space for add
space for add

अर्थ

  • कोल्ड ड्रिङ्क्स र पेय पदार्थ बरामद

      सन्दकपुर संवाददाता इलाम, 29 भदौ :  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बुधबार इलाम बजारमा गरिएको बजार अनुगमनबाट कोकाकोला, स्प्राइट, फेण्टा जस्ता पेय पदार्थ धेरै मात्रामा म्याद गुज्रिएको अवस्थामा फेला परेको छ । बजार संरक्षण अधिकृत शेरबहादुर देवानको नेतृत्वमा खटिएको अनुगमन टोलीले गरेको बजार अनुगमनका क्रममा त्यस्ता सामान फेला परेपछि बरामद् गरेको छ । चाडवाडका बेला बजारमा कालोबजारी लगायतका कारोबार हुने आशङ्काका कारण बजार अनुगमन गरिएको हो

    Detail
  • चियाको थप विकास गर्न सरकारीस्तरबाटै पहलको खांचो

    भगीरथ भण्डारी इलाम, 29 भदौ  :   सरकारीस्तरबाट नै पहल भएको खण्डमा चिया क्षेत्रले देशको आर्थिक प्रगतिमा योगदान गर्नसक्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले धारणा राखेका छन् ।  सरकारले चासो बढाएमा चिया खेती ब्यावसायिक बन्न सक्ने चिया उत्पादक जिल्ला सहकारी संघ इलामको आयोजनामा सम्पन्न भएको कार्यक्रममा बताइएको हो ।  कार्यक्रममा चिया क्षेत्रका सरोकारबालाहरूले सरकारी स्तरबाट चिया क्षेत्रमा चासो नदिँदा र निजी क्षेत्रकै लगानीमा मात्र चिया

    Detail
  • ६०० किसानलाई अदुवा उत्पादन र भर्मी कम्पोष्टसम्बन्धी तालिम

    सन्दकपुर संवाददाता इलाम, 29 भदौ : इलाम नगरपालिका ११ को सोयाकस्थित सिंहदेवी कृषि सहकारी संस्थाले स्थानीय ६०० जना अदुवा उत्पादक कृषकलाई अर्गानिक खेतीका लागि अदुवाको बीउ सुधारसहितको उत्पादन तालिम र भर्मी कम्पोष्ट निर्माण तथा ब्यवस्थापन तालिम उपलब्ध गराएको छ ।  सिंहदेवीले उन्नति समावेशी बृद्धि परियोजनाको सहयोगमा हाल इलाम र देऊमाई नगरपालिकामा पर्ने साविकका सोयाक, सिद्धिथुम्का र जीतपुर गाविसका कृषकलाई अर्गानिक अदुवा उत्पादनमा दक्ष बनाउन

    Detail
  • राँकेबाट प्रतिहप्ता २० लाख बढीको छुर्पी अमेरिका पठाइन्छ

    भगीरथ भण्डारी राँके 26 भदौ  : इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा सङ्कलन भएर प्रतिहप्ता १५ क्वीण्टल छुर्पी अमेरिकाका लागि पठाइने गरेको छ । स्थानीय ब्यापारी वाङ्देल तामाङले इलाम र पाँचथरका विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी सङ्कलन गरेर अमेरिकातर्पm पठाउने गरेका हुन् । वाङ्देलको सङ्कलन केन्द्रमा छुर्पी ग्रेडिङ गर्ने, मिलाउने र छान्ने लगायतका काम गर्दै आएका सञ्जय लिम्बूका अनुसार इलामका चमैता, एकतप्पा,

    Detail
  • बन्दा कोपी खेतीबाट वार्षिक ६० हजारसम्म आम्दानी
    बन्दा कोपी खेतीबाट वार्षिक ६० हजारसम्म आम्दानी

    भगीरथ भण्डारी देउराली, २3 भदौ  :   घर छेउको थोरै बारीमा लगाइएको बन्दा कोपीबाट पनि मनग्ये आम्दानी हुने गरेको पाइएको छ । सन्दकपुर गाउँपालिका ३ माईपातालका एक किसानले करेसाबारीमा लगाएको बन्दाकोपीबाट बर्षमा ६० हजार रुपैयाँ आम्दानी लिने गरेका हुन् । त्यहाँका बुद्ध राईले घरछेउको झण्डै डेढ रोपनी जमिनमा बन्दाकोपी लगाएका छन्। उनले हरेक वर्ष यसरी नै बन्दा कोपी खेती गर्ने गरेको बताएका छन्

    Detail
  • दिनमा ४० लिटर दूध दिने गाई
    दिनमा ४० लिटर दूध दिने गाई

    रोहितचन्द्र भट्टराई देउराली, २३ भदौ  :  पक्की सिमेण्टले निर्माण गरिएको आधुनिक थलोभित्र ठूलो जीउ भएको कालो र सेतो पाङ्ग्रे परेको गाई । गाईसँगै तीन दिन अघिमात्रै जन्मिएको बाछो । उभिइरहेको गाईको फाँचो सामान्य सिमेण्टको बोरामा भरी सामान हालेर राखिएको भन्दा ठूलो आकारमा झुण्डिएको छ । त्यो फाँचोको चार थुनमध्ये एउटाबाट तपतप दूध झरिरहेको देखिन्छ भने अर्को एउटा थुनबाट सिर्र दूधको सिर्का झरिरहेको

    Detail
  • ​इलाममा बंगुरको मासु कारोबार पौने छ करोड बराबर

    भगीरथ भण्डारी इलाम, १६ भदौ  इलाममा वार्षिक पाँच करोड ७५ लाख १२ हजार रुपैयाँ बराबरको बङ्गुरको मासुको कारोबार हुने गरेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको अभिलेखअनुसार इलाममा वार्षिक उक्त अंकको कारोबार हुने गरेको हो । प्रतिकिलो ३५० रुपैयाँको दरले बर्षभरिमा एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु खरिद  बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको कार्यालयको तथ्याङ्क छ ।  उक्त मासु

    Detail
  • इलामका सुनचाँदी पसल बन्द गरे ब्यावसायीले

    सन्दकपुर संवाददाता इलाम, २० बैशाख : सुनचाँदी व्याबसायी संघ इलामले ब्यवसायीको हित र न्यायको माग राखेर मङ्गलबार सुनचादी पसल बन्द गरेको छ । केही दिनअघि झापा बिर्तामोडका पुर्णिमा ज्वेलर्सको नामको सुन आवश्यक सबै कागजात हँुदाहँुदै पनि पक्राउ गरि मुद्दा दायर गरेको भन्दै त्यसको बिरोधमा संघले सुनचाँदी पसल बन्द गरेको हो ।  ब्यावसायीको स्वतन्त्रतापूर्वक आफ्नो पेशा व्याबसाय गर्न पाउने हकलाई अनुचित कार्यले कुण्ठित

    Detail
  • चाडवाडमा फिदिम र इलाम बजार शनिबार पनि खोल्न उद्योग वाणिज्य संघको सूचना

    सन्दकपुर संवाददाता पाँचथर, २६ भदौ : प्रत्येक शनिबार बजार पसल बन्द हुँदै आएको पाँचथरको सदरमुकाम फिदिमबजार अब भने खुल्ला हुने भएको छ । चाडपर्व नजिकिएका बेला  किनेमेल गर्न सहज होस् भनेर तिहारसम्मलाई बजार खुल्ला गरिएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष मित्रप्रसाद काफ्लेका अनुसार प्रत्येक शनिबार हाटबजार लाग्ने र त्यस वजारमा प्रायःजसो गाउँबाट किसान आउने हुँदा उनीहरूलाई दसैँ–तिहारमा

    Detail
  • सङ्घको अध्यक्षमा ढकाल निर्वाचित

    दमक, २६ भदौ : दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान २ बजे सम्पन्न मतपरिणामअनुसार आफ्ना दुई प्रतिस्पर्धीलाई हराउँदै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका उम्मेदवार ढकालले नेपाली काँग्रेससहितको संयुक्त लोकतान्त्रिक प्यानल र एमालेसहितको संयुक्त प्यानलका दुई सशक्त उम्मेदवारलाई पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र प्यानलकै

