• मंगलबार २-८-२०७५/Tuesday 05-22-2018
  • 09:38:21

मउण्ट मेचीमा खगोल विज्ञानसम्बन्धी प्रदर्शन

यो तस्विर भित्र प्रदर्शन भएको हो ।


इलाम, ३१ बैशाख : इलाम सदरमुकामको माउण्ट मेची सेकेण्डरी स्कूलमा खगोल विज्ञानको प्रदर्शन गरिएको छ । सोमबार विद्यालयको प्राङ्गणमा भएको प्रदर्शनमा विद्यार्थीले विज्ञान विषय अध्ययनरत विद्यार्थीले विज्ञानको बारेमा नयाँ कुरा सिक्न पाएको बताइएको छ । कम्प्यूटर र प्रोजेक्टरको प्रयोगबाट ब्रामाण्डमा हुने गतिविधि आखाले देख्न पाएको विद्यार्थीहरुले बताए । प्रदर्शनमा नासा र वैज्ञानिकले पत्ता लगाएका कुराहरू पनि देखाइएको थियो । विद्यार्थीलाई टेलिस्कोप बनाउन पनि सिकाइएको विद्यालयका प्रिन्सिपल अनिल उपाध्यायले बताएका छन् । पढेको भन्दा देखेको कुरा विद्यार्थीले छिटो सिक्ने भएको हुँदा सिक्न सजिलो हुने विद्यालयले बताएको छ । जियो साइन्स एण्ड प्लानेटले प्रत्येक विद्यार्थीबाट २५० रुपैयाँका दरले संकलन गरेर प्रदर्शन गरेको हो । यो प्रविधि नेपालमा कुनपनि ठाउँमा प्रयोग नभएको जियो साइन्स प्लानेटका राम रायमाझीले सन्दकपुरलाई बताएका छन् ।
 

प्रतिकृया दिनुहोस