• मंगलबार २-८-२०७५/Tuesday 05-22-2018
  • 09:46:14

सुनसान बन्दै इलाम सदरमुकाम

इलाम ३१ बैशाख : इलाम सदरमुकाममा पहिलाको जस्तो चहल पहल हुन छाडेको छ । सदरमुकाममा हुने अधिकांश काम गाउँपालिकाको केन्द्रमा नै हुन थालेपछि जिल्ला सदरमुकाममा चहलपहल कम हुन थालेको हो ।
चार नगरपालिका र छ गाउँपालिक रहेको इलाममामा स्थानीय सरकार बनेपछि ग्रामीण बजार देउमाइ नगरपालिकाको केन्द्र मंगलबारे, सुर्योदय नगरपालिकाको केन्द्र  फिक्कल, माइ नगरपालिकाको केन्द्र दानाबारी बजारमा चहलपहल बढेको स्थानीयवासीले बताएका छन । नगरपालिकाको केन्द्र र  गाउँपालिकाको केन्द्रमात्र नभएर  वडा कार्यालय रहेका स्थानीय ग्रामीण बजारमा पनि साविकभन्दा बढी स्थानीयको जम्काभेट हुने गरेको छ ।
स्थानीय सरकार गाउँगाउँमा पुगेपछि सदरमुकाम इलामका ब्यापारी, होटल ब्यवसायी भने चिन्तित हुन थालेका छन् । गाउँपालिकाहरू सञ्चालनमा आएपछि सदरमुकाम इलाममा व्यापारि कारोबारमा गिरावट आएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आनन्द कट्टेलले बताए । यस्तो क्रम जारी रहे सदरमुकामबाट ठूलो मात्रामा ब्यापारी विस्थापित हुने 
देखिन्छ ।
सदरमुकाम इलाममा रहेका साना व्यापारीहरू भने आफ्नो  गाउँपालिकाको केन्द्रमा बसाइँ सरिसकेका छन् भने गाउँपालिकाको केन्द्रमा जाने कि प्रदेशको राजधानीतर्फ जाने भन्ने अन्योलमा पनि धेरै व्यवसायी रहेको स्थानीय व्यापारी प्रकाश चापागाँइ  बताउछन् । प्रदेशको राजधानी कता बन्ने भन्ने निर्यण पर्खेर बस्ने व्यापारीको संङख्या पनि ठूलो छ । प्रदेशको राजधानीको टुंगो लाग्ने बित्तिकै ब्यापारी सदरमुकाम इलाम छाड्ने अनुमान यहाँका स्थानीय ब्यापारीले गरेका छन् ।
 

प्रतिकृया दिनुहोस