    Detail
  • अदुवा पुनः निकासी हुनथाल्यो

    सन्दकपुर संवाददाता इलाम, २५ भदौ :  गत भदौ ६ गतेदेखि नेपाली अदुवामाथि भारतले लगाएको प्रतिबन्ध शुक्रबारबाट हटेको छ । यसबाट पुनः नेपाली अदुवा भारत निकासीको बाटो खुल्ला भएको छ । नेपाली अदुवामा विषादीको मात्रा देखिएको भन्दै भारतको केन्द्रीय खाद्य विभागले नेपाली अदुवाको भारत निर्यातमा रोक लगाएको थियो । तर, नमुना जाँचका लागि भारत लगिएको १० क्विण्टल अदुवामा कुनै विषादी नदेखिएपछि भारतले पुनः

    Detail
  • उद्यमशिलता विकास तालिम

    सन्दकपुर संवाददाता आमचोक, २५ भदौ : इलामको आमचोक गाविसमा अपाङ्गता भएका व्यक्तिहरूका लागि तीन दिवसीय उद्यमशीलता विकास तालिम शुक्रबार सम्पन्न भएको छ । करूणा फाउण्डेशन नेपालको हेरचाहका लागि उत्प्रेरणा परियोजनाको सहयोग तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति आमचोकको आयोजनामा सम्पन्न तालिममा अपाङ्गता भएका व्यक्ति र तिनका परिवारको सदस्य गरी २० जनाको सहभागिता रहेको थियो । स्थानीयस्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी

    Detail
  • घरेलु महासंघमा दिनेश श्रेष्ठ

    सन्दकपुर संवाददाता इलाम, २५ भदौ : नेपाल घरेलु तथा उद्योग महासंघ इलामको शुक्रबार सदरमुकाममा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको छ । सभाले बरिष्ठ उपाध्यक्षमा लेखनाथ दाहाल, उपाध्यक्षमा गंगाप्रसाद घिमिरे, कोषाध्यक्षमा शुशिला मुखिया, सचिवमा कृष्ण राई, सहसचिवमा रेशम बराइली तथा सदस्यहरूमा मङ्गेश खत्री, दिपक गुरूङ, सुनिला नेम्बाङ, सिर्जना थापा, अनिला खड्का, तेजु चेम्जोङ, दिपक दाहाल चयन भएका छन् ।

    Detail
  • इलामको पश्चिमी ब्यापारिक केन्द्र मङ्गलबारेमा एक्सेल बैङ्कको शाखा
    इलामको पश्चिमी ब्यापारिक केन्द्र मङ्गलबारेमा एक्सेल बैङ्कको शाखा

    सन्दकपुर संवाददाता इलाम, १६ साउन : देउमाई नगरपालिकाको मङ्गलबारेमा एक्सेल डेभलप्मेण्ट बैङ्कको शाखा स्थापना भइ सेवा सुरु भएको छ । २०७३ असार मसान्तदेखि सेवा सुरु भएको यो शाखा  एक्सेल डेभलप्मेण्ट बैङ्कको १६ औँ शाखा र इलाम जिल्लामा तेस्रो शाखा रहेको शाखा प्रवन्धक मिलन भट्टर्राईले सन्दकपुर दैनिकलाई जानकारी दिएका छन् ।  यो शाखामार्फ बैङ्कले बचत सङ्कलन, कृषि क्षेत्रमा सहुलियत व्याज दरमा लगानी गर्ने

    Detail
  • जिल्ला वन कार्यालयको झण्डै १९ लाख प्रिmज

    सन्दकपुर संवाददाता इलाम, ६ साउन : जिल्ला वन कार्यालयबाट काम गर्ने गरि चारवटा कार्यक्रममा बिनियोजित गत आर्थिक वर्ष२०७२/०७३ को बजेटमध्ये १८ लाख ७० हजार ५७५ रुपैयाँ रकम प्रिmज भएर गएको छ । चारमध्ये एउटा कार्यक्रमको शत्प्रतिशत आर्थिक प्रगति भएपनि तीनवटा कार्यक्रममा पुरा रकम खर्च हुन नसक्दा प्रिmज भएको वन कार्यालयले जनाएको छ । ती कार्यक्रमको भौतिक प्रगति भने शत्प्रतिशत नै भएको

