space for add
space for add

राजनीति

  • गठबन्धनले मात्र मुलुकमा समृद्धि ल्याउँछः नेम्वाङ

    सन्दकपुर संवाददाता इलाम, २० कात्तिक:  नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनले मात्र मुलुकलाई समृद्ध बनाउने बताएका छन्। सोमबार फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा आयोजित वाम कार्यकर्ता भेलामा बोल्दै नेम्वाङले अवको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकलाई समृद्ध बनाउने बताए। “पाँच वर्षसम्म स्थिर सरकार चलाएर मुलुकलाई आर्थिक विकासतर्फ उन्मुख गराउने लक्ष्य छ,” उनले भने– “समृद्ध नेपालको आधार तयार भएको छ, यसकै

    Detail
  • तीन ‘हेभिवेट’ को ‘भाग्यपरीक्षा’ हुँदै

    सन्दकपुर संवाददाता​ इलाम १८ कात्तिक  आउँदो मंसिर २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा मुख्यगरी ३ ‘हेभिवेट’ को ‘भाग्यपरीक्षा’ हुँदैछ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनाल, पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्बाङ र नेपाली कांग्रेसका नेता केशव थापा जिल्लामा चुनावी मैदानमा उत्रिएका छन् ।  रोचकचाहिँ के छ भने पटक–पटक जिल्लाबाट संसदीय निर्वाचनमा उठेकै व्यक्तिहरू पुनः तिनै पार्टीबाट सर्वसम्मत छानिएका छन् ।

    Detail
  • विद्यालय बन्द गरेर बाम गठवन्धनको चुनावी सभा

    सन्दकपुर संवाददाता झापा,१७ कात्तिक  दोस्रो चरणको निर्वाचनमा उम्मेद्वार दर्ताका लागि बाम गठवन्धनले झापामा विद्यालय बन्द गरेर चुनावी सभा गरेका छन् । झापाको सदरमुकाम चन्द्रगढीको बिरेन्द्र उच्च माध्यामिक विद्यालयमा बिहिवार बाम गठबन्धनले निर्वाचन घोषणा सभा गरेको हो । प्रधानाध्यापक टंक पाण्डेले विद्यालय बन्द त गरे नै विद्यालयकै खर्चमा मञ्च बनाएर बाम गठबन्धनलाई चुनावी सभाका लागि विद्यालय उपलव्ध गराए । बाम गठबन्धनद्वारा उम्मेरदवारी मनोनयन दर्ता

    Detail
  • दोस्रो चरणको निर्वाचनमा ३३५ महिलाको उम्मेदवारी

    सन्दकपुर संवाददाता काठमाडौँ, १७ कात्तिक  आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् । दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले

    Detail
  • वाम गठबन्धनको घोषणापत्र -‘१० वर्षमा गरिबीमुक्त मुलुक’

    सन्दकपुर संवाददाता काठमाडौँ , १७ कात्तिक  गाउँदेखि केन्द्रसम्म वामपन्थी सरकार’ भन्ने मूल नारा राख्दै एमाले–माओवादी केन्द्रसहितको वाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र तयार गरेको छ । आगामी १० वर्षभित्र गरिबीको रेखामुनि रहेका सबैलाई मुक्त गर्ने महत्त्वाकांक्षी लक्ष्य वामपन्थी गठबन्धनले बोकेको छ । भूकम्प र नाकाबन्दीपछि करिब २५ प्रतिशत हाराहारीमा रहेको गरिबीलाई दस वर्षभित्रै निर्मूल पार्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । दुई दिनअघि

    Detail
  • आज उम्मेदवार विरुद्ध उजुरी दिन सकिने

    सन्दकपुर संवाददाता काठमाडौँ , १७ कात्तिक  दोस्रो चरणमा हुने निर्वाचनका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि हिजो मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिन आज पाँच बजेसम्मको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले

    Detail
  • इलाममा ५१ जनाको उम्मेदवारी, लेप्चालाई पत्याएनन् ठूला दलले

    सन्दकपुर संवाददाता  इलाम १७ कात्तिक  दुई निर्वाचन क्षेत्र रहेको इलाममा १० वटा दलका १८ जनाले प्रतिनिधि सभाका लागि उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्यका लागि ३३ उम्मेदवार मैदानमा खडा भएका छन् । इलाममा प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र छन् ।प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । खनाल १ र नेम्वाङ

    Detail
  • पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता

    भीम चापागार्इं इलाम १६ कात्तिक आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँशक्ति पार्टी नेपाल, विवेशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् ।  आफ्नो दलका नेताहरूको मनोनयनपत्र दर्ताका लागि नेता–कार्यकर्ता बाजागाजा र तामझामसहित मुख्य निर्वाचन अधिकृतको

    Detail
  • झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न

    सन्दकपुर संवाददाता इलाम १६ कात्तिक एमाले नेता झलनाथ खनालले उम्मेद्धारि दिएको क्षेत्रबाट विवेकशील साझा पार्टिका २७ बर्षिय युवा सचेन घलेले उम्मेद्धारि दिएका छन । विवेकशील साझा पार्टिले इलाम क्षेत्र नं १ मा २७ वर्षिया सचेन घलेलाई उम्मेदवार बनाएको हो । घलेको प्रतिस्पर्धा यसपटक झलनाथ खनाल सँग हुनेछ । खनाल यसअघि पनि क्षेत्र नं १ बाट विजयी भैसकेका छन् । एमालेले पूर्वप्रधानमन्त्री खनाललाई क्षेत्र नं

    Detail
  • इलाममा वाम गठबन्धनद्वारा निर्वाचन गतिविधि तीव्र, केन्द्रीय नेताले सम्बोधन गर्ने

    सन्दकपुर संवाददाता कात्तिक १५,इलाम वाम गठवन्धन  इलामले आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ।  वाम गठबन्धन निर्वाचन परिचालन समितिमा नेकपा (एमाले)का तर्फबाट रामबहादुर राना, भक्त केसी, महेश बस्नेत, गणेश बराल, नवराज शंकर, चित्रकला बराइली तथा नेकपा (माओवादी केन्द्र)का तर्फबाट कान्छा लावती, सिन्धु राई, राज राई, तेजबहादु राई र अनिल बराइली रहेका छन्। समितिले

    Detail
  • संघीय समाजबादीका अध्यक्षलाई कांग्रेसबाट टिकट

     सन्दकपुर संवाददाता , कात्तिक १५,इलाम संघीय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष देबेन्द्र राई कांग्रेसमा प्रबेश गरेका छन् । राई कांग्रेस प्रबेश गरेसँगै नेपाली कांग्रेसको क्षेत्र  नम्बर १ को १ बाट उम्मेदवारी बनेका छन् । यस क्षेत्रमा कांग्रेसका बिभिन्न व्यक्तिका बिभिन्न आकांक्षी रहेपनि कांग्रेसले राईलाई नै उम्मेदवारको नाम दिएको छ । यस क्षेत्रबाट बाम गठबन्धनबाट नेकपा एमालेकी खिनु लङवाको उम्मेदवारी परेको छ । 

    Detail
  • स्थानीय तहको मतआधारमा इलाममा चुनावको अंकगणित

    सन्दकपुर संवाददाता​ इलाम १५ कात्तिक प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा इलाम जिल्लामा कुन राजनैतिकदलले कति सीट जीत्लाभन्ने चासो बढ्न थालेको छ । नयाँप्रदेशको लागिभएको भौगोलिक संरचना , नया ँप्रतिनीधिसभाको सिट संख्याले झट्टै अनुमान लगाउन पनि हम्मे हम्मे परेको छ । कतिपय सर्व साधारणलाई अहिले सम्म प्रदेश सभा क्षेत्रकता हो र प्रतिनीधिसभाको क्षेत्रमा कुन तह कहाँ पर्छ भन्ने पनि जानकारी नभएको पाइएको छ

    Detail
  • इलाममा कांग्रेसले उम्मेदवार टुङ्गो लाग्यो

    सन्दकपुर संवाददाता इलाम, १५ कात्तिक :  नेपाली कांग्रेसले पनि इलामबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ । प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट भुपेन्द्र कट्टेल र क्षेत्र नम्बर २ बाट पूर्व सांसद केशव थापा चुनावी मैदानमा उत्रिएका छन् । यसैगरि प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ को (१) मा देवेन्द्रकुमार राई र १ को (२) मा दुर्गा बराल रहेका छन्

    Detail
  • इलाम बाम गठबन्धनको उम्मेदवार टुङ्गो

    सन्दकपुर संवाददाता इलाम, १५ कात्तिक   मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले–नेकपा माओवादी केन्दको वाम गठबन्धन तथा नेपाली कांग्रेसले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम अन्तिम टुंगो लगाएका छन् । उम्मेदवारको मनोनयन दर्ता गर्ने अघिल्लो दिन (बुधबार) मात्र दलहरूले सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिएका हुन् । एमाले स्थायी कमिटीको मंगलबार राति अबेरसम्म बसेको बैठकले प्रत्यक्षतर्फका सबै उम्मेदवारको नाम टुंग्याएको छ

    Detail
  • अलग अलग मतपत्र छापिने, अर्बौंको भार, मतदान झन्झटिलो

    सन्दकपुर संवाददाता काठमाडौँ, १३ कात्तिक  सर्वोच्च अदालतमा प्रगति विवरण पेस गर्नु अघिल्लो दिन निर्वाचन आयोगले महत्वपूर्ण निर्णय गर्‍यो, ‘प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतपत्र अलग(अलग बनाउने ।’ मतदानको २८ दिनअघि आयोगले मतपत्रबारे गरेको निर्णय ‘निर्वाचनको सुनिश्चितता’ का लागि भएको आयोगको दाबी छ । सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधिसभाको मतपत्र अलग हुनुपर्ने ‘बाध्यकारी’ भन्दै आयोगसँग प्रगति विवरण मागेपछि निर्वाचनबारे झस्किएको आयोगले आइतबार एकाएक मतपत्र अलगअलग

    Detail
  • प्रदेश संरचनामा आठ खर्ब ५० अर्ब लाग्ने अनुमान

    सन्दकपुर संवाददाता काठमाडौँ, १३ कात्तिक  प्रदेश संरचना व्यवस्थापनका लागि करिब आठ खर्ब ५० अर्ब रुपैयाँ अतिरिक्त रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रदेशमा अत्यावश्यक पूर्वाधार निर्माण, सवारीसाधन खरिदका साथै सुरुको तीन वर्ष सेवा प्रवाहका लागि आर्थिक सहयोग दिन उक्त रकम आवश्यक पर्ने अनुमान गरिएको हो। रकम जोहो गर्न अर्थ मन्त्रालयले दाता गुहार्न थालेको छ। ‘अध्ययनै त भएको छैनु, अर्थको आर्थिक सहायता

    Detail
  • दाहाल ज्वाइँको टिकटले ‘खैलाबैला

     अजित तिवारी विराटनगर १२ कात्तिक  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका कान्छा ज्वाइँ मोरङबाट प्रदेशसभाका लागि सिफारिसमा परेका छन् । उनको सिफारिससँगै मोरङ माओवादीको असन्तुष्टि छताछुल्ल भएको छ ।  मोरङ क्षेत्र नम्बर ६ को (क) बाट दाहालका ज्वाइँ जीवन आचार्यलाई प्रदेशसभाका लागि टिकट सिफारिस गरिएको छ । अध्यक्ष दाहालले मोरङको ६ (क) बाट ज्वाइँ नै उम्मेदवार हुने संकेत अरु आकांक्षीहाई दिइसकेका छन् । ‘मोरङका

    Detail
  • एमाले–माओवादी केन्द्रबीच एकतामा चुनौती

    सन्दकपुर संवाददाता काठमाण्डौ १२ कात्तिक: नेपालमा बेलाबखत हुने एउटै कम्युनिष्ट पार्टी निर्माणको बहसलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनले पुनः तताएको छ ।  आगामी मङ्सिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल हुँदै निर्वाचनपछि पार्टी एकता गर्ने यी दलको समभ्mदारी र घोषणाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत ध्यान तानेको छ । वाम गठबन्धन बनेसँगै नेपाली काङ्ग्रेसले

    Detail
  • निर्वाचनलाई अनिश्चिततातर्फ धकेल्ने किसिमका प्रचारबाजी नगर्न आयोगको आग्रह

    सन्दकपुर संवाददाता काठमाण्डौ,​ १२ कात्तिक:  शून्य समयमा सुरक्षाकर्मीबाट निष्पक्ष रुपमा अनुगमन तथा भारतबाट आयात हुने राजनीतिक दलको चुनाह चिन्ह अंकित टोपी, गञ्जी र गम्छा जफत गरी कारबाही गर्नुपर्ने शनिबार यहाँ आयोजित निर्वाचन अन्तक्र्रियामा दलहरुले सुझाव दिएका छन् ।  क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित अन्तक्र्रियामा सहभागी दलका प्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विवरण दिँदा आयोगले कारबाही नगरेको, सुरक्षाकर्मीले सबै दललाई समान व्यवहार गर्नुपर्ने, आयोग मतदाता शिक्षामा

    Detail
  • रमण प्रदेशसभामा सर्वसम्मत उमेद्धवार

    सन्दकपुर संवाददाता इलाम १२ कात्तिक:   बाम गठबन्धनबाट माओवादी केन्द्रले इलामको प्रतिनिधिसभाको क्षेत्र नम्बर २ को ख को उमेद्धवार छनौट गरेको छ । गठबन्धनको केन्द्रिय कार्यदलबाट माओवादी केन्द्रले प्रदेशसभाको एक क्षेत्र पाउने निर्णय भएपछि माओवादी केन्द्रको सचिवालय बैठले उमेद्धवार छनौट गरेको हो ।  माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आथित्यमा इलाममा बसेको सचिवालय बैठले जिल्ला इञ्चार्ज धिरेन सर्मा रमणलाई उमेद्धवार बनाउने सर्वसम्वत निर्णय

    Detail