• आइतबार ३-१०-२०७५/Sunday 06-24-2018
  • 04:34:32

इलामको सुकिलुम्बा  ः  प्राविधिक रुपमा उपयुक्त 

इलाम २५ जेष्ठ : बहुप्रतिक्षित इलामको सुकिलुम्बा विमानस्थलमा परिक्षण उडान सफल भएको छ । उडान सफल भएपछि इलामबासीले व्यवसायिक उडानको लागि गृहकार्य गर्न र योजना बनाउन  आग्रह गरेका छन् । धुलोयुक्त विमानस्थलमा मध्य जेठमा इलामको आकाशमा हवाइजहाज देखेपछि स्थानीय हर्षित भएका छन् । 
नागरिक उड्डयन प्राधिकरणले सुकिलुम्बा विमानस्थलमा परिक्षण उडानका लागि तारा एयरसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार गत सोमबार तरा एयरले विमान सुकिलुम्बामा अवतरण गरेको थियो । चालक दलका सदस्यहरु प्रभाकर घिमिरे र सञ्जिव मिश्रले १८ सीट क्षमता भएको ट्वीन अटर विमान सुकिलुम्बाममा पुर्याएर प्राविधिक परिक्षण गरेका थिए । प्राधिकरणका प्रमुख इञ्जिनियर पुष्प न्यौपानेले चालक दलसहितको प्राविधिक टोलिले प्राधिकरणलाई सुकिलुम्बा विमानस्थल व्यवसायिक उडानका लागि उपयुक्त भएको रिपोर्ट बुझाएको जानकारी दिएका छन् । चालकहरुले तत्कालै पनि खाल्डाखुल्डी पुरेर अझै व्यवस्थित बनाउन सुझाव दिएका थिए । 
सुकिलुम्बा विमानस्थल सकुशल रुपमा जहाज ल्याण्ड गर्न मिल्ने रिपोर्ट बुझाएका छन् । अप्रोच पनि राम्रो छ । विमानस्थलमा कुनै जनावर , हावा वा अन्य कारणले मिस एप्रोच भएमा पनि पुन घुमाएर ल्याण्ड गर्न मिल्ने सम्भावना धेरै रहेको रिपोर्टमा उल्लेख छ । नेउपानेले भने । प्राविधिक रिपोर्टमा हाल टावर बनाउनका लागि धावनमार्गको तल्लो छेउमा रहेका ढिस्कोलाई अझै हटाउनु पर्ने उल्लेख रहेको बताइएको छ । टावर र टर्मीनल बनाउनका लागि राखिएको उक्त स्थानलाई टर्मीनल तल्लो तलामा र टावर मात्र माथि राखेर पनि निर्माण गर्न सकिने प्राविधिकहरुको सुझाव रहेको छ । 
इलाम बजारदेखि करिव ६ किलोमिटर दक्षिणमा रहेको भञ्ज्याडमा रहेको सुकिलुम्बा विमानस्थल बनाउन हाल सम्म १८ करोड रुपैया लागेको विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलमा अझै करिव ४५ करोड अनुमानित खर्च लाग्ने समेत नेउपानेले बताए । यो वर्ष धावन मार्ग विस्तार र ढल व्यवस्थापनका लागि काम भइरहेको र साउन मसान्त सम्ममा काम सक्ने उनले बताए । 
विमानस्थलमा ग्राभल गरेर पनि व्यवसायिक उडान गर्न सकिने प्राविधिक रिपोर्ट भएपनि अझै कालोपत्र गर्ने कार्य , टर्मीनल, फेन्सीड., एप्रोच रोड र पार्कीड. जस्ता कार्य निर्माण गर्न  बाँकी रहेको छ । यसका लागि सरासर काम भएमा व्यवसायिक उडानका लागि अझै दुइ वर्ष समय थप लाग्ने उनले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणको बजेट स्वीकृति नभएकाले सुकिलुम्बा विमानस्थलका लागि माग भएको बजेट कति हुन्छ भन्ने थाहा नभएको विमानस्थल आयोजना प्रमुख न्यौपानेले बताए । उनले तत्कालै विमानस्थल कालोपत्र गर्न र टावर निर्माण गर्न बजेट भएमा व्यवसायिक उडानका लागि सहज हुने बताए । 
निर्माणाधिन सुकिलुम्बा विमानस्थल सुदुर पहाडको पहिलो विमानस्थल हो । यो विमानस्थल निर्माण भएमा ताप्लेजुड., पाँचथर , इलाम , तेरथुम जिल्लाका साथै भारतको दार्जिलिड. क्षेत्रका बासीन्दालाई हवाइ यातायात सहज हुने देखिन्छ ।

   


 

प्रतिकृया दिनुहोस