space for add
space for add

अर्थ

  • रूख कटान सम्बन्धी झन्झटिलो कानुनी प्रावधान हटाउन माग

    गणेश घिमिरे इलाम, जेठ ३ राज्यले निजी जमिनमा लगाइएको रूख कटान आदेशमा लगाएको झन्झटिलो कानुनी प्रावधान तत्काल हटाउनका लागि इलामका उपभोक्तहरुले माग गरेका छन् । नगद आम्दानीको स्रोतको रूपमा आफनो जमिनमा लगाएको रुख कटान गरेर बेच्दासमेत कानुनी प्रावधान लगाएको र त्यो पनि झन्झटिलो किसिमको भएकाले गर्दा उक्त नियम तत्काल खारेज गर्नका लागि उपभोक्तहरुले माग गरेका हुन् । झन्झटिलो कानुनी प्रावधानले गर्दा

    Detail
  • एमआरपीबाट सवाकरोडबढी राजस्व

    कमला थापा इलाम, १ जेठ – इलामको जिल्ला प्रशासन कार्यालयले मेशिन रिडेबल पासपोर्ट (एमआरपी) बाट एक करोड ३८ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले पासपोर्ट (राहदानी) बनाउने सेवाग्राहीबाट बितेका ७ महिनामा उक्त राजश्व सङ्कलन गरेको कार्यालयका लेखापाल भीमप्रसाद बजगाईले जानकारी दिए । सो अवधिमा कार्यालयबाट दुई हजार पाँच सय ६६ जनाले राहदानी बनाउन आवेदन दिएका थिए । उनीहरूमध्ये

    Detail
  • ‘सारङ्गी बजाउँ, संस्कृति जोगाउँ’ मेची महाकाली अभियानमा गन्धर्ब समुदाय

    गणेश घिमिरे इलाम, ३० वैशाख ।  सारङ्गीको धुनै मिठो ¥याइँ¥याइँ रेटेको, यो गीतमा भन्न खोजिएको सारङ्गीको धुन अबका सङ्गीत पारखीहरुले बिरलै मात्रामा सुन्न थालेको पाइदै आएको छ । बिगतका समयमा सारङ्गीको तारका धुनसँगै निस्किएको आवाजले मन्त्रमुग्ध बनाउने नेपाली सङ्गीत यतिखेर पाश्चात्य सङ्गीतमा मोडिदै गएपछि सारङ्गीको धुन त के सारङ्गी नै देख्न मुस्किल पर्दै आएको छ । लोपन्मुख बाजाको रूपमा चिनिएको सारङ्गी

    Detail
  • वडा नागरिक मञ्चद्वारा विद्यालय सरसफाई

    सन्दकपुर संवाददाता इलाम, ३० वैशाख  इभाङ–१ मा वडा नागरिक मञ्चले स्थानीय विद्यालयको सरसफाई र घेराबारा गरेको छ । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्र्तगत सञ्चालन भईरहेको सामाजिक परिचालन कार्यक्रमको क्रममा गठित मञ्चले चारसुरे प्राथमिक विद्यालयको परिसर सरसफाई र कम्पाउण्ड घेराबारा गरिदिएको हो । मञ्चले समाज विकासका लागि नयाँ काम गरौँ भन्ने अभियानअन्र्तगत एक दिन जनश्रम जुटाएर सो कार्य गरेको हो

    Detail
  • आयोजना बन्द भएपछि अन्धकारमा उपभोक्ताहरु

    सन्दकपुर संवाददाता इलाम, ३० वैशाख ।  इलामको इभाङ्ग–७ चिबुवा गाउँ विगत एक महिना यता अन्धकारमय छ । त्यहाँका बासिन्दाहरु अहिले अन्धकारमा बस्न बाध्य भएका छन् । चिबुवामा सञ्चालित तामाखोला–चिबुवा लघुजलविद्युत आयोजना बन्द भएपछि गाउँ अन्धकारमय भएको हो । आयोजना मर्मत गरिएको एक महिना पनि बित्न नपाउँदै पुन बिग्रिएपछि त्यहाँका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । गएको फागुनमा चट्याङ्गका कारण टर्वाईनको

    Detail
  • सीम–एनले आगामी ३ वर्षमा इलाममा दुईकरोड बढी खर्च गर्ने

     रोहितचन्द्र भट्टराई इलाम, २७ बैशाख ः सीम–एन आयोजनाको वातावरणसम्बन्धी दुई करोड नौ लाख ६० रूपैयाँ (एक लाख ९० हजार युरो) बराबरको तीनवर्षे नयाँ कार्यक्रम इलाममा शुरू भएको छ । सन् २०१२ देखि सन् २०१४ सम्म सञ्चालन हुने यो कार्यक्रम आयोजनाले यसअघि सञ्चालन गरेका नगरपालिका र चारवटा गाविसमा नै सञ्चालन हुने भएपनि कार्यक्रमको प्रक्रिया र पद्दति भने पहिलेभन्दा फरक भएको बताइएको

    Detail
  • पुवाखोला सहकारीमा जीवन

    पुवाखोला, १६ बैशाख (सस) - पुवाखोला बचत तथा ऋण सहकारी संस्था माइपोखरी २ को प्रथम प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सभाले जीवनप्रसाद दुलालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मुकुन्दकुमारी ढकाल तथा सदस्यहरूमा रामबहादुर राई, तारा राई, बिष्णुप्रसाद दुलाल, सूर्य गुरुङ, केन्द्रप्रसाद दुलाल, सबिता सुन्दास, सुकमाया लिम्बू, नुतनदेब दुलाल र पुण्यप्रसाद गजुरेल

    Detail
  • इलाममा करदाता सेवा कार्यालय स्थापना

    इलाम, १५ बैशाख ः इलाममा करदाताहरुको सङ्ख्या दिन प्रतिदिन बढदै गएको र इलामका करदाताहरुलाई सहज रुपमा सेवा सुविधा पु¥याउने उद्देश्यले इलामका करदातालाई लक्षित गरी इलाममा बिहीबारदेखि करदाता सेवा कार्यालयको स्थापना भएको छ । आन्तरिक राजस्व कार्यालय झापाअन्तर्गत इलाममा यसको शाखा कार्यालय खोलिएको हो । एक सय रुपैया कर तिर्नपनि ४÷५ सय रुपैया खर्च गरेर झापाको चन्द«गढीमा रहेको आन्तरिक राजस्व कार्यालयमा

    Detail
  • कर छल्नेलाई कार्वाही गर्न अर्थ राज्यमन्त्रीको निर्देशन

     गणेश घिमिरे इलाम, १५ बैशाख ः अर्थ राज्यमन्त्री हरिराज खेवा (लिम्बू) ले जेठ १४ भित्रै नयाँ संविधान जारी हुने बताएका छन् । बिहीबार इलाम सदरमुकामस्थित धोविधारामा करदाता सेवा कार्यालयको उद्घाटन गर्दै राज्यमन्त्री खेवाले संविधान बन्दैन भन्ने विषयमा दिग्भ्रमित नहुन आग्रह पनि गरे । ‘समयमै संविधान जारी हुने कुरामा ढुक्क हुनुहोस्’, राज्यमन्त्री खेवाले भने, ‘शान्ति प्रकृया टुङ्गिसकेकोले अब समयमै संविधान जारी

    Detail
  • दानाबारीमा साधारण सभा

     दानाबारी, १४ बैशाख ः इलाम उद्योग वाणिज्य सङ्घ दानाबारी शाखाको प्रथम साधारण सभा बिहीबार सम्पन्न भएको छ । सो सभाले रामप्रसाद श्रेष्ठको अध्यक्षतामा एक कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र महासमिति सदस्यमा क्रमशः धर्मकुमारी आयार्य, कुमार राई, धनमाया रिजाल, हरिप्रसाद आयार्य, गोपाल घिमिरे सदस्यहरूकमा डिल्ली भट्टराई, टिकाबहादुर तामाङ, टंकनाथ धिताल, डिकबहादुर राई,

    Detail
  • गर्मीयामसँगै आइसक्रिमको ब्यापार बढ्दै

     कमला थापा इलाम, १४ बैशाख ः इलाम नगरपालिकाकी एक महिलाले आइसक्रिम बाटै राम्रो आम्दानी लिन थालेकी छन् । नगरपालिका २ की गीता देवानको गर्मी मौसम सुरु भएसँगैे आइसक्रिमको कारोबार बढेको हो । प्राय सबै सिजनमा राम्रो विक्री हुने आइसक्रिम गर्मी मौसममा दैनिक ५ हजार रुपैयाँसम्मको बिक्री हुने उनले बताइन् । बैशाख, जेठ देखि असोज महिनासम्म आईसक्रिम राम्रो बिक्री हुने गरेको उनको

    Detail
  • नक्कली विद्यार्थी देखाएर सेवा सुविधा उपभोग गरिँदै

    सन्दकपुर संवाददाता इलाम, १३ वैशाख ः विद्यार्थी नभएर विद्यालय बन्द गर्नुपर्ने स्थितिमा पुगेका इलामका केही विद्यालयले नक्कली विद्यार्थीको नाममा सरकारी सेवासुविधा लिइरहेको पाइएको छ । कक्षा–८ को जिल्लास्तरीय परीक्षामा भर्ना भएका भनिएका धेरै विद्यार्थी सामेल नभएपछि यो रहस्य खुलेको हो । जिल्ला शिक्षा कार्यालय इलामका अनुसार जिल्लामा आठ हजार ३ सय २७ विद्यार्थी कक्षा–८ मा भर्ना भएका थिए, तर ती मध्ये सात

    Detail