space for add
space for add

राजनीति

  • दलहरूको सहमतिको बिरोध

    सन्दकपुर संवाददाता इलाम, 3 जेठ राजनैतिक दलहरुबीच मङ्गलबार ११ प्रदेश राख्ने बिषयमा भएको सहमतिप्रति असहमति जनाउँदै बुधबार इलामका विभिन्न सङ्गठन तथा लिम्बूवान सङ्घर्ष समितिले संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गर्दै बिरोध जनाएका छन् । सङ्घीयता कार्यान्वयन लिम्बूवान सङ्घर्ष समितिका संयोजक डिल्ली चेम्जोङ, नेपाल आदिबासी जनजाति महासङ्घका अध्यक्ष किरण सुनुवार, सङ्घीयता कार्यान्वयन लिम्बूवान सङ्घर्ष समितिका सचिव याम लिम्बू, मञ्च सम्बद्ध सङ्घीय लिम्बूवान राज्य

    Detail
  • इलामलाई राजधानी बनाउन प्रस्ताव

    सन्दकपुर संवाददाता इलाम, 3 जेठ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आगामी सङ्घीय प्रान्तको राजधानी ‘इलाम’लाई बनाउन प्रस्ताव गरेको छ । संविधान सभा विवाद समाधान उपसमिति र प्रमूख राजनीतिक दलहरूको सहमति, अन्तर्राष्ट्रिय सीमाना, आर्थिक विकास भौतिक पूर्वाधार, विश्वविद्यालयको दृष्टिले उपयुक्त रहेको र राज्य पुनःसंरचना समितिको प्रस्तावमा समेत इलामलाई राजधानी प्रस्ताव गरिएकाले सम्पूर्ण पक्षलाई यस कार्यलाई सहयोग गर्न अपिल गरेको

    Detail
  • दलहरुबीच ११ प्रदेश बनाउने सहमति

    काठमाडौं, 2 जेठ - बिहान ९ बजेदेखि प्रधानमन्त्री निवासमा बसेको ४ दलको बैठकले ११ प्रदेशमा राज्य पुनर्संरचना गर्ने सहमति गरेको छ। शासीयक स्वरुपका सम्बन्धमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा दलहरुबीच सहमति भएको छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्रीको विषयमा सहमति भएको बैठकमा सहभागी नेताले बताए। राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार जननिर्वाचित केन्द्रीय संसदले बाँडफाँड गर्ने सहमति भएको छ। दलहरुबीच भएको सहमति अनुसार

    Detail
  • लगातारको बन्दले इलामको ब्यापार ब्यवसायमा करोडौँको नोक्सान

    सन्दकपुर संवाददाता/इलाम, बैसाख ३१: पछिल्लो समयमा विभिन्न जाति, समूहले गरेको नेपाल बन्दको कारण इलामको ब्यापार ब्यवसायमा करोडाँै रूपैयाँ दैनिक घाटा हुँदै आएको छ । ब्यापारिक नगर इलाममा बन्दका कारण बैङ्क तथा बित्तीय संस्थाको करोडाँै रूपैयाँ कारोबार ठप्प हँुदै गएको छ । बैङ्कहरुमा सेवाग्राही पुग्दा गार्डले फर्काइदिने गरेको गुनासोहरु पनि बन्दका समयमा आउने गरेको सेवाग्राहीले बताएका छन् । त्यस्तै बन्दका

    Detail
  • काङ्ग्रेसको क्षेत्रीय भेला सम्पन्न

    इलाम, २३ बैसाख(सस) ः नेपाली काङ्ग्रेस क्षेत्र नम्बरको २ को क्षेत्रीय भेला शनिबार चुलाचुलीमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गिरीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस महासमिति सदस्य हरि खनालको प्रमूख आतिथ्यमा भेला सम्पन्न भएको हो । भेलामा काङ्ग्रेसका महासमिति सदस्य बेनुपराज प्रसाँईले काङ्ग्रेसले गाउँदेखि जिल्लासम्म यस्तै कार्यक्रमहरु अन्य क्षेत्रमा समेत परिचालन गर्ने हो भने,

    Detail
  • बन्दले जनजीवन प्रभावित, नेपाल बन्द फिर्ता

    सन्दकपुर संवाददाता इलाम, २० बैशाख ः ब्राह्मण समाज नेपालले बुधबार आह्वान गरेको पूर्वाञ्चल बन्दका कारण जनजीवन प्रभावित बनेको छ । बन्दका कारण इलाममा यातायातका साधन चलेनन् भने इलाम बजारसहित अधिकांश बजार बन्द रहेका थिए । शैक्षिक संस्था पनि बन्द रहेको पाइएको थियो । समाजले नै एक प्रेस विज्ञप्ति प्रकाशित गरि बुधबारको पूर्वाञ्चल बन्द सफल पार्न सहयोग गर्ने सम्पूर्ण क्षेत्रलाई धन्यबाद ब्यक्त

    Detail
  • सिन्धुको संयोजकत्वमा सङ्घर्ष समिति
    सिन्धुको संयोजकत्वमा सङ्घर्ष समिति

    इलाम, १९ बैशाख (सस), एकीकृत नेकपा (माओवादी)को वैद्यपक्षकी कार्यकर्ता सोममाया राई (सिन्धु)को संयोजकत्यमा इलाममा संयुक्त राष्ट्रिय जनसङ्घर्ष समिति गठन गरिएको छ । मङ्गलबार आयोजित पत्रकार भेटघाटमा सार्थक संविधान निर्माणका लागि दबाब दिन जिल्लास्तरमा १३ सदस्यीय समिति बनाइएको जानकारी दिइयो । समितिका सदस्यहरूमा प्रविण विक, रूद्र साम्पाङ, अशोक श्रेष्ठ, होम खतिवडा, सुमन पौडेल, धनकुमार लोरिन्देन, दिलप्रसाद नेम्बाङ, डम्बर राई, डुपछिरिङ काजी

    Detail
  • संघीयताबिनाको संविधानको काम छैन – मन्त्री विष्ट
    संघीयताबिनाको संविधानको काम छैन – मन्त्री विष्ट

    सन्दकपुर संवाददाता इलाम, १८ बैशाख – पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले नेपालमा जातीय पहिचानबिनाको सङ्घीयता र सङ्घीयताबिनाको संविधान बनेर काम नभएको बताएका छन् । सोमबार इलाम आइपुगेका मन्त्री विष्टले यस्तो बताएका हुन् । ‘सेना समायोजन, निर्वाचन प्रक्रिया, सङ्घीयता, न्याय प्रणाली, शासकीय स्वरुप र नागरिकता प्रणालीसहित ६ विषयका कुरामा मुलुकले फड्को मार्नुछ’, राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको सभापति

    Detail
  • राप्रयुसंघ गठन

     इलाम, १६ बैशाख (सस) ः राप्रपा नेपालको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्घको इलाम जिल्ला कार्य समिति शुक्रबार गठन गरिएको छ । लक्ष्मी गुरूङको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा कपिल कोइराला, सचिवमा रविन तामाङ, सहसचिवमा सनम यल्मु, कोषाध्यक्षमा सनत श्रेष्ठ रहेका छन् । सदस्यहरूमा लोकबहादुर प्रधान, उमेश पाण्डे, नारायण खत्री, तीर्थ पराजुली, धनबहादुर कन्दङ्वा, निमा लामा, राजेश यल्मु, दलबहादुर चौहान, दिपेश

    Detail
  • बैसाखभरमा मल आर्पूति सहज हुन्छ ः मन्त्री शाह
    बैसाखभरमा मल आर्पूति सहज हुन्छ ः मन्त्री शाह

     याम अधिकारी फिक्कल, १६ बैशाख ः कृषि तथा सहकारी मन्त्री अकवाल अहमद शाहले बैसाखभरमा चियाका लागि आवश्यक मल तथा औषधी सहज आपूर्ति ब्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय चिया दिवस मनाउन शनिबार इलामको कन्याम चियाबगान तथा चिया कारखानाको अवलोकन गरेर फिक्कल आइपुगेका मन्त्री शाहले फिक्कलस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको भवन अवलोकन गर्दै चिया तथा कृषि सम्बन्धी देखिएको समस्यामा आफू

    Detail
  • नगरमा काङ्ग्रेसको प्रशिक्षण

     सन्दकपुर संवाददाता, इलाम, १६ बैशाख, नेपाली काङ्ग्रेसले इलाम नगरपालिकामा वडास्तरीय प्रशिक्षण अभियान शनिबार सुरू गरेको छ । शनिबार वडा नं. ६ को तिल्केनीमा एकदिने वडास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा काङ्गे्रसको ऐतिहासिक पृष्ठभूमि, सङ्गठन सुदृढीकरण र नेतृत्व विकास, शान्ति प्रकृया र संविधान निर्माणमा काङ्ग्रेसको भूमिका, स्थानीय निकायमा काङ्ग्रेसको भूमिका र काङ्ग्रेसका भातृ सङ्घ÷संस्थाका बिषयमा सहजीकरण गरिएको थियो । काङ्ग्रेस

    Detail
  • युनियनले कालो पट्टी बाँधेर परीक्षामा भाग लिने

     सन्दकपुर संवाददाता इलाम, १६ बैशाख ः नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन इलामले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी कक्षा ११ र १२ को परीक्षामा असहयोग गर्ने जनाएको छ । युनियनले आइतबारदेखि हुने परीक्षा अवधिभर इलामका ३४ वटा सामुदायिक उच्च माविका सातवटा परीक्षाकेन्द्र अगाडि बिरोध सम्बन्धी नारा लेखिएका कालो ब्यानर राख्ने र प्रत्येक उमावि शिक्षकले परीक्षाअवधिभर हातमा कालो पट्टी बाँधेर मात्र

    Detail
  • पहिचानसहितको संघीयताको लागि सत्याग्रह

     इलाम, १४ बैशाख (सस) ः जातीय आधारमा सङ्घीयता माग गरि आन्दोलनरत क्षेत्रीय सङ्गठन तथा पार्टीहरूले संविधानसभा भवनको गेट नं. ३ मा अनसन बसेका छन् । सत्याग्रह नाम दिईएको अनसनमा सञ्जुहाङ पालुङ्वा, इन्द्रहाङ खम्बु, लक्ष्मण थारु, डिके बुद्धिष्ट लगायत क्षेत्रीय सङ्गठनहरूका प्रमुख रहेका छन् । बुधबारबाट शुरूभएको अनसन ३ दिनसम्म जरि रहने सङ्घीय लिम्बुवान राज्य परिषद् इलामका अध्यक्ष डम्बर लोरिन्देनले

    Detail
  • संसदीय सर्वोच्चता राख्न काङ्गे्रसको जोड

    सन्दकपुर संवाददाता, काठमाडौ, १४ बैशाख ः काङ्ग्रेसका अधिकांश केन्द्रीय सदस्य र सभासदहरूले शासकीय स्वरूपमा सहमति गर्दा संसदीय ‘सर्वोच्चता’ मा सम्झौता नगर्न दबाब दिएका छन् । मिश्रित मोडलमा सहमति गर्दा पनि संसद्लाई बलियो बनाउनुपर्ने उनीहरूको जोड छ । तीन दल र मधेसी मोर्चाका शीर्ष तहको मङ्गलबारको बैठकले मिश्रित मोडलमा जाने अनौपचारिक सहमति गरिसकेको छ । पार्टीभित्र बहस गरेपछि मात्रै त्यसलाई औपचारिकता

    Detail
  • सहमतिका लागि फेरि दुई दिन मागियो

    सन्दकपुर संवाददाता काठमाडौ, १३ वैशाख ः प्रमूख दलहरूले संविधानका विवादित बिषयमा सहमतिका लागि फेरि दुई दिनको समय मागेका छन् । संवैधानिक समितिको जारी बैठकमा नेपाली काङ्गे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमतिलाई अन्तिम रूप दिन समय चाहिएको भन्दै थप दुई दिन माग गरेका हुन् । बैठकले प्रमूख दलहरूको मागअनुसार सहमतिका लागि दुई दिनको समय थप्न कार्यव्यवस्था परामर्श समितिलाई सिफारिस गरेको छ । यसअघि दिइएको

    Detail