• आइतबार ३-१०-२०७५/Sunday 06-24-2018
  • 04:24:01

हटियामा गुन्द्रुक सिन्की


इलाम, २५ जेठ : इलामका विभिन्न हटियाहरुमा तरकारी र अचारको रुपमा प्रयोग हुने गुन्द्रुक र सिन्की पनि खरिद बिक्री हुने गरेको पाइएको छ । गाउँघरमा रोपिने गरेको मुलाबाट घरैमा तयार गरिएको गुन्द्रुक र सिन्की स्थानीय हाटबजारमा प्रतिकिलो तीनसयदेखि तीन सय पचार रुपैयाँ सम्ममा बिक्री हुने गरेको पाइएको हो । 
बिहीबार फिक्कलको हटियामा स्थानीय सूर्योदय नगरपालिका १० छिपिटारका लोकबहादुर प्रधानले पनि गुन्द्रुक र सिन्की बिक्रीका लागि फिँजाएर राखेका थिए । उनले प्रतिकिलो ३०० रुपैयाँमा र पावा खरिद गर्नेलाई प्रतिपावा ८० रुपैयाँमा सिन्की बेच्ने गरेको बताए । त्यस्तै गुन्द्रुक प्रतिपावा ४० रुपैयाँमा र प्रतिकिलो १५० रुपैयाँमा बिक्री हुने गरेको उनको भनाई थियो । 
गाउँघरमा छिमेकीहरुले नै बनाएको गुन्द्रुक सिन्की सङ्कलन तथा खरिद गरि हटियासम्म ल्याएर बेच्ने गरेको लोकबहादुरको भनाई छ । उनका अनुसार धेरै नभएपनि हटियामा खरिद गर्न आउनेले एक पावा आधा किलो खरिद गर्ने गरेका छन् । एक हटियामा पाँच देखि १० किलोसम्म सिन्की बिक्री हुने गरेको उनले बताए । 
लोकबहादुरले आप्mनी छोरीले सञ्चालन गरेको दालको पसलमा गुन्द्रुक राखेर फिक्कलमा बसेका थिए । उनले आपूmले छोरीलाई सघाएको बताएका छन् । गाउँमा सेतो मुला रोपेर उत्पादन गरि सेतो मुलाको सिन्की बनाइएको र मुलाकै गुन्द्रकु बनाइएको पनि लोकबहादुरको भनाई थियो ।

प्रतिकृया दिनुहोस