राजनीति

  • निर्वाचनका लागि इलाममा तीन हजार सुरक्षाकर्मी परिचालन

    सन्दकपुर संवाददाता इलाम, १७ मङ्सिर  यही मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाम जिल्लाको सुरक्षा व्यवस्था सबल, सुदृढ र मजबुत रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।  चुनावी सुरक्षामा नेपाली सेनासहित, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।  निर्वाचन सुरक्षाका लागि तीन हजार सुरक्षाकर्मी परिचालन हुने प्रमुख जिल्ला अधिकारी

    Detail
  • इलाममा निर्वाचनका लागि ३२०४ कर्मचारी परिचालन

    सन्दकपुर संवाददाता इलाम, १७ मङ्सिर  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि दुई हजार २०४ कर्मचारी र एक हजार स्वयम्सेवक गरी तीन हजार २०४ कर्मचारी परिचालन भएका छन् ।  प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, नामावली रुजु गर्ने कर्मचारी एक जना, तीन वटा मतपत्र दिने तीन जना अलगअलग तीन कर्मचारी, दुई जना सहयोगी र दुई जना स्वयम्सेवक खटाइएको

    Detail
  • इलाममा चुनावी सरगर्मी

    मङ्गलबारे, इलाम, १६ मङ्सिर (रासस)   पहिलो चरणको निर्वाचन सकिएलगत्तै दोस्रो चरणको सरगर्मी बढेको छ । कुल दुई लाख चार हजार ५० मतदाता रहेको पूर्वी पहाडी जिल्ला इलामका उम्मेदवारले चुनावी प्रचारलाई तीब्रता दिएका छन् । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको इलाममा प्रत्यक्षतर्फ छ जना प्रतिनिधि आवश्यक पर्छ । यहाँ निर्वाचन क्षेत्र १ मा आठ दल र २ मा १० दल गरी जम्मा

    Detail
  • यसरी गरिँदैछ मतपेटिका सुरक्षा

    सन्दकपुर संवाददाता इलाम, ११ मङ्सिर इलाम- पाँचथर र ताप्लेलुङमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि साँझदेखि नै मतपेटिका सदरमुकाम ल्याइँदैछ। ताप्लेजुङका केही मतदान केन्द्रको मतपेटिका भने सोमबार दिउँसो मात्रै हेलिकप्टरमा सदरमुकाम ल्याउने तयारी छ। पाँचथरमा बढीमा १ सय ५ किलोमिटर टाढाबाट मतपेटिका ल्याउनुपर्दा सोमबार बिहानसम्म लाग्ने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। नजिकैका मतदान केन्द्रको मतपेटिका भने राति १२ बजेसम्ममा सदरमुकाम

    Detail
  • ६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?
    ६५ प्रतिशत मतदान, कहाँ कति खस्यो ?

    काठमाडौँ , ११ मंसिर  संघ तथा प्रदेशसभा सदस्य चयनका लागि आइतबार सम्पन्न पहिलो चरण चुनावमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको छ । यो स्थानीय तह निर्वाचनभन्दा केही कम प्रतिशत हो । निर्वाचन आयोगले सबै स्थानको विवरण संकलनपछि केही प्रतिशत बढ्न सक्ने जनाएको छ । आइतबार ३२ जिल्लाका ३७ प्रतिनिधिसभा सदस्य र ७४ प्रदेशसभा सदस्य चयनका लागि पहिलो चरणमा मतदान भएको हो ।

    Detail
  • सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा राष्ट्रपतिको जोड
    सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनमा राष्ट्रपतिको जोड

    सन्दकपुर संवाददाता इलाम, ११ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन हुनुपर्ने बताएकी छिन् । दक्षिणी इलामको चुलाचुली गाउँपालिका १ स्थित कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सवको उद्घाटनका अवसरमा नुमाङ्गेना सेवा संघको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले सबै भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको कर्तब्य भएकामा जोड दिइन्

    Detail
  • इलाममा निर्वाचनको तयारी तिब्र

    सन्दकपुर संवाददाता इलाम ४ मङ्सिर प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न इलाममा तिब्र रुपमा तयारी भइरहेको छ । राजनीतिक दलहरुले प्रचारप्रसारलाई तिब्रता दिएसँगै जिल्लास्थित मुख्य निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र जिल्ला सुरक्षा समितिले सफलताका साथ निर्वाचन सम्पन्न गर्न तयारी तिब्र बनाएका हुन् । जिल्ला निर्वाचन कार्यालयबाट आवश्यक सामग्री लिएर मतदाता शिक्षा कार्यकर्ता अहिले गाउँगाउँमा सक्रिय भएका छन् । जिल्ला निर्वाचन कार्यालयले नमुना

    Detail
  • जनमुक्ति पार्टी राष्ट्रिय पार्टी बन्ने

    सन्दकपुर संवाददाता इलाम, २७ कात्तिक  राष्ट्रिय जनमुक्ति पाटी (राजपा)का अध्यक्ष खड्गप्रसाद पालुङ्वाले आफ्नो पार्टी आगामी निर्बाचनमा ‘थ्रेस होल्ड’ कटाएर राष्ट्रिय पार्टी बन्ने पक्का रहेको बताएका छन् ।  आइतबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन मार्फत पार्टीको घोषणा पत्र सार्बजनिक गर्दै  पालुङ्वाले मुलुकमा परिबर्तन हुनका लागि आफ्नो पाटीले अहिलेका उपलब्धीहरूका बारेमा पटक पटक आवाज उठाइरहेको समेत जानकारी दिए । उनले मुलुकमा धर्म निरपेक्षता र सङ्घीयता हुनुपर्छ भन्ने

    Detail
  • बाम गणबन्धनले नयाँ उत्साह

    सन्दकपुर संवाददाता इलाम, २७ कात्तिक  बाम गणबन्धनले नयाँ उत्साहजनक राजनीतिक परिस्थिति स्थापित गरेको र यस गठबन्धनबाट आफूहरू उत्साहित भएको भन्दै नेकपा एमाले र माओबादी केन्द्र निकटका प्राध्यापक सङ्गठनहरूले शनिबार संयुक्त बिज्ञप्ती निकालेका छन् ।  नेकपा एमाले निकट नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन महेन्द्र रत्न बहुमुखी क्याम्पस इकाईले आइतबार संयुक्त बिज्ञप्ती निकाल्दै गठबन्धनलाई आफुनो पूर्ण समर्थन रहेको

    Detail
  • लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई मत : नेम्वाङ

    सन्दकपुर संवाददाता इलाम, २६ कात्तिक  पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँचवर्ष स्थिर सरकार र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा मत दिन आग्रह गरेका  छन् ।  इलाम क्षेत्र नं २ अन्तर्गत शनिबार चुलाचुलीमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पूर्वसभामुख नेम्वाङले संविधानले जनतालाई दिएको अधिकार अब वाम गठबन्धनले पूरा गर्ने बताए ।  यसअघि एमालेले गाउँमा धेरै विकास गरेको र अब त्यसलाई पूर्णता दिन पनि वाम गठबन्धनलाई बहुमत

    Detail
  • युवा संघ र वाइसीएलको निर्वाचन परिचालन समिति

    सन्दकपुर संवाददाता इलाम, २६ कात्तिक  इलाम सदरमुकाममा युवा संघ नेपाल र वाइसिएल नेपालको संयुक्त बैठक बसेर आगामी निर्बाचनका लागि निर्बाचन परिचालन  समिति गठन गरिएको छ । बैठकले इलामको क्षेत्र नम्बर २ को प्रदेश नम्बर १ मा यूवा संघका कर्णबहादुर राईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ भने वाइसिएलका हर्क बुढाथोकी (रबीन)को संयोजकत्वमा पनि ११ सदस्यीय नै समिति गठन गरेको छ

    Detail
  • इलामको २ ‘ख’मा माओवादी केन्द्रका बागी उम्मेदवारको आप्mनो चुनाव चिन्हमा मत नहाल्न आग्रह

    सन्दकपुर संवाददाता इलाम, २४ कात्तिक   इलामको क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवारको बागीको रुपमा स्वतन्त्रबाट उम्मेदवारी दिएका दिपेन्द्र बस्नेतले आपूmले माओवादी केन्द्रका उम्मेदवार धिरेन्द्र शर्माको मत माग्दै हिँड्ने जनाएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै आपूm उम्मेदवारको रुपमा रहेपनि आप्mनो चुनाव चिन्हमा मत नहाल्न मतदातालाई आग्रह गरेका छन् ।  यसअघि स्थानीय तहको निर्वाचनमा माङ्सेबुङ

    Detail
  • शैक्षिक गतिविधि गर्न माग राख्दै अखिल क्रान्तिकारीको ज्ञापनपत्र

    सन्दकपुर संवाददाता इलाम, २४ कात्तिक   नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले बिहीबार देशभर ७५३ वटै स्थानीय तह र जिल्ला शिक्षा कार्यालयमा विभिन्न शैक्षिक गतिविधि गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।  क्रान्तिकारीले देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा जिल्ला शिक्षा अधिकारीलाई स्थानीयस्तरबाट शैक्षिक गतिविधि सञ्चालन गर्नका लागि ज्ञापनपत्र बुझाएको क्रान्तिकारीले जनाएको छ ।  अधिकारसम्पन्न स्थानीय तह बनेपछि स्थानीय तहबाट शैक्षिक क्रियाकलाप हुनुपर्ने

    Detail
  • कर्मचारी मताधिकार विवाद : आन्दोलनको चेतावनी

    काठमाडौँ , २३ कात्तिक  प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि धावा बोल्न खोजेको भन्दै एमालेनिकट निजामती कर्मचारी संगठन, कांग्रेसनिकट निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट राष्ट्रिय कर्मचारी संगठन र मधेसी दलनिकट

    Detail
  • देशको विकासका लागि गठबन्धनको विकल्प छैन : नेम्वाङ

    सन्दकपुर संवाददाता इलाम, २३ कात्तिक  नेकपा (एमाले) का नेता सुवास नेम्वाङले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् ।  वाम गठबन्धनद्वारा इलाम नगरपालिका ९ मा बुधबार आयोजित चुनावी सभामा उनले मुलुकमा कम्युनिष्टले जितेर अधिनायकवाद ल्याउँछन् भनेर विपक्षी दलका नेताहरूको अभिव्यक्ति दुःखदायी भएको धारणा व्यक्त गरे ।  इलाम क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका  पूर्वसभामुख नेम्वाङले यस्ता खालका अभिव्यक्तिले विपक्षीलाई नै असर पुग्ने

    Detail
  • काङ्ग्रेको पनि इलाममा चुनावी अभियान जारी

    सन्दकपुर संवाददाता इलाम, २२ कात्तिक  मङ्सिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि नेपाली काङ्ग्रेस इलामले पनि प्रचार प्रसार तथा घर दैलोको कार्यक्रमलाई तिब्रता दिएको छ । निर्बाचनका लागि काङ्ग्रेसले मंगलबार मात्रै कार्यक्रम सुरु गर्ने तालिका बनाए पनि उम्मेदवारहरुले केही दिन अघिदेखि नै गाउँगाउँमा कार्यक्रम गर्दै आएका छन् । केही दिनयता काठमाण्डौबाट आएपश्चात काङ्ग्रेसका नेताहरु गाउँ पसेपनि अझै

    Detail
  • छैटौं ‘लडाइँ’ मा माओवादी भर

    सन्दकपुर संवाददाता इलाम, २१ कात्तिक युवालाई अवसर नदिएर किन आफैं उम्मेदवार बन्नुभयो ?’ यस्तो प्रश्न सुन्नेबित्तिकै एमाले वरिष्ठ नेता (पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री) झलनाथ खनाल मुस्काए । ‘म पनि त ६८ वर्षीय युवा हुँ,’ बुढ्यौली छोप्दै उनले ठट्यौली शैलीमा भने, ‘यो उमेरमा झन् सक्रिय हुन मन लाग्दोरहेछ ।’ खनालले फेरि उम्मेदवार बन्ने चाहना गरेपछि अन्य नेताले चुनाव लड्ने सपनै देखेनन् । उनी सर्वसम्मत उम्मेदवार

    Detail
  • निर्वाचनमा ४३ अर्बको कारोबार : सरकारमार्फत २० अर्ब तथा उम्मेदवारमार्फत २३ अर्ब परिचालन हुँदै

    सन्दकपुर संवाददाता काठमाडौँ , २१ कात्तिक  आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा करिब ४३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उम्मेदवार र राजनीतिक दलहरूले २३ अर्बभन्दा बढी र निर्वाचन आयोग र सरकारले २० अर्बभन्दा बढी खर्च गर्नेछन् । सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनमा गर्ने खर्चका कारण अर्थतन्त्र गतिशील हुनेछ । प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरूले निर्वाचन प्रचार प्रसारका

    Detail
  • सुवास नेम्बाङसँग भिड्दैछन् ८७ वर्षीय बृद्ध दलबहादुर

    भगीरथ भण्डारी इलाम, २१ कात्तिक  मङ्सिर २१ गते हुन लागेको प्रतिनिधी सभाको निर्वाचनमा इलामका एकजना ७८ वर्षीय बृद्धले उम्मेदवारी दिएका छन् । उनले इलामको क्षेत्र नम्बर २ मा पूर्व सभामुख सुवास चेन्द्र नेम्बाङसँग भिड्नेगरी मनोनयन दर्ता गराएका हुन् ।  इलामका उम्मेदवारहरूमध्ये सबैभन्दा बढी उमेरका ती दलबहादुर राईले राष्ट्रिय जनता पार्टीका तर्पmबाट उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनी चुलाचुली

    Detail
  • इलाममा छ स्थानका लागि ५१ जना उम्मेदवार

    सन्दकपुर संवाददाता इलाम, २१ कात्तिक मङ्सिर २१ गते सम्पन्न हुने निर्वाचनका क्रममा इलाम जिल्लामा प्रतिनिधी सभाका लागि दुई वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चारवटा निर्वाचन क्षेत्र गरी छ वटा निर्वाचन क्षेत्रमा ५१ जना उम्मेदवारले प्रतिष्पर्धा गर्ने भएका छन् । यसअघि प्रत्यक्ष तर्पmको उम्मेदवारी दिएका इलामका ५२ जना उम्मेदवारमध्ये एकजनाले फिर्ता लिएपछि ५१ जना प्रतिष्पर्धामा देखिएका हुन् । निर्वाचन आयोगको दोस्रो चरणको

    Detail