• शुक्रबार ८-२८-२०७५/Friday 12-14-2018
  • 09:17:26

राजदुवाली खण्डमा भइरहेको एङ्करिङ अझै सकिएन

इलाम, २० जेठ :  मेची राजमा र्गको राजदुवाली खण्डमा हुँदै गरेको एङ्करिङ अर्थात् रड र सिमेण्टको घोला प्वालबाट पठाएर जमिनमुनी पक्की बनाउने काम चालु आर्थिक वर्षमा नसकिने भएको छ । गत आर्थिक वर्ष २०७३÷०७४ भित्रै सम्पन्न गर्नेगरि तीन वर्ष अघि नै काम शुरु भएपनि अभैmसम्म नसकिएको हो ।
बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राबेल भर्ने, तारजालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने कामको ठेक्का लिएको स्वच्छन्द जोशी सफल जेभी निर्माण कम्पनीले अझसम्म काम सम्पन्न गर्न नसकेको हो । पूर्वी नेपालमा एङ्करिङको काम परीक्षणको रूपमा पहिलो पटक हुँदै गरेको, उक्त कामको लागि मेशिन, रड लगायतका सामान बिदेशमा मात्र पाइने गरेको र एङ्करिङ गर्दा विविध कारणले अत्यन्तै ढिलो हुने गरेकोले यो वर्ष काम सम्पन्न नहुने कम्पनी डाइरेक्टर भीम गजुरेलले बताएका छन् ।
गजुरेलका अनुसार गत असारमा म्याद थपेर पनि काम भइरहेको छ । तर मेशिन नेपालमै नपाइने, कुनै समस्या आउँदा बिदेशसम्म पुगेर मर्मतको काम गर्नुपर्ने भएकाले अनि प्वाल बनाएर रड, सिमेण्ट र केमिकल जमिनमुनी पु¥याउन समय लाग्ने भएकाले यो वर्ष नसकिने भएको उनको भनाई थियो ।
पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलो पटक मेची राजमार्गको राजदुवाली खण्डमा एङ्करिङ हुँदैछ । यसले माटो भासिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट राक्ने भनिएको छ । यो कामको अनुभव नहुनु, सामान स्वदेशमा पहुँच नहुनु जस्ता कारणले ढिलो भइरहेको पाइएको हो । यसअघि यो काम सिन्धुली बर्दीबास सडक र मुग्लीन नारायणगढ सडकमा भइसकेको छ । राजदुवाली खण्डमा सफल भए मेची राजमार्गकै ताप्लेजुङ खण्डमा पनि यही प्रविधि अपनाउने योजना सडक विभागको छ ।
कम्पनीले हालसम्म कालोपत्रे गर्ने र एङ्करिङ बाहेकको काम सकिएको जनाएको छ । गजुरेलले भने, ‘अब पिच र यो (एङ्करिङ) काम मात्र बाँकी छ, तर यो काम ढिलो भइरहेको छ । असारमै काम सकिँदैन ।’ ग्याबियन पर्खालसँगै घोला पठाउन बनाइएको प्वालका लागि पाइपबाट प्वाल पार्न नै बढी समय लाग्ने गरेको उनको भनाई थियो । ‘दिनमा एउटा प्वालबाट घोला पठाइसक्न नै हम्मे हम्मे पर्छ, सजिलो भयो भने तीनवटा सम्म प्वालमा काम हुन्छ’ उनले थपे ।
एङ्करिङ गर्दा पहिले फलामको पाइपले २५ मिटर भित्रसम्म प्वाल पारिन्छ । त्यसका लागि मेशिनले हावाको दबाब पनि दिइन्छ । एक पटक पारेको प्वाल कतिपय अवस्थामा बाटोमा गुडेका गाडिको थर्कोले पुनः पुरिने भएकाले दोहो¥याउनु पर्छ । प्वाल क्लियर भएपछि ३२ एमएमको फलामको चार चार मिटरको रडलाई सकेटको माध्यमबाट जोडदै भित्रसम्म पु¥याइन्छ । त्यसपछि हावाकै दबावमा सिमेण्टको घोला र केमिकल फलामको पाइपमार्फत नै पठाइन्छ । 
भित्र हावा पुग्ने स्थानसम्म र बाहिर ग्याबियन पर्खालसम्म केमिकलसहितको घोला भरिएपछि त्यसलाई बाहिरको प्वालसम्म जमाइन्छ । त्यस्तो काम अहिले निर्माण भइसकेका १५२ वटा र अब निर्माण गरिने ३० वटा प्वालमा गरिन्छ । यी प्वालहरू बाटोमुनि र माथिको भागमा पर्छन् । एङ्करिङका लागि कम्पनीले भारतको लुदियानाबाट ३२ एमएमको रड ल्याएको हो । मेशिन पनि बाहिरबाटै ल्याइएको गजुरेलले बताए । सिमेण्ट चाहिँ नेपालकै मान्यता प्राप्त ओपिसी सिमेण्ट प्रयोग भइरहेको उनको भनाइ 

प्रतिकृया दिनुहोस