space for add
space for add

समाज

  • दलित महिलाका लागि कार्यशाला

     शान्तिपुर, २० बैशाख (सस) – दलित महिलाहरूका लागि दुइदिने कार्यशाला इलामको शान्तिपुरस्थित बरफल्याङमा सम्पन्न भएको छ । दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको सहयोग तथा नेपाल जनविकास सेवा समाजको आयोजनामा भएका कार्यशालालाई बसन्ती घतानी र इला खातीले सहजीकरण गरेका थिए । कार्यशालाको समापनसँगै राधिका लकान्द«ीको अध्यक्ष्तामा ११ सदस्यीय शान्तिपुर दलित महिला बचत समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा माया

    Detail
  • बीमा रकम हस्तान्तरण

     मङ्गलबारे, २० बैशाख (सस) – एशियन लाइफ इन्स्यूरेन्स बिर्तामोड शाखाले मङ्गलबार, मङ्गलबारे–१ का गोविन्द बाँस्तोलालाई बीमा बापत रु.५२,७८५ प्रदान गरेको छ । बाँस्तोलाले २०६७ मा छोरी तुलसाको नाममा रु.५१,०००को जीवन बीमा गराएकोमा छोरीको २०६८ मङ्सिरमा मृत्यु भएको थियो । यसै गरी साङ्रूम्बा–९ का सोमबहादुर तामाङले २०६७ मा छोरी एन्जेनिलाको नाममा रु.५१,००० को जीवन बीमा गरेको र बाबु संरक्षक रहेकोले बाबुको

    Detail
  • मजदुर दिवसमा सभा र अन्तरक्रिया

    लक्ष्मण चौलागाई इलाम, १९ बैशाख – १२३ औँ विश्व मजदुर दिवसको अवसरमा इलाममा मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । इलाममा प्ले कार्डसहितको ¥याली, सभा र अन्तरक्रिया सम्पन्न भएका थिए । मङ्गलबार नेपाल ट्रेड युनियन काङ्ग्रेस (स्वतन्त्र) इलामले नेपाल चिया विकास निगमको इलाम कारखानाको प्राङ्गणमा अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा वक्ताहरूले आगामी संविधानमा मजदुरहरूको सामाजिक सुरक्षाका

    Detail
  • तीर्थयात्री बोकेको गाडी पल्टिँदा १० जना घाइते

    गणेश घिमिरे इलाम, १९ बैशाख – ताप्लेजुङको पाथिभरा पुगेर फर्किएका तीर्थयात्री बोकेकोे सफारि गाडी इलामको कोल्बुङ २ स्थित हाँसपोखरीमा मङ्गलबार दिउँसो ३ बजे पल्टँदा त्यसमा सवार एकै परिवारका तीनजनासहित १० जना तीर्थयात्री घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको हर्कटे प्रहरी चौकीले जनाएको छ । गम्भिर घाइते हुनेमा झापा सताशीधाम १ कि ६० बर्षिया नरमाया कुवँर रहेको जनाइएको छ

    Detail
  • उपभोक्ताकै ३ लाख लगानीमा खानेपानी योजना

    लक्ष्मीपुर, १८ बैशाख – लक्ष्मीपुर ५ का २२ घर परिवारले तीन लाख ३० हजार खर्च गरेर दाताको सहयोग बिना आफ्नो गाउँमा खानेपानी योजना सञ्चालन गरेका छन् । प्रतिघर १५ हजार नगद सङ्कलन र श्रमदानबाट खानेपानी योजना निर्माण सम्पन्न गरेको स्थानीय गोपाल मगरले जानकारी दिए । २०५० सालमा युनिसेफको सहयोगमा उक्त क्षेत्रमा खानेपानी योजना निर्माण भएपनि त्यो योजनाबाट पानी नपुगेपछि स्थानीय प्रयासमा

    Detail
  • सोयाङमा कुलुङको मातृभाषा प्रशिक्षण

     सन्दकपुर संवाददाता सोयाङ, १७ बैशाख - आदिबासी जनजातिहरूको एकदिने मातृभाषा प्रशिक्षण कार्यक्रम शनिबार सोयाङमा सम्पन्न भएको छ । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घले आयोजना गरेको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । कुलुङ सङ्घका केन्द्रीय सदस्य भिम कुलुङले सहजीकरण गरेको कार्यक्रममा आदिबासी किरात महासङ्घ इलामका उपाध्यक्ष जे.बी. कुलुङ, सदस्य याम खालिङ र किरात राई विद्यार्थी सङ्घ इलामका उपाध्यक्ष याम

    Detail
  • पर्यटन विकाससम्बन्धी अन्तरक्रिया

    सन्दकपुर संवाददाता इलाम, १७ बैशाख – पर्यटनकर्मी र सङ्घ÷संस्थाले इलामको पर्यटनबारे बाहिरी भाषणमा ठूल्ठूला कुरा गरेपनि हालसम्म उपलव्धिमूलक काम गर्न नसकेकोले स्थानीयस्तरबाट आवश्यक पहल गर्नुपर्ने सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागीले औँल्याएका छन् । उनीहरूले इलाममा धेरै पर्यटक भित्र्याउन पूर्वाधार विकास, शान्ति सुरक्षाको प्रत्याभुति, आतिथ्यता गर्ने बानीको विकास, पर्यटन र होटल ब्यवसायीको आचरण सुधार जस्ता कुराहरू अत्यावश्यक भएको बताएका थिए । होटल

    Detail
  • सुम्बेकमा महिला सशक्तीकरण कार्यक्रम

     सुम्बेक, १६ बैशाख (सस) – महिला विकास समिति सुम्बेकको आयोजनामा शनिबार सुम्बेकमा तीन दिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । महिला अधिकार र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उद्देस्यले सञ्चालित कार्यक्रमलाई मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेबे र स्वास्थ्यकर्मी फाजुङ्ग शेर्पाले सहजीकरण गरेका थिए । कार्यक्रम बिक्री प्रावि, सिद्धिबिनायक प्रावि, सुम्बेक मावि गरी तीन स्थानमा सम्पन्न भएको आयोजक समितिकी

    Detail
  • एचआईभी र एड्ससम्बन्धी नाटक
    एचआईभी र एड्ससम्बन्धी नाटक

    सन्दकपुर संवाददाता  शान्तिपुर, १६ बैशाख ः ब्रिटेन नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी)को प्राविधिक सहयोगमा इलामको जिल्ला स्वास्थ्य कार्यालय र महिला कल्याण समाज नामक गैससले सञ्चालन गरिरहेको अधिकारमा आधारित एचआईभी÷एड्स कार्यक्रम अन्तर्गत शनिबार शान्तिपुरमा सडक नाटक प्रस्तुत गरिएको छ । शान्तिपुरमा किशोरी परामर्श केन्द्र तथा उप–स्वास्थ्य चौकीको आयोजनामा जिन्दगीका मोडहरूमा परिवर्तन नामक नाटक प्रस्तुत गरिएको हो । नाटकमा कुलत तथा असुरक्षित यौन सम्पर्कको

    Detail
  • सरसफाई अभियान शुरू

     इलाम, १६ बैशाख (सस) ः जिल्ला विकास समिति इलाम र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामको संयुक्त आयोजनामा इलामका ३ गाविसमा शुक्रबारबाट नौ दिने सरसफाई अभियान सुरू भएको छ । इलामको महमाई, लक्ष्मीपुर र एकतप्पा गाविसमा सो अभियान सुरू भएको हो । ती गाविसहरूलाई खुला दिशामुक्त क्षेत्र निमार्ण गर्ने तथा सरसफाईका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सरसफाई अभियानसँगै

    Detail
  • खानेपानी मर्मतका लागि सम्झौता

    इलाम, १५ बैशाख (सस) ः इलाम नगरपालिका क्षेत्रमा आपूर्ति भइरहेको इलामको माइमझुवास्थित गिताङखोला तथा आसपासका खानेपानी मुहान क्षेत्र इलाम नगरपालिकाको लागि निरन्तर र नियमित रुपमा उपलब्ध गराउन त्यस क्षेत्रका स्थानीयबासी तथा त्यहाँका विभिन्न निकायका पदाधिकारीबीच इलाम नगरपालिकाले आज सम्झौता गरेको छ । उक्त मुहानबाट पानी नियमित गराउन तथा हाल चार इन्चको पाइप लाइनमा आइरहेको पानीलाई ६ इन्चको पाइपलाइनमा पठाउने सहमतिसहित

    Detail
  • केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्षको राजीनामा माग

    सन्दकपुर संवाददाता इलाम, १५ बैशाख ः इलाम जिल्लामा खुलेका साना तथा मझौला चिया कारखानाका सञ्चालकहरुले केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोबिन्दप्रसाद दहालको राजीनामाको माग गरेका छन् । चिया दिवसको अवसरमा झापाको चन्द्रगढीमा भएको कार्यक्रममा अध्यक्ष दहालले इलाममा रहेका साना तथा मझौला चिया कारखानालाई बेवास्ता गरि नजिकका मानिसहरुलाई संलग्न गराई एक पक्षीय कार्यक्रम गरेको आरोप लगाउँदै उनीहरुले अध्यक्ष दहालको राजीनामा मागेका हुन् ।

    Detail
  • पाँचथरका कैदी आम माफि माग्दै

    भीमकुमार बाँस्कोटा पाँचथर, १५ बैशाख ः जिल्ला कारागार पाँचथरका एकसय २३ जना कैदीबन्दिहरूले आफुहरूलाई आम माफि दिन माग गरेका छन् । कैदिहरूले शुक्रबार एक प्रेसविज्ञप्ति जारी गर्दै ‘नेपालमा लोकतन्त्र स्थापना गर्न आपूmहरूको योगदान भएको’ भन्दै अब बन्ने संविधानमा आफुहरूलाई आम माफि दिन माग गरेका हुन् । जिल्ला कारागार पाँचथरका एकसय २३ कैदि बन्दिको हस्ताक्षरित विज्ञप्तिमा देशभरिका कैदि बन्दिहरूको आममाफिको माग गरिएको

    Detail
  • इलाम अस्पताल डाक्टरबिहीन

    गणेश घिमिरे इलाम, १५ बैशाख ः इलाम अस्पतालमा लामो समय बितिसक्दा पनि डाक्टर अनुपस्थित भएपछि सामान्य बिरामी भएर आएका बिरामीहरूलाई अस्पतालले पछिल्लो समयमा डाक्टर नभएको बहानामा अस्पतालमा भर्ना गर्दै रेफर गर्न थालेको छ । सामान्य पेट दुखेर नामसालिङबाट आएकी एक महिलालाई अस्पतालले भर्ना गरेपनि सामान्य चेकजाँच गरेजस्तो गरेर यहाँ उपचार हुन नसक्ने भन्दै रेफर गरेको बिरामीका आफन्तजनले बताएका छन् । सामान्य बिराम लागेर अस्पतालमा सिमित खर्च

    Detail
  • आगलागीका कारण लाखाँैको क्षति

     नयाँबजार, १४ बैशाख ः इलामको नयाँबजार ९ स्थित एक घरमा बुधबार बिहान आगलागी हुँदा लाखौ मूल्य बराबरको क्षति भएको छ । बिहान तीन बजेको समयतिर नयाँबजार ९ का शेरबहादुर अधिकारीको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको अन्नपातसहित अन्य सबै सरसामान जलेर नष्ट भएको छ भने घरमा पूरै क्षति पुगेको जनाइएको छ । आगलागीका कारण अढाई लाख रुपैयाँ

    Detail
  • नवप्रतिभाको साधारणसभा

    साङ्गरूम्वा, १३ बैशाख (सस) ः साङ्गरूम्वा ६ स्थित नवप्रतिभा युवा समूहको साधारण सभा बुधबार सम्पन्न भएको छ । टि. बी. लिङ्गदमको सभापतित्वमा सम्पन्न सो सभामा रू ९१४०९ बराबरको आयब्यय बिवरण प्रस्तुत भएको थियो । सोही सभाले समूहका लागि बलराम राईको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः बन्दना राई, कल्पना राई, धनप्रसाद

    Detail
  • युवती र बालिका बलात्कृत

    सन्दकपुर संवाददाता पाँचथर, १३ वैशाख ः पाँचथरको प्राङबुङकी एक युवतीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरूले सामुहिक बलत्कार गरेका छन । प्राङवुङ ३ बाट सीमावर्ती क्षेत्रको भ्रमणमा गएकी २० बर्षीया कञ्चन तामाङ (नाम परिवर्तन)लाई मङ्गलबार नेपाल भारत सीमावर्ती चारराते भन्ने स्थानबाट पक्राउ गरी करीब आधा घण्टासम्म नियन्त्रणमा राखी निर्वस्त्र बनाएर बलत्कार गरेका हुन् । तामाङ ६ जना भाइ बहिनीलाई लिएर सीमावर्ती क्षेत्रको भ्रमणमा

    Detail
  • बाटो निर्माण कार्य गुणस्तरहीन भएको गुनासो
    बाटो निर्माण कार्य गुणस्तरहीन भएको गुनासो

    सन्दकपुर संवाददाता इलाम, १३ बैशाख ः ग्रामीण पुनःनिर्माण तथा पुनस्र्थापना आयोजनाबाट निर्माणाधीन राजदुवाली–चिसापानी–दानाबारी सडकमा काम गुणस्तरहीन भएको स्थानीय बासिन्दा र आयोजनाअन्तर्गतकै गाउँ स्तरीय पूर्वाधार निर्माण समन्वय समिति (भीआईसीसीसी)का प्रतिनिधिहरूले गुनासो गरेका छन् । काम गुणस्तरहीन हुनुमा ठेकेदारले राम्ररी काम नगरेको र आयोजना तथा आयोजनाको गुणस्तर हेर्ने कन्सल्ट्याण्टले राम्ररी अनुगमन एवम् सल्लाह नदिएको उनीहरूको गुनासो छ । बिहीबार उक्त सडकको निर्माण कार्य अनुगमन

    Detail
  • इलाममा तीन जनामा औलो

    सन्दकपुर संवाददाता  इलाम, १२ बैशाख ः इलाम जिल्लामा औलो रोगी तीन जनामात्र भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात २०६८ फागुन मसान्तसम्ममा जिल्लाभर एकहजार आठसय ६ जना औलो परीक्षण गर्दा एक जनामा पीएफ र दुई जनामा पीभी फेला परेको मङ्गलबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गत आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा दुई हजार छ सय

    Detail
  • जानकारी नहु“दा सुत्केरी सुविधा लिनबाट बञ्चित

    रोहितचन्द्र भट्टराई, इलाम, १३ बैशाख ः इलाम नगरपालिका कार्यालयले आवश्यकताअनुसार सूचना प्रचारप्रसार र र जानकारी नदिएका कारण कार्यालयबाट उपलब्ध गराउने भनिएको सुत्केरी सुविधा लिनेको सङ्ख्या न्यून देखिएको छ । एक वर्षमा जन्म दर्ता गराउनेको सङ्ख्या पाँच सयको हाराहारीमा हुने गरेपनि सयजना भन्दा कम मात्र सुविधा लिन आउने गरेको नगरपालिका कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयले सुत्केरीको भरण पोषणका लागि भनेर बच्चा

    Detail