गाना, सचिव रिता पोख्रेल सह सचिवमा भरत ढुङ्गाना र कोषाध्यक्षमा सुमन ल्वागुनलाई चयन गरेको छ । नौ सदस्सिय कार्यसमितीको सदस्यहरुमा सेवन्ता गौतम, लक्ष्मी दुलाल, प्रतिभा पौडेल र विवेक सुनुवार रहेका छन । गजल मञ्चका अध्यक्ष लक्ष्मी मिश्रको

    Detail
  • आज देखी मेची तारा हुँदै
    आज देखी मेची तारा हुँदै

    टीका खतिवडा १२ माघ इलाम,  गायन प्रतिभाको खुला प्रतियोगिता ‘मेची तारा’ इलामबाट शुरु हुने भएको छ । आज माघ १२ गतेदेखि शुरु हुने प्रतियोगितामा मेची अञ्चलका ४ वटै जिल्लामा अडिसन हुने आयोजक नेपाल सङ्गीत विकास मञ्च काठमाण्डौले जानकारी दिएको छ । प्रतियोगिताको मुख्य आयोजकमा मञ्च, आयोजकमा इलामको सङ्गीत साधना कला केन्द्र र आयोजकमा सुरताल सङ्गीत विद्यालय रहेका छन् । ‘कला संस्कृति र शान्ति

    Detail
  • फिक्कलमा ग्रहशान्ति पूजा

    फिक्कल, २७ पुष (सस)- ग्रहशान्ति गर्दै सबैमा सुखशान्ति होस् भन्ने कामना सहित फिक्कलमा दुई दिने सर्बधर्म शनि ग्रहशान्ति पुजाको शनिबार आयोजना गरिएको छ । पं. आर के ज्योतिष श्री शनि प्रचार समिति नामची दक्षिण सिक्किमको आयोजना एवम् फिक्कल बजार पूजा आयोजक समितिको सयोंजनमा हुने पुजामा पण्डित आर केको साथमा शनि सङ्कटबाट मुक्त हुने कामनासहित बिशेष पूजा गरिने बताइएको छ ।

    Detail
  • च्याब्रुङ महोत्स शुरु
    च्याब्रुङ महोत्स शुरु

    याम माबोहाङ लिम्बू  इलाम २५ पुष – किरात याक्थुङ चुम्लुङको रजत जयन्तीको अवसरमा इलामको चोकबजारमा च्याब्रुङ महोत्सवसँगै १८ औँ राष्ट्रिय परिषदको बैठकको उद्घाटन कार्यक्रम केही बेर अघि शुरु भएको छ । कार्यक्रम शुरु हुन अघि इलामको ठूलो टुडिखेल देखिका सयौंको च्याब्रुङ सहितको ¥यालीले बजारको परिक्रमा गरेको थियो । कार्यक्रममा सय बढी पूर्वका ९ जिल्ला, काठमाण्डौं, ललितपुर, भत्तपुर, चितवनका चुम्लुङ प्रतिनीधि तथा

    Detail
  • पाँचथरमा चासोक मेला सम्पन्न

    भीमकुमार बाँस्कोटा २४ पुष पाँचथर–    किरात लिम्बूहरुको महान चाड चासोक तङ्नामको अवसरमा सदरमुकाम फिदिममा लगाईएको चासोक मेला आज सम्पन्न भएको छ । पुष १२ देखि सुरु भएको मेलामा लिम्बू जातिको संस्कृतिक पहिचान झल्कने विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो ।     लिम्बू जातिको संस्कृतिलाई उजागर गर्ने उद्धेस्यले लगाईएको मेलामा पालाम प्रतियोगिता, मोटरसाईकल स्लो रेश, डान्स पाटीर्, हाउजी, साँस्कृतिक कार्यक्रम र लिम्बू जातिको

    Detail
  • दीपाश्रीलाई किन बोर लाग्यो ?
    दीपाश्रीलाई किन बोर लाग्यो ?

    सन्दकपुर संवाददाता पुष २४ सुनसरी÷ तितोसत्यबाट आफ्नो कमेडियन छवि बनाएकी पुर्वेली अभिनेत्री दीपाश्री निरौला पछिल्लो साता निकै वेचैन रहीन् । आफूसमेत निर्माता रहेर तयार पारेको फिल्म छ एकान छको प्रमोशनका लागि आफ्नै गृहक्षेत्र आउन दुई पटकसम्म त्रिभुवन विमानस्थल धाइन्, तर बाक्लो हुस्सुका कारण प्लेन नउडेपछि उनी निराश भइन् । उनी पहिलो पटक पुस १२ गते पूर्व आउन लागेकी थिइन् । तर विहान

    Detail
  • च्याब्रुङ महोत्सको तयारी पुरा

    याम माबोहाङ लिम्बू  इलाम २३ पुष - किरात याक्थुङ चुम्लुङको रजत जयन्तीको अवसरमा बिहीबार (भोली) हुने च्याब्रुङ महोत्सवसँगै १८ औँ राष्ट्रिय परिषदको अन्तिम तयारी पुरा भएको छ । महोत्सवका लागि अतिथि, प्रतिनिधि, पर्यवेक्षक, स्टेज, सहभागी च्याब्रुङ समुहका लागि आवासको व्यवस्थापन,  प्रचार प्रसारका तुल व्यानर लगायतको काम अन्तिम चरणमा पुगेको व्यवस्थापन प्रमुख तथा जिल्ला कार्य समितिका अध्यक्ष अधिषेक एक्तेनले जानकारी दिएका छन्

    Detail