Co-operative

  • संस्थापक अध्यक्ष पुण्य शिवाकोटीसहित पाँचजना सम्मानित

    सन्दकपुर संवाददाता इलाम, २६ भदौ : इलाम बसपार्कस्थित इलाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष पुण्यप्रसाद शिवाकोटी सहित पाँच जनालाई संस्थाले शनिबार (भदौ २५) सम्मान गरेको छ । संस्थाको १७औँ साधारण सभाको अवसरमा जिविसमा सम्पन्न कार्यक्रममा सम्मानित हुनेहरूमा संस्थाका पूर्व व्यवस्थापक अर्जुन शिवाकोटी, पूर्व लेखापाल कृष्ण बस्नेत, पूर्व प्राविधिक प्रकाश लुइटेल र उत्कृष्ट शेयर सदस्य इलाम नगरपालिका ५ का दिलबहादुरबस्नेत,

    Detail
  • हातेमालो कानुनी कठघरामा : ठगीको आरोपमा तीन पक्राउ

    सन्दकपुर संवाददाता इलाम, १० बैशाख : पटक पटकको छलफल मिलापत्र र जिल्ला प्रसासनमा  मुद्धा मामिला झेल्दै आएका हातेमालो बचत कृषक समूहका पदाधिकारी मध्ये तीन जनालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ । कृषक समूहका नाममा वित्तिय कारोबार गरी गाउँ गाउँमा बचत संचालन गरेर रकम ठगी गरेपछि हातेमालो यस अघि पनि पटक पटक विवादमा तानिएको थियो । हातेमालो संचालनमा मुख्य भुमिकामा रहेका

    Detail
  • सहकारीमा कर तथा वित्तिय साक्षरता कार्यक्रम
    सहकारीमा कर तथा वित्तिय साक्षरता कार्यक्रम

    सन्दकपुर संवाददाता इलाम, १० बैशाख : जिल्ला सहकारी संघ लिमिटेड इलामको आयोजनामा बरबोटे गाविस भवनमा उक्त बरबोटे क्षेत्र भित्र स्थापित १७ वटा विभिन्न विषयका प्रारम्भिक सहकारी संस्थाहरुबीच सहकारीमा कर व्यवस्था र वित्तीय साक्षरता विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा दर्ुइवटा कार्यपत्रहरु प्रस्तुत गरियो । सहकारीमा वित्तीय साक्षरता सम्बन्धी विषयको कार्यपत्र स्थानीय महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सह-प्राध्यापक डा. दिलनाथ फुयालले

    Detail
  • नमुना बन्दै महिला सहकारी

    इलाम, ५ बैशाख : इलाम फिक्कलकी अमृता र्राईलाई 'महिलाले घरभित्रका बाहेक समाजिक काम गर्दैनन्' भन्ने समाजको गलत धारणाले निकै पिरोल्यो । दक्षता र क्षमता भएका महिलाले प्रयास गर्दा पुरुषसरह काम गर्न नसक्ने कुनै कारण देखिनन् उनले । अनि अठोट गरिन- सामूहिक प्रयासमा महिलाले केही गरेर दुखाउनु पर्छ र समाजको गलत धारणा हटाउनर्ुपर्छ । नभन्दै, २०५७ चैत २६ मा स्थानीय केन्द्रकुमारी गौतम

    Detail
  • राष्ट्रिय सहकारी दिवस मनाइने

    सन्दकपुर संवाददाता इलाम, १२ चैत : चैत २० गतेका दिन राष्ट्रिय सहकारी दिवस इलाममा पनि मनाइने भएको छ । जिल्लाभरका सहकारी संघसंस्थाहरुको सहभागितामा दिवस मनाइन लागेको जिल्ला सहकारी संघले जनाएको छ । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ मनाइने उक्त दिवसममा राष्ट्रिय नारा अङ्कति व्यानरसहित बिहान साढे १० बजे टु“डिखेलबाट प्रभातफेरी निकालेर चोक बजार परिक्रमा गर्ने र

    Detail
  • सहकारीलाई २० थान कम्प्युटर र दराज वितरण

     १ कात्तिक २०७२, इलाम सन्दकपुर सम्वाददाताः पुर्वी पहाडका उत्कृष्ट २० सहकारीहरुलाई द ब्लुबेरी हिल च्यारिटेबल ट्रष्टले एक एक थान कम्प्युटर प्रदान गरेको छ । ट्रष्टले महिला जागरण संघ इलामको समन्वयमा एक कार्यक्रमको आयोजना गरि सफल परियोजना मार्फत प्रवद्र्धन गरिएका ति सहकारीहरुलाई एचपीको ब्राण्डेड कम्प्युटर प्रदान गरेको हो । युकेएडको आर्थिक तथा प्राविधिक सहयोगमा इलाम, पाँचथर र ताप्लेजुङमा दुई बर्ष समृद्ध पहाड परियोजना

    Detail
  • करोड भन्दा माथिका सहकारी संस्थाहरुको यर्थात हिसाब
    करोड भन्दा माथिका सहकारी संस्थाहरुको यर्थात हिसाब

     इलाम, २७ जेठ । करोड भन्दा माथिका सहकारी संस्थाहरुबाट रकम अनियमितता, हिनामिना जस्ता समस्या देखा पर्न थालेपछि डिभिजन सहकारी कार्यालय इलामले अनुगमन गर्न थालेको छ । शेयर सदस्यहरुले बचत गरेको पैसा पारदर्शि रुपमा नदेखाउने सहकारी संस्थालाई डिभिजन सहकारी कार्यालयले धमाधम अनुगमन, निरिक्षण तथा छड्के अनुगम गर्न थालेको हो ।    अनुगमनका क्रममा सहकारी संस्थामा देखा परेका समस्यालाई सच्याउन सुझाव दिइदै आएको कार्यालयले

    Detail
  • ५८ औं राष्ट्रिय सहकारी दिवसमा विभिन्न सहकारी पुरस्कृत
    ५८ औं राष्ट्रिय सहकारी दिवसमा विभिन्न सहकारी पुरस्कृत

    इलाम, २० चैत । ५८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी कार्यालय इलामले आफ्नो प्राधिकार क्षेत्र इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । ताप्लेजुङ बजारमा आयोजित कार्यक्रममा विभिन्न प्रारम्भिक सहकारी संस्था, विभिन्न गैससका प्रतिनिधि तथा नागरिक समाजका व्यक्तित्वहरु गरी करिब दुईहजारको संख्यामा उपस्थित भएको भेलाले ताप्लेजुङको कृषि भवनबाट शुरु गरेको ¥याली वीरेन्द्र चोकमा पुगेर कार्यक्रम

    Detail
  • आदर्शमा महादेव
    आदर्शमा महादेव

    सन्दकपुर संवाददाता इलाम, २६ पुस– आदर्श बहुउद्देश्यीय सहकारी संस्था इलामको दशौँ साधारण सभा तथा चौथो अधिवेशनले महादेव श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा महेश श्रेष्ठ रहेका छन् भने सदस्यहरुमा अर्जुन श्रेष्ठ, कृष्ण श्रेष्ठ, ज्ञानबहादुर राई, सिनेट श्रेष्ठ, रेखा श्रेष्ठ, बालकुमारी देवान, प्रविण श्रेष्ठ, सुदिप श्रेष्ठ र चन्द्रकला भक्तराज रहेका छन् । साधारणसभाको पहिलो सत्रमा संस्थाका पूर्व अध्यक्ष

    Detail
  • हरितनगरी कृषि सहकारीको साधारण सभा सम्पन्न
    हरितनगरी कृषि सहकारीको साधारण सभा सम्पन्न

    सन्दकपुर संवाददाता इलाम, २९ कात्तिक – उन्चालीस लाख ११ हजार बरावरको आर्थिक आयव्याय सार्वजनिक गर्दै हरित नगरी कृषि सहकारी संस्थाको दोश्रो साधारण सभा शुक्रबार इलाम सदरमुकाम स्थित कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको छ । पाँचसय ५२ जना शेयर सदस्य रहेको संस्थाको आर्थिक बर्ष ०७०÷७१ मा दैनिक बचत ३० लाख ५२ हजार २ सय ३७ रुपैयाँ निक्षेप रहेको छ । संस्थाको मासिक

    Detail
  • पञ्चकन्या र जोगमाईको साधारणसभा

        ् इलाम असोज २७ : देवीप्रसाद उप्रेतीलाई पुन अध्यक्षमा चयन गर्दै  पञ्चकन्या बहुउदेश्यीय सहकारी संस्था लि. सूर्योदय नगरपालिका ६ फिक्कलको एघारौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष उप्रेतीको अध्यक्षता एवम बयोबृद्ध समाजसेवी नरबहादुर बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न सभामा २३ लाख रुपैंयाँ आम्दानी र २० लाख रुपैंयाँ खर्च हुनको साथै ३ लाख रुपैंयाँ खुद नाफा भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको

    Detail
  • मेची पहाडमा पहिलो पटक ५ सहकारीबीच एकिकरण
    मेची पहाडमा पहिलो पटक ५ सहकारीबीच एकिकरण

    इलाम, ११ असोज सन्दकपुर संवाददाता डिभिजन सहकारी कार्यालय इलामले पहिलो पटक इलाममा रहेका ५ वटा सहकारीको विधिवत रुपमा एकिकरण गरेको छ । इलामकै उत्तरी पुवामझुवा गाविसमा रहेर विभिन्न उद्देश्य लिई संचालनमा रहेका सहकारीहरुबीच एकिकरण गरिएको हो । एकिकरणको लागि संयुक्त रुपमा डिभिजन सहकारी कार्यालय इलाममा सहकारीहरुले आवेदन गरेपछि सहकारी एकिकरण सम्बन्धि कार्यविधि २०७० अनुरुप डिभिजन सहकारी कार्यालय इलामका सहकारी अधिकृत माधवप्रसाद पोखरेलले

    Detail
  • अर्को सहकारी चिया कारखाना खुल्दै

    राजकुमार दहाल फिक्कल, १० असोज : सूर्योदय नगरपालिकाको फिक्कल सुदुङस्थित इलामेली चिया उत्पादक सहकारी संस्थाले चिया कारखाना निर्माण थालेको छ । सहकारीले आप्mनै लगानीमा कारखाना निर्माण थालेको हो । करिब ८५ लाखको लगानीमा निमार्ण हुने कारखानाको भवन निर्माण कार्य २० प््रातिशत काम सम्पन्न भएको सहकारीले जनाएको छ । चिया किसानहरुले चियापत्तिको उचित मूल्य नपाएको अवस्थामा अग्र्यानिक चिया उत्पादन गर्ने र कृषकको पत्तिको

    Detail
  • कन्यामको दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रले एक वर्षमा किन्यो डेढकरोड बढीको दूध

    राजकुमार दहाल इलाम, ६ असोज : सहकारी साझेदारी ब्यवसायद्वारा सञ्चालित सूर्योदय नगरपालिका ११को पाल्टाँगेस्थित कन्याम दुग्ध चिस्यान तथा प्रशोधन केन्द्रको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इकाराम प्रधानको समापतित्व एवम् जिल्ला दुग्ध सहकारी संस्था इलामका अध्यक्ष डिल्ली आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले २ करोड ४२ लाख ४४ हजार ३४४ रुपैयाँको आयब्यय विवरण पारित गरेको छ ।

    Detail
  • फिदिममा सहकारीको घुम्ती शिविर
    फिदिममा सहकारीको घुम्ती शिविर

    सन्दकपुर संवाददाता पाँचथर, ९ भदौ : इलामको डिभिजन सहकारी कार्यालयले पाँचथर सदरमुकाम फिदिममा आयोजना गरेको घुम्ती शिविरमा एकैदिनमा पाँचथरका ६० वटा सहकारी संघसंस्थाले सहभागिता जनाएका छन् । शिविरवाट संघसंस्थाको लेखापरीक्षण स्विकृति प्रदान गरिएको कार्यालयका सहकारी अधिकृत माधवप्रसाद पोख्रेलले जानकारी दिए । यसअघि पाँचथरका सहकारी संघसंस्थाले लेखापरिक्षण स्विकृतिका लागि इलामस्थित डिभिजन कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो ।  ‘यो शिविरमा यहाँका सहकारीहरुले पाँचथर–इलामको यातायात खर्च

    Detail
  • नवजीवनमा वीरबहादुर
    नवजीवनमा वीरबहादुर

    इलाम, ८ भदौ (सस) : अध्यक्ष र सचिवमा पुनः बीरबहादुर महत र राजेश थामीसहितको ११ सदस्यीय सञ्चालक समिति सर्बसम्मत चयन गर्दै नव जीवन कृषि सहकारी संस्था जोगमाई ५ को बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । गोपाल खड्का संयोजक तथा सदस्यहरु टेकबहादुर सुवेदी र गोपाल खड्का रहेको लेखा समिति पनि सभाले चयन गरेको छ । यस्तै ऋण अनुगमन समितिमा

    Detail
  • भवमा पुनः नरेन्द्रनाथ
    भवमा पुनः नरेन्द्रनाथ

    इलाम, ७ भदौ (सस): एक करोड रुपैंयाँ बराबरको आयब्यय पारित गर्दै भव कृषि सहकारी संस्था इलामको तेस्रो साधारण सभा सदरमुकाममा आज शनिबार सम्पन्न भएको छ । आयब्यय लेखा समिति संयोजक शिरोमणी भट्टराईले प्रस्तुत गरेका थिए भने सभामा संस्थाका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । २७४ जना शेयर सदस्य रहेको संस्थाको साधारण सभामा संस्थाले असल ऋणीहरु नामसालिङ्ग ५

    Detail
  • इकोमा सचेतना तालिम

    इलाम, ७ भदौ (सस): इलामको कोल्बुङ्गमा रहेको इको चिया उत्पादक सहकारी संस्थाको आयोजनामा सहकारी सचेतना सम्बन्धी तालिम आज शनिबार सम्पन्न भयो । संस्थाका २५ जना सदस्यहरुको सहभागिता रहेको तालिममा सहकारी र सहकारी संस्थाका सदस्यहरुको भूमिकाको बिषयमा तालिम दिइएको थियो । केन्द्रीय चिया उत्पादक सहकारी संस्थाको सहयोगमा सम्पन्न तालिममा बिमला राई र कृष्ण भट्टराईले सहजीकरण गरेका थिए ।

    Detail
  • दुईजना अग्रज बृद्ध सम्मानित
    दुईजना अग्रज बृद्ध सम्मानित

      इलाम, ७ भदौ (सस) : आज शनिबार दिउँसो सदरमुकामस्थित जिविसको हलमा सम्पन्न भएको भव कृषि सहकारी संस्थाको तेस्रो साधारण सभाको  उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल र स्थानीय विकास अधिकारी मदन कोइरालामार्पmत दुईजना अग्रजलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा इलाम बजार नारायणस्थानका कांग्रेस नेता तथा अग्रज समाजसेवी तोयानाथ भट्टराई र इनपा ८ पिपलबोटेका घनेन्द्र भट्टराई रहेका छने ।

    Detail
  • नयाँबजारमा पनि अलैँची सहकारी

    नयाँबजार, ४ भदौ : अलैँची खेतीको बिस्तार, संरक्षण तथा नयाँ प्राविधिक ज्ञान भित्र्याउनका लागि इलामको नयाँबजार गाविसमा महिलाको सक्रियतामा गुप्ती अलैँची उत्पादक सहकारी संस्था गठन भएको छ । शकुन्तला पौड्लको अध्यक्षतामा गठन भएको संस्थामा मोहनकुमारी तामाङ उपाध्यक्ष रहेकी छिन् । सदस्यहरुमा कुन्दन पौडेल जीवनकुमारी योल्मु, भानु थामी रहेका छन् । यसैगरी संस्थाको लेखा समिति संयोजक मनदेवी पौडेल, सदस्यहरु सुजाता तामाङ,

    Detail