    Detail
  • ताप्लेजुङमा साढे अठार करोड रुपिया“ खर्च हुन सकेन

    प्रयास लिम्बू ताप्लेजुङ, ६ साउन : ताप्लेजुङ जिल्लालाई आर्थिक वर्ष२०७२/०७३ मा प्राप्त कुल बजेट मध्ये साढे अठार करोड रुपियाँ बढी बजेट खर्च हुन सकेन । एक आर्थिक वर्षा लागि जिल्लालाई प्राप्त विकास लगायतको उक्त बजेट समयभित्र खर्च हुन नसकेको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको वर्षअर्थात आर्थिक वर्ष२०७२/०७३ मा जिल्लाका लागि पूँजीगत र चालू दर्ुवतर्फप्राप्त कुल रकम दर्ुइ

    Detail
  • सनराइज बैङ्क लिमिटेडको शाखारहित बैङ्कङि सेवा नेपालटारमा

    सन्दकपुर संवाददाता इलाम, ९ असार : सनराइज बैङ्क लिमिटेडले आफ्नो शाखारहित बैङ्कङि सेवा इलामको  नेपालटारमा सञ्चालन  गरेको छ । योसँगै बैङ्कको शाखारहित सेवा सङ्या ६ पुगेको बताइएको छ । बैङ्कको इलाम शाखाका प्रमुख गुरूराज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपालप्रसाद कट्टेलले बिहीबार एक समारोहका बीच उक्त सेवाको उद्घाटन गरे । सो अवसरमा बैङ्कको इलाम शाखाका प्रमुख रेग्मीले शाखारहित बैङ्कङि सेवा प्रदान

    Detail
  • चियाका लागि राष्ट्रिय निकासी नीतिबारे अन्तरक्रिया

    सन्दकपुर संवाददाता इलाम, ९ असार : वाणिज्य मन्त्रालय र इन्टरनेशनल ट्रेड सेण्टर-आइटीसी)को आयोजना तथा राष्ट्रिय चिया तथा कफि विकास बोर्ड र ब्यापार तथा निकासी पर््रबर्द्धन केन्द्रको आयोजनामा इलाम सदरमुकाममा चियाको राष्ट्रिय निकासी नीतिबारे सरोकारवाला र परामर्शदाताबीच दर्ुइ दिने अन्तरक्रिया बिहीबार शुरु भएको छ । ग्रीनभ्यू होटलमा भइरहेको कार्यक्रम आइटीसीको ट्रष्ट फण्डको सहयोगमा भइरहेको हो । कार्यक्रममा आइटीसीका एड्भाइजरसहितका विज्ञहरु, चिया तथा कफीको अन्तर्रर्ााट्रय

    Detail
  • क्लिन भिलेजको सात करोड ऋण लगानी
    क्लिन भिलेजको सात करोड ऋण लगानी

    प्रयास लिम्बू ताप्लेजुङ, १२ चैत : ताप्लेजुङमा क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाले हालसम्म सात करोड रुपियाँ बराबरको रकम ऋण लगानी गरेको छ । सो वित्तीय संस्थाको जिल्लामा शाखा स्थापना भएयता करिव डेढ वर्षो अवधिमा उक्त रकम बराबर ऋण लगनी गरेको हो । सदरमुकाम फुङ्लिङको शाखाले शुक्रबार आयोजना गरेको गोष्ठीमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै शाखा प्रवन्धक ध्रुव सुवेदीले ऋण प्रवाहसँगै असुलीको क्रम पनि

    Detail
  • ट्याङ्करले इन्धन ढुवानी गरेनन्

    विराटनगर, १२ चैत : पेट्रोल ढुवानी चालक सङ्घले मजदुरको रिहाइको माग गर्दै चार दिनदेखि विराटनगरबाट इन्धनको ढुवानी ठप्प पारेको छ । इन्धनको कालोबजारीको अभियोगमा एक साताअघि विराटनगरबाट पक्राउमा परेका ट्याङ्करका चालक र सहचालकको रिहाइको माग राखी सङ्घको आह्वानमा इन्धन ढुवानी ठप्प भएको हो । भारतको बरौनीबाट इन्धन बोकेर आएका ट्याङ्करले विराटनगरस्थित नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको डिपोमा इन्धन झार्न र

    Detail