• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018
  • 04:28:12

कथाः आमा

चन्द्रकला लुइटेल

आज हाम्रो परिवारमा खुसि छाएको छ आमा,वावा,हजुरआमा सबै खुसि हुनुहुन्छ मेरा झनै फुर्किएर भुइमा खुट्टै छैन्न् । 
 कारण म मेरो विध्यालयको अन्तिम परीक्षामा विध्यालय प्रथम भएकि थिए । सबैको धन्यबाद र स्याबासिको पात्र म बाबा सँग विध्यालय जान्थे । बाबा सरकारि बिध्यालयको शिक्षक म नजिकैको निजि अङ्ग्रेजि माध्यामको विध्यालयमा जान्छु । म यू.के .जी  .मा पढ्थे घरबाट १ घन्टा उकालो बाटो म घुर्काएर कतै हिड्दिन थिए बाबाले गलेर एकैछिन भुइमा राख्दा पनि लडि–बडि गरेर रून्थे आनि काधमा मलाइ,टिफिन,झोला बोकेर बाबा उकालो सल्लाको पत्तामा चिप्लदै स्कूलमा मलाई छाडेर आफ्नो स्कूल जानु हुन्थ्यो  । मेरो दैनिकि प्रय यस्तै बित्थ्यो घरमा आउदा आमा,हजुरआमाले खाजा तयार बनाउनु भएको हुन्थ्यो मेरो रोजाइको परेन भने म झगडा गर्थे रून्थो । पछि बनाइदिनु हुन्थो मलाइ फकाउदै खुवाइदिनु पनि हुन्थ्यो । 
आामालाई पनि बाबा हजुरआमाले काममा सघाउनु हुन्थ्यो । आमा कहिले काहि विरामि पर्नु हुन्य्थो हजुरआमा,बाबाले सबै काम गर्नु हुन्थो् ।म होमओर्क नहुदा नि पढि रहन्थे सबै खुसि हुनुहुन्य्थो घरमा नपढ्ने मेरा साथिहरूलाइ उदाहरण हुन्थे म । अचानक आमा एक दिन विरामि पर्नु भो अनि घरमा धामि डक्टर ल्याउनु भो केहि छिन पछि बैनि जन्मिई । बाबा र हजुरआमाको अनुहथार अध्यारो भए जस्तो लाग्यो । बाबाको स्कूल छुट्टि भयो म साथिहरूसगँ  जान थाले । दिनहरू वित्दै थिए अचानक म,आमालाइ गरिने व्यावाहार परिवर्तन हुन थाल्यो ।
आमालाई कसैले काममा सघाउन छोड्नु भो सबै काम आफै गर्नु हुन्थ्यो । बैनि बिरामि हुन्थि कसैले खासै यादै गर्दैन कोक्रोमा  खदारेर खै हजुरामा घर भित्र के गर्नु हुन्छ  बाबा पनि स्कूलबाट ढिलो आउन थाल्नु  भएको छ रक्सि पिएर आमालाई गालि  गर्नु हुन्छ कहिले पिट्नु पनि हुन्छ । हजुरआमा पनि सगै लागेर गालि गर्नु हुन्छ । आमा केहि बोल्नु हुन्न रोइरहनु हुन्छ । विध्यालयको फि नतिरेकाले मलाई अन्तिम परिक्षा आउने बेलामा स्कूलबाट निकालियो त्यो साल नपढि बित्यो बैनि हल्लाउदै म पढि रहन्थे मलाई स्कूल नआउनु भन्नु भएको थियो मास्टरहरूले साथिहरू गएको देख्दा जान मन लाग्यो । बाबालाई पछ्याउथे पिटेर घर फर्काउनु हुन्थ्यो । म एकदिन बैनि  हेर्दै पढ्दै थिए हजुर आमाले कराउदै भन्नु भो  छोरी मान्छे भएर पढ्ने हो बडार खुरूक्क तेरि आमाले नि पढेकि होत खै के नाप्याछे जाबो एउटा नाति पनि नजन्माउने म नबोलि हेरिरहे । के हेर्छेस टुलु–टुलु ,बडार भनेको सुनिनस् । म आफु जत्रै कुच्चो उचालेर बडार्न थाले रूदै रूदै  थाले  आमा आउने बित्तिकै सुनाए  सबै सुनाए आमा पनि रूनु भयो । सधै हामि लाइ यस्तै ब्यवाहार हुन्थ्यो । आमा छोरि रून्य्थै सगै बसेर     ।मलाई बिध्यालय भर्ना कार्यक्रमले बाबाको बिध्यालमा  भर्नाले समेट्यो म त्यहि स्कूल जान थाले ।
जाने ठाँउ कहि थिएन मामाघरै  थिएन हाम्रो आमाको बाबा आमालाई पहिले नैै खोलाले बगाएर वित्नु भएको रे आमालाई त्यहि छिमिकिले पढाएर बिबाह गरिदिनु भएको रहेछ । उहाँहरू पनि तराई बसाई सर्नु भएको रहेछ अहिले उहाँहरु सगँ सम्पर्ग छैन आमाको त्यहि भएर होला आमाले हेपाइ सहनु परेको मेरो  त्यस बर्षको सकिन लाग्या थियो अन्तिम परिक्षा पनि सकियो म आमालाई स–सानाकामहरू  सघाउथे । केहि दिनमा नतिजा पनि आयो म त्यो बिध्यलयमा समेत बिध्यालय प्रथम भए ।सबै जनाले धन्यबाद र स्याबासि दिनु भयो त्यहि स्कूलमा पढाउने मेरो बाबाले यादै गर्नु भएन ।घरमा आएर आमालाई सुनाए उहाँले रूदै अङ्गाल्नु भो सधैँ यस्तै गर भन्दै भन्नु भो । 
      आमा पहिले जस्तै बिरामि पर्नु हुन्थ्यो कसैले यादै गर्दैन थिए घरमा बैनि पनि बिरामि हुन्थि रातभर रोइ रहन्थि । आमा एकदिन बिहान फेरि बिरामि पर्नु भो फेरि मेरि अर्कि बैनि नै जन्मिई आमालाई अब झन् यादै गर्न छाडे । सानि बैनि १ महिना नपुग्दै सबै काम गर्नु हुन्थ्यो अर्कि बैनि पनि सानै थिई । एक दिन बाबा स्कूलबाट चाढै आउनु भयो उहाँसग हाम्रै स्कूल पढाउने गुरूमा पनि सगैँ हुनुहुन्थ्यो मैले नमस्कार गरे किन हो उहालेँ यादै गर्नु भएन । आचानक हजुरआमाले दैलामा दियो कलस बाल्नु भो छक्क परेर आमालाई सोधे आमाले भन्नु भो तेरो बाबाको बिहे भन्दै रूनु भो । म आमा बैनिहरू सबै दृष्यहरू आखाँ भरी अशुँ बोकेर हेरिरह्यै । 
कान्छि आमा  आमालाई नोकर जस्तै गर्थिन् । ओछ्यानमै चिया पुर्याउनु पर्थो नत्र बाबाले पिट्थे  बाबाले आमालाई खै कति पैसा दिदै भन्नु भो...
आजबाट तिमीहरू घर छाडेर जाओ कहिल्यै नआओ यहि पैसाले गरि खाओ कान्छि आमाले हाम्रा लुगा बरन्डाबाट  फ्याकिदिइ म,आमा २ ओटि बैनिहरू घर छाडेर हिड्यै मलाई मेरा पुुस्तकहरुको माया लाग्यो अलिक ओर्तिर आएर फर्किएर घर ल्याए । ठूलि बैनिले कहाँ जाने आमा हामि भन्दै थिइ । बोल्नु भएन सरासर हिडि रह्यौ मैले सोध्ने आट गरिन हिडिरहे अढाई घन्टा हिडेपछि हामि पन्चमिबजार आयै । यताउता गाडि हेर्यै झापा जाने गाडि लाग्न लाग्या रहेछ गएर बुझ्दा सिट पनि खालिरहेछ । गाडिमा चढ्यै  सानि बैनि बाटो भरि रोइरहि ठुलिबैनि पनि आखाँ भरि आशुँ बोकेर टुलुटुलु हेरि रहि । आमा चिन्तित देखिनु हुन्थ्यो ३ जना सनासाना छोरीहरू अनि आफु कहाँ जाने सोच्दै हुनु हुन्य्थो सायद ।  आज हामिले  नयाँ जिवन पाएका छै तर बैनिहरू पनि उपचार पछि  स्वस्थ्य छन् अहिले । पहिले  आमालाई 
हुर्काउने हजुरबाले बिर्तामोडमा हामिलाई भेट्नु भएर उहाँको घर लैजानु हुन्छ मामाहरू सबै पढ्नु भएको रहेछ सबै आ-आफ्नो ईलममा हुनुहुदो रहेछ ।आमालाई पनि पसल खोलिदिनु भयो हामि पनि स्कूल जान थाल्यै सानि बैनि  आमा सगै बस्थि  म सबै कक्षामा बिध्यालय प्रथमनै भए । मेरो ए.स.एल्.सि को रिजल्ट आयो यो बेला नि म प्रथम श्रेणि मानै पास गरे सबै खुसिहुनुहुन्छ म पनि खुसि छु । मेरो पढाई भारतको अक्सफोर्ट कलेजमा फ्रिसिपमा फिक्स भयो । आज मेरो हिड्ने दिन आमा बैनिहरू   हजुरबा आमा सबैको मुहार मलिन देखिरहेकि छु । बैनिहरू दुबैको पढाई राम्रो छ । म र मेरा बैनिहरू  आमालाई हेप्ने मेरा बाउ हजुरआमा  भनाउदाहरूलाई प्रगति गरेर देखाउने इख बोकेकि छु अनि मेरि आमालाई सुख साथ छोरिले पनि पालेको उदाहरण बन्ने छु । हजार दुस्ख सहेर हामिलाई मायाँ गर्ने मेरि आमा जति महान यो सन्सारमा कोहि छैन हो मेरि आमा सच्चै महान् हